Maharjan Ratna
‘शान्तिका लागि साइकल यात्रा’: काठमाडौंदेखि लुम्बिनीसम्म १०८ यात्रीहरू सहभागी हुने
Maharjan Ratna
काठमाडौं । विश्वभर बढ्दो द्वन्द्व, युद्ध र अस्थिरताका बीच शान्ति, करुणा र सहअस्तित्वको ऊर्जा छर्न ‘शान्तिका लागि साइकल यात्रा’ आयोजना हुने भएको छ। महासिद्ध युनिभर्सल पिस स्यान्क्चुअरीको आयोजनामा वैशाख १५ गते काठमाडौंबाट सुरु हुने यो यात्रा बुद्ध पूर्णिमाको दिन पवित्र भूमि लुम्बिनी पुगेर सम्पन्न हुनेछ। भगवान गौतम बुद्धको २५७०औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गर्न लागिएको यस यात्रामा १०८ जना प्रतिबद्ध साइकल यात्रीहरू सहभागी हुनेछन्। चार दिने यात्राको कार्यतालिका स्वयम्भूबाट सुरु हुने यो यात्रा चार दिनको कठिन तर आध्यात्मिक रूपले प्रेरणादायी हुने आयोजकले जनाएको छ: पहिलो दिन (वैशाख १५): काठमाडौंबाट हेटौंडा।





