• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 14, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  कला/मनोरंजन

त्यो राणाको फाँसी, यो प्रतिगमनको फाँसी

सुभाय् संवाददाता January 29, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

सुनीता साखकर्मी

‘आँखामा मृत्युको भय देखाउन खोजिनँ, शुक्रराजले जस्तै’     
काठमाडौँ / कस्तो कर्कश क्षण ! आँखै अगाडि मृत्यु सल्बलाइरहेको । हेर्नेहरूको शरीरमा ‘सिरिङ’ उठ्दै थियो । तर, उनको आँखामा भयको एक कण थिएन । किनकि अभिनय गरिरहेका थिए, उनी ।

उनी— नाट्यकर्मी घिमिरे युवराज ।

८० वर्षअघि युवराज उभिएकै ठाउँमा उभिएका थिए, शहिद शुक्रराज शास्त्री । शुक्रराज तत्कालीन जहानिया राणा शासनको विरोधमा लागेका थिए । यही अभियोगमा उनलाई राणाहरूको सत्ताले पक्राउ गर्‍यो । विक्रम सम्वत १९९७ माघ ६ गते शुक्रराजलाई फाँसी दिने निर्णय भयो । निर्णयको चार दिनपछि माघ १० गते राति उनलाई फाँसी दिइयो । र, भोलिपल्ट दिनभरी उनको शव फाँसी दिएको रुखमै झुण्डिरह्यो ।

८० वर्षपछि— शुक्रराजलाई फाँसी दिएकै रुखमुनि उभिएका छन् युवराज ।

स्थान : टेकु, खरीबोट
समय : २ः३०, शुक्रबार
सन्दर्भ : प्रतिगमनविरुद्ध नाटक

शुक्रराज राणा शासनको विरुद्धमा थिए । अहिले युवराज ओली सरकारको ‘प्रतिगमन’विरुद्ध छन् । त्यो फाँसीको सम्झनामा उनले अभिनय गरिहेका छन् । तर, फाँसीको अभिनय गर्नु कहाँ सजिलो हुँदोरहेछ र ?

टेकुको उही खरीको बोट मुनी युवराज मृत्यु वरणको अभिनय गर्न तयार थिए । शुक्रराजको भूमिका निभाएर स्टेज तल ओर्लिएपछि युवराजकी श्रीमती लुनाले भनिन्— डरलाग्यो, काँडा नै उम्रियो !

लुनालाई थाहै थियो, यो केबल नाटक हो । तर, युवराजको त्यो अभिनय उनलाई जीवन्त लाग्यो । त्यसैले उनको शरीरमा काँडा उम्रिए । शुक्रराजको भूमिका निभाउँदै गर्दा युवराजलाई पनि तनाव थियो । किनकि जसरी शुक्रराजले मृत्यु स्विकार गरे, त्यसरी मृत्यु स्विकार गर्ने सायदै कोही होलान् । उनी आफ्नो मुहारमा मृत्युको भय देखाउन चाहँदैन थिए ।

‘शुक्रराजलाई जबरजस्ती फाँसीमा चढाइएको होइन, उनले स्विकारेको हो,’ उनी भन्छन्, ‘मलाई डर थियो, शुक्रराजको त्यो मर्म मेरो अनुहारमा देखिन्छ कि देखिँदैन होला भन्नेमा, ममा त्यो समर्पण छ वा छैन भन्ने तनाव थियो ।

शुक्रराजको भूमिका निभाउनु उनलाई चुनौतीपूर्ण लाग्यो । सहिदको ठाँउमा उभिएर भूमिका गर्दै गर्दा काहीँ न कहीँ आफूसँग पनि त्यो इमान्दारीता हुनुपर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘हामीले नेताहरूमा इमान्दारिता खोजिरहेका छौँ । तर आम नागरिक आन्दोलनमा जति सहभागी छौँ, सबैमा इमान्दारीता र बाचा चाहिन्छ ।’

बृहत नागरिक आन्दोलनमा शिल्पी थिएटरले सुरुवातदेखि नै साथ दिँदै आएको छ । विभिन्न शैली र स्वरुपमा खबरदारी गर्दै आएको छ । नाटकमा युवराजलाई कलाकारहरू पवित्रा खड्का, रोहन प्रकाश, रविन परियार, गोविन्द ओली र रवि श्रेष्ठले साथ दिएका थिए ।

‘नागरिक आन्दोलन पनि कलात्मक हुनुपर्छ भन्ने हाम्रो मान्यता हो, शान्तिपूर्ण र आन्दोलनको तरिका कलात्मक हुनुपर्छ भन्ने मान्यता हो,’ युवराज भन्छन्, ‘हामीले कुनै न कुनै रुपमा कलाको माध्यमबाट सामाजिक न्यायको लागि र आम नागरिक हितको लागि काम गर्ने हो, यो निरन्तर गरिरहने छौँ ।’       ( साभार:इकागज)

सम्बन्धित पोस्ट
  • त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण
  • त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन
  • बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र
  • अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    सुभाय् पोस्ट बिशेष

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑