एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

 Maharjan Ratna

काठमाडौं, चैत २ / गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्व चयनमा देखिएको अन्योल चिर्दै हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। जारी ग्लोबल कन्फरेन्सको दोस्रो दिन साँझ दुई प्रमुख प्रत्यासी शर्मा र रविन राज बज्राचार्यबीच ऐतिहासिक सहमति जुटेपछि शर्मा निर्विरोध अध्यक्ष बनेका हुन्। मञ्चबाटै भयो सहमतिको घोषणा अध्यक्षका दुवै उम्मेदवारले सम्मेलनको बन्द सत्रको मञ्चबाटै एकताबद्ध भएर अघि बढ्ने घोषणा गरेका थिए। स्रोतका अनुसार, संघलाई विभाजनबाट जोगाउन र संस्थागत हितका लागि रविन राज बज्राचार्यले आफ्नो दाबेदारी फिर्ता लिँदै शर्मालाई समर्थन गरेका हुन्। सहमति अनुसार बज्राचार्य अब नयाँ कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा रहनेछन्।

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

 Maharjan Ratna

गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न सरोकारवालाले माग गरेका छन् ।गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औ अधिवेशन तथा विश्व सम्मेलनको चौथो सत्र ‘राइटस् अफ नेपाली डायस्पोरा एण्ड डिग्निफाइड लेबर माइग्रेसन’ मा बोल्दै वक्ताहरुले संविधानले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार दिए पनि एनआरएन नागरिकताले नछोएको भन्दै आगामी संसद र सरकारले प्राथमिकताका साथ ऐन संशोधन गरेर गाँठो फुकाउनुपर्न धारणा राखेका हुन् । उनीहरुले ब्रिटिस गोर्खा र पीएनओज नेपालीको समस्यालाई पनि नीतिगत रुपमै एडरेस गर्न माग गरेका छन् ।संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले ठूलो माथापच्ची गरेर नेपाली नागरिकलाई आर्थिक समाजिक

अन्तर्राष्ट्रिय, मुख्य समाचार  संग सबंधीत छ |

“लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

 Maharjan Ratna

पाटनको केशव नारायण चोकमा नेपालभाषा साहित्यको रौनक: ‘ख्वाःपौ’ विमोचनसँगै गुन्जियो चिबाखं ललितपुर /नेपालभाषा चिबाखं (लघुकथा) साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले पाटन संग्रहालयको ऐतिहासिक केशव नारायण चोकमा एक भव्य साहित्यिक समारोह सम्पन्न भएको छ। शनिबार आयोजित उक्त कार्यक्रममा नेपालभाषाका स्थापित तथा उदयमान स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो। विमोचन र स्रष्टा सम्मान कार्यक्रममा संयोजक नरेश अमात्य, ध्रुव मधिकर्मी, केदार सितु, विमल ताम्राकार, सुरेन्द्रलाल भुजु, रिता महर्जन र दिव्या बज्राचार्यले संयुक्त रूपमा नेपालभाषा लघुकथाको विशेष सङ्ग्रह ‘ख्वाःपौ’ विमोचन गर्नुभयो। सोही अवसरमा नेपालभाषा साहित्यको विकासमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनुभएका व्यक्तित्वहरू शान्तराज शाक्य, तुलसी साय्‌मि,

साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

देवदूतहरु

 Maharjan Ratna

जिन्दगीको कुनै काल खण्डमा तपाईं हामीले कुनै बखत, आपतकालीन परिस्थितिमा अचानक नसोचेको-नचिताएको अपरिचित व्यक्ति टुप्लुक्क आइपुग्छ र शंकट टारइदिन्छ वा शंकट मुक्त हुन सहयोगी भैदिन्छ । अबश्य पनि तपाइँको जिन्दगीमा कहीं न कहीं यस्तो घट्ना घटेको हुनुपर्छ वा सुनेको हुनु पर्छ । मलाई लाग्छ ती अज्ञात ब्यक्तीहरु स्वयं भगवान नभए पनि देवदूत चाहिं अबश्य हुन् । जिन्दगीको यो यात्रामा म आफैले भोगेको एउटा घट्ना र मेरै परिवारका सदस्यहरुले भेटेका यस्ता देवदूतहरुको प्रकटीकरणका दृश्यहरु चित्रण गर्न गैराखेकोछु। घट्ना १ कथा धेरै बर्ष अघिको हो, पुग न पुग ४० बर्ष अघिको ।

साहित्य  संग सबंधीत छ |

ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

 Maharjan Ratna

–रन्जना श्रेष्ठ  काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ज्यापू दिवस लाई सहअस्तित्व, पहिचान र समृद्धिको सन्देश बोकेको महत्वपूर्ण पर्वका रूपमा व्याख्या गरेकी छन्। काठमाडौँ उपत्यकाका भूमिपुत्र को रूपमा परिचित ज्यापू समुदायको योगदानलाई उजागर गर्दै उपप्रमुख डंगोलले यस पर्वको दार्शनिक पक्षलाई गहिरोसँग बुझ्नुपर्नेमा जोड दिएकी छन्। ज्यापू : उपत्यकाको सभ्यताका आधारस्तम्भ ज्यापू समुदायलाई काठमाडौँ उपत्यकाको आदिवासी (भूमिपुत्र) समुदायका रूपमा लिइन्छ। प्राचीन कालमा दह रहेको यो उपत्यकालाई खेतीयोग्य उर्वर भूमिमा परिणत गर्न ज्यापूहरूको श्रम र सीपले निर्णायक भूमिका खेलेको थियो। यसर्थ, उपत्यकाको कृषि अर्थतन्त्र र मौलिक सभ्यताको जगमा ज्यापू समुदायको अतुलनीय

महानगर खबर, सम्पदा/संस्कृति  संग सबंधीत छ |

अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

 Maharjan Ratna

काठमाडौं । कास्कीको अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार कास्कीको अन्नपूर्ण–२ आसपास केन्द्रविन्दु भएर आज साँझ ५:१९ मिनेट जाँदा चार ‘रेक्टरस्केल’को भूकम्प गएको हो। यसअघि गत कात्तिक २१ गते अछामको बाबला आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो।


“आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

 Maharjan Ratna

काठमाडौं, २०८२ मंसिर ८, शनिबार (नेसं ११४६)/ नेपालभाषा साहित्यमा कविताको इतिहास र वर्तमानलाई गहिरिएर नियाल्ने उद्देश्यका साथ आज “कविताया लायकू” (The Poetry Society) को आयोजनामा डा. ज्योति तुलाधरको महत्त्वपूर्ण कृति “आधुनिक काव्य व विद्रोहया सः” (आधुनिक कवितामा विद्रोहको आवाज) को  विमोचन तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ। कविताया लायकूकी अध्यक्ष एवं पुस्तककी लेखिका डा. ज्योति तुलाधरको अध्यक्षतामा पाटन संग्रहालय चोकमा भएको कार्यक्रममा नेपाल भाषा एकेडेमीका चान्सलर वरिष्ठ साहित्यकार मल्ल के. सुन्दरको प्रमुख आतिथ्यमा भएको थियो। आज विमोचन भएको “आधुनिक काव्य व विद्रोहया सः”मा  दस आधुनिक कविका विद्रोह चेत भएका कविताहरूको

सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

 Maharjan Ratna

अमेरिकामा ‘साँखुका पाँच ध्वाखा’ को प्रदर्शन: शंखरापुरकी छोरी निभा श्रेष्ठले अन्तर्राष्ट्रिय कला–मञ्चमा उकालिन् नेपालको इतिहास शंखरापुर, साँखु: आफ्नो जन्मभूमिको ऐतिहासिक परिचयलाई कलामार्फत अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्ने क्रममा शंखरापुर नगरपालिका–७, फिसलमा जन्मिएकी कलाकार निभा श्रेष्ठ ले संयुक्त राज्य अमेरिकाको बोस्टनस्थित प्रख्यात Galatea Fine Arts ग्यालरीमा एकल चित्रकला प्रदर्शनी गरिरहेकी छन्। नोभेम्बर ७ देखि ३० तारिखसम्म चल्ने उक्त प्रदर्शनीमार्फत श्रेष्ठले पौराणिक शहर साँखुको ‘साँखुका पाँच ध्वाखा’ (साँखुका पाँच ढोका) विषयक शृङ्खला प्रदर्शन गरेकी छन्। ललितकला क्याम्पस, जमलबाट स्नातकोत्तर गरेपछि अमेरिकाबाट फाइन आर्ट्समा मास्टर्स डिग्री हासिल गरेकी निभा श्रेष्ठ हाल बोस्टन शहरलाई नै

कला/मनोरंजन, सम्पदा/संस्कृति  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व

अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक

बज्रयोगिनी ग्राम: आचार्य अतिश दीपङ्कर श्रीज्ञानको पवित्र जन्मभूमि

कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा