• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

पुन: निर्माण हुँदै कीर्तिपूण्य महाबिहारको द्य:छें ! मेयरद्वारा शिलान्यास


सुभाय् संवाददाताJanuary 18, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौँ । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले वडा २१ लगनटोलस्थित कीर्ति पुण्य महाविहारको आँग छेँंको शिलान्यास गरेका छन् ।
गत माघ २ गते महाबिहारको बिधिपूर्वक उनले उक्त आगं छें भवनको सिलान्यास गरेका हुन् ।
” मूर्त–अमूर्त सम्पदाको संरक्षणमा महानगरपालिका एकाग्र भएको बताउँदै उनले भने ‘काठमाडौं ऐतिहासिक र सांस्कृतिक सहर हो । यहाँ लामो समयदेखि जीर्ण बनेका सयौँ सम्पदा छन् । तिनीहरुमध्ये केही सम्पदाहरुमा स्वामित्वको विवाद छ । केहीमा निकायगत समन्वयको अभाव छ ।यी सम्पदालाई यत्तिकै छोड्ने हो भने जीर्ण सम्पदा भग्नावशेषमा रुपान्तरण हुन्छन् । हामी त्यस्तो अवस्था हेर्न सक्दैनौं । त्यसैले स्वामित्वलगायतका विवाद छिचोलेर सम्पदाको मर्मत, सम्भार र पुननिर्माणलाई प्राथमिकता दिएका छौं ।’
उनले सम्पदा निर्माण, पुनःनिर्माण र बचावटका लागि अहिले गरिएको लगानी सयौँ वर्षका लागि हो भन्दै अहिले जिर्णोद्दार पुन: निर्माण गरेका सम्पदामा पछिल्ला पुस्ताले संस्कृति चलाउन पाउनेछन् भन्ने मन्तव्य राखे।
प्राचीन कान्तिपुर महानगरमा परम्परागत १८ वटा मुल महाविहारहरु रहेका छन् । तीमध्ये लगं बहाः एक महत्वपूर्ण महाविहार हो । प्राचीनकालमा दक्षिण कोलिग्राम सभ्यताले परिचित काठमाडौँको तल्लो भेगको क्षेत्र (कोने)मा अवस्थित लगं बहाः बुद्ध शासनकालसँग जोडिएको सांस्कृतिक एवं पुरातात्विक महाविहार हो ।
काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम अन्तर्गत पुनर्निर्माण हुन लागेको कीर्तिपुण्य महाविहारको आगँ छेँ को लागत २ करोड ८५ लाख रुपैयाँ रहेको छ । २०७८ मंसिरसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर काम थालिएको हो ।
महानगरपालिकाले यस अघि नै लगं बहाः भित्रको दिगु द्यः को पुननिर्माण सम्पन्न गरेको छ । २०७२ सालको शक्तिशाली भूकम्पले दिगु द्यः क्षतिग्रस्त भएको थियो ।
दिगुद्यः लगं बहाः अन्तर्गत रहेका सम्पूर्ण शाक्य तथा वज्राचार्यहरूको कुलदेवता –दिगु द्यः का रूपमा पुजिने गरेको छ । स्थानीय कुलभक्त शाक्यले, उपत्यकाका अधिकांश नेवार समुदायको कुलदेवता प्रायः घरभन्दा टाढा खुल्ला चउरमा रहने गरेको बताउँदै घर छेउमै बहाल भित्र कुलदेवता रहेको लगं बहाः नै जानकारी दिए । हरेक वर्ष देवालीका दिन लगं बहाः अन्तर्गत रहेका शाक्य र वज्राचार्य समुदायको देवाली पूजा (देपुजा) यहीँ हुने गरेको छ ।
‘प्राचीनकालमा दक्षिण कोलिग्राम सभ्यताले परिचित काठमाडौँको तल्लो भेग (कोने)मा अवस्थित लगं बहाः ऐतिहासिक तथा पुरातात्विक महत्वको बिहार हो । शाक्यकाअनुसार प्रताप मल्लको पालामा नै बौद्ध विहार अस्तित्वमा रहेको इतिहास छ । यो क्षेत्रमा प्रताप मल्लका छोराहरु नृपेन्द्र मल्ल र चक्रबर्तेन्द्र मल्लको शासन कालका शिलालेख तथा चैत्य अहिलेसम्म पनि यत्रतत्र छरिएर छन ।
महाविहार रेखदेख समितिका सदस्य सुगन्धरत्न शाक्यले लगन टोलका शाक्य र बज्राचार्यहरुका इष्ट देवताको मन्दिर निर्माणसँगै विहार निर्माणमा महानगरपालिकाले सहयोग गर्दा उत्साहित भएको बताउनुभयो ।
महाविहारको उत्तर खण्डमा अर्को पनि आँग छेँ पुननिर्माण भइरहेको छ । भुइँतलाको काम भइरहेको यस संरचनाको मेयर शाक्यले निरीक्षण गर्नुभयो ।
बुद्धको शासनपछि करीब २ हजार ४ सय बर्षपछि कपिलवस्तुबाट शाक्यहरु लखेटिए । त्यहाँबाट लखेटिएका शाक्यहरु विभिन्न ठाउँमा भागेर गए । तीमध्ये केही लगँ वहालमा आए । यतै बस्ती बसाए भन्ने विश्वाश गरिन्छ ।                                     ( काठमाडौं महानगरको  समाचार सहयोगमा )

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव
  • अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑