• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 08, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

कोभिड सङ्क्रमणका कारण अस्पताल जाने बिरामीको सङ्ख्या घट्यो


सुभाय् संवाददाता December 23, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ३६ मिनेट
काठमाडौँ, पुस ८ गते । नेपालमा कोरोना सङ्क्रमण फैलिएसँगै सरकारी तथा निजी अस्पतालमा बिरामीको सङ्ख्या घटेको छ । चीनको वुहानबाट शुरु भएको कोभिड–१९ विश्वका विभिन्न मुलुक हुँदै नेपालमा समेत प्रवेश गरेसँगै चैतमा सरकारले गरेको बन्दाबन्दीपछि अस्पताल जाने बिरामीको सङ्ख्या घटेको हो ।
महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल (टिचिङ)मा बिरामीको सङ्ख्या घटेको हो । कोभिड–१९ को सङ्क्रमण हुनुपूर्व दैनिक दुई हजार ५०० हाराहारीका बिरामीलाई बहिरङ्ग सेवा (ओपिडी) प्रदान गर्दै आएको सो अस्पतालले अहिले दैनिक एक हजार ५०० हाराहारीमा मात्र बहिरङ्ग सेवा प्रदान गर्दै आएको छ ।
अस्पतालका प्रवक्ता रामविक्रम अधिकारी अस्पतालमा पुगेपछि कोरोना सङ्क्रमण दर फैलिने डरका कारण पनि बिरामी घरमै बसेकाले अस्पतालमा बिरामीको सङ्ख्या घटेको बताउनुहुन्छ । छ सय ६२ शैयाकाे यस अस्पतालले कोभिड–१९ को बिरामी उपचारका लागि १०० श्यया छुट्याएको थियो । यस अस्पतालले सरकारले बन्दाबन्दी गरेको समयमा पनि सबै सेवा प्रदान गरेको थियो ।
कोभिड–१९ सङ्क्रमण अगाडि विभिन्न रोगका दैनिक ४० वटासम्म शल्यक्रिया गरेको टिचिङले अहिले जम्मा १० वटासम्म शल्यक्रिया गर्दै आएको छ । यस्तै सुत्केरी महिलाका लागि भने नियमित शल्यक्रिया र प्रसूति सेवा प्रदान गरिएको थियो । विभिन्न सङ्घसंस्था तथा सरकारी सहयोगका कारण कोभिडको उपचारमा यस अस्पतालले कुनै पनि समस्या भोग्न नपरेको प्रवक्ता अधिकारीको भनाइ छ ।
चार सय ६० श्यया रहेको वीर अस्पतालले कोभिड–१९ का बिरामीका लागि १६० श्यया छुट्याएर स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो । पछिल्लो समय बिरामी घटेसँगै कोभिड शैया घटाएको छ । अस्पतालका नर्सिङ डाइरेक्टर गोमादेवी निरौला वीर अस्पतालले एकैपटक १२० कोभिड बिरामीको उपचार गरेको बताउनुहुन्छ । “चाहिएको बेलामा स्वास्थ्य सामग्री नपाउँदा उपचारमा समस्या भयो”, उहाँ भन्नुहुन्छ । वीर अस्पतालमा कोभिड–१९ सङ्क्रमण हुनुपूर्व दैनिक दुई हजार हाराहारीमा बहिरङ्ग सेवाका लागि जाने गरेका थिए । कोभिड सङ्क्रमणका समयमा ओपिडी सेवाका लागि दैनिक २०० बिरामी जाने गरेकामा अहिले विस्तारै बढेर एक हजार हाराहारी जाने गरेको अस्पतालले जनाएको छ ।
निजी लगानीमा सञ्चालित अस्पतालले भने कोभिड–१९ को समयमा प्रभावकारी रुपमा सेवा सञ्चालन गर्न सकेनन् । टोखामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले कोभिडको समयमा बिरामी नहुँदा केही सेवा सञ्चालन गर्न नसकेको बताएको छ । सो अस्पतालका महाप्रबन्धक विकासमान सिंहले कोभिड सङ्क्रमणसँगै बिरामी नहुँदा सबै किसिमका उपचार सञ्चालन गर्न नसकेको बताउनुहुन्छ ।
ग्राण्डीले कोभिडको समयमा रोकिएको मिर्गाैला प्रत्यारोपण सेवा पुस ४ गते शनिबारदेखि पुनः सञ्चालन गरेको छ । ग्राण्डीले अहिलेसम्म ५७ जनाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको जनाएको छ । दुई सय शैयामार्फत बिरामीलाई सेवा प्रदान गर्दै आएको ग्राण्डीले कोभिड सङ्क्रमण शुरु हुनुपूर्व दैनिक ५०० देखि ७०० सम्म ओपिडी सेवा प्रदान गर्दै आए पनि हाल दैनिक २०० देखि ३०० बिरामी आउने गरेका छन् ।
निजी लगानीमा सञ्चालित अस्पतालले कोभिड–१९ को बिरामीको उपचार कम गरे पनि ग्राण्डीले भने ५४ श्यया छुट्याएर भेन्टिलेटर, सघनउपचार कक्षसहितको कोभिड–१९ को बिरामीको उपचार गर्दै आएको छ । ग्राण्डीले हालसम्म ३३० कोरोना सङ्क्रमित बिरामीको उपचार सम्पन्न गरिसकेको जनाएको छ ।
कोभिड सङ्क्रमणको समयमा ग्राण्डी अस्पतालमा शल्यक्रियासमेत घटेको छ । कोभिड–१९ अगाडि मासिक ४०० व्यक्तिको विभिन्न रोगको शल्यक्रिया गर्दै आएको यस अस्पतालले कोभिड शुरु भएसँगै महिनाको १०० हाराहारीमा मात्रै शल्यक्रिया गरेको छ ।
कोभिडको समयमा स्वास्थ्य सामग्रीको अभाव र पाएका सामग्री पनि महङ्गो शुल्कमा खरीद गर्नुपर्ने भएकाले उपचारमा केही समस्या भएको महाप्रबन्धक सिंहको भनाइ छ । सरकारले कोभिड–१९ को उपचारका समयमा निजी स्वास्थ्य सेवा प्रदायक संस्थासँग छलफल नगरी एकतर्फी निर्देशिका जारी गर्दा समस्या परेको निजी अस्पतालका सञ्चालकहरु बताउँछन् ।
कोभिड–१९ का कारण बिरामीको सङ्ख्या घट्दा स्वास्थ्य सामग्री बिक्रीवितरणसमेत घटेको छ । दुई वर्षदेखि काठमाडौँको सामाखुशीमा स्वास्थ्य सामग्री बिक्री गर्दै आएको ग्लोबल हस्पिको प्रालिले कोभिड–१९ का कारण अस्पतालमा स्वास्थ्य सामग्री बिक्रीवितरण घटेको बताएको छ । प्रालिका निर्देशक बद्रीनाथ घिमिरे कोभिडबाहेक अरु रोगका बिरामी अस्पताल नजाँदा स्वास्थ्य सामग्रीको बिक्रीवितरण घटेको बताउनुहुन्छ । कोभिडपछि बिरामीको चाप कम हुँदा स्वास्थ्य सामानको माग कम आउने गरेको उहाँको भनाइ छ ।
  • रासस
सम्बन्धित पोस्ट
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ
  • दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑