• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 08, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सुभाय् पोस्ट बिशेष

“आधुनिक काव्य व विद्रोहया सः” विमोचित:


सुभाय् संवाददाता November 22, 2025 मा प्रकाशित (१0 महिना अघि) अनुमानित पढ्ने समय : ७ मिनेट

काठमाडौं, २०८२ मंसिर ८, शनिबार (नेसं ११४६)/ नेपालभाषा साहित्यमा कविताको इतिहास र वर्तमानलाई गहिरिएर नियाल्ने उद्देश्यका साथ आज “कविताया लायकू” (The Poetry Society) को आयोजनामा डा. ज्योति तुलाधरको महत्त्वपूर्ण कृति “आधुनिक काव्य व विद्रोहया सः” (आधुनिक कवितामा विद्रोहको आवाज) को  विमोचन तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
कविताया लायकूकी अध्यक्ष एवं पुस्तककी लेखिका डा. ज्योति तुलाधरको अध्यक्षतामा पाटन संग्रहालय चोकमा भएको कार्यक्रममा नेपाल भाषा एकेडेमीका चान्सलर वरिष्ठ साहित्यकार मल्ल के. सुन्दरको प्रमुख आतिथ्यमा भएको थियो।
आज विमोचन भएको “आधुनिक काव्य व विद्रोहया सः”मा  दस आधुनिक कविका विद्रोह चेत भएका कविताहरूको समालोचना गरिएको छ। यसमा नेपाल भाषाको आधुनिक साहित्यको गहिरो अध्ययन प्रस्तुत गरिएको छ।
विमोचन कार्यक्रममा प्रा. डा. प्रेमशान्ति तुलाधरले पुस्तकको समीक्षा गर्दै पुस्तकका समालोचनाका विभिन्न विधिहरु अपनाइएको र यसमा नेपालभाषाको कविताको एक शैलीमा मात्र समालोचना केन्द्रित भएको त्यो पनि विद्रोहको आवाजमा केन्द्रित भएको बताए । उहाँले डा. तुलाधरको यो कृतिले नेपाल भाषाका आधुनिक कविताको वैचारिक र विद्रोही आयामलाई वैज्ञानिक ढंगले विश्लेषण गरेको बताए।
यसभन्दा अगाडि प्रतिष्ठित उपन्यासकार तथा भाषासेवी मल्ल के. सुन्दर, समालोचक प्रधान ,वरिष्ठ साहित्यकार(समालोचक)प्रा.नर्मदेश्वर प्रधान ,हितकरबीर सिंह कंसाकार, भाषा आयोगका सदस्य कवि सुरेश किरण , कवि रजनीमिलाद्वारा संयुक्त रूपमा पुस्तकको विमोचन गरिएको थियो।
प्रमुख अतिथि मल्ल के. सुन्दर ले आफ्नो मन्तव्यका क्रममा नेपाल भाषा साहित्यको इतिहास कोट्याउँदै डा. तुलाधरको गहन अध्ययनलाई प्रशंसा गर्दै आधुनिक कवितामा विद्रोहको भूमिका र समाज रूपान्तरणमा यसको अपरिहार्यतामा जोड दिए।
कविता लाय्कूका सचिव समेत रहेका कवि रजनिमिलाले कवितामा विद्रोहको आवाज , त्यसले समाजलाई दिने सन्देश र कविहरूले भोगेको चुनौतीका बारेमा आफ्नो मन्तव्य राख्दै डा.ज्योति तुलाधरको कार्यको प्रशंसा गरे ।
कार्यक्रममा कविता वाचन को सत्र पनि राखिएको थियो, जहाँ वरिष्ठ कवि योगेन्द्र प्रधानांग, रजनीमिला, सुरेशकिरण लगायतले विद्रोह र सामाजिक चेतना झल्काउने कविताहरू वाचन गरेका थिए।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष तथा लेखक डा. ज्योति तुलाधरले मन्तव्य दिँदै नेपाल भाषाको साहित्य निकै धनी रहेको बताए । उनले आधुनिक कवितालाई केवल कल्पनाको उपजका रूपमा नभई सामाजिक, राजनीतिक र सांस्कृतिक विद्रोहको बलियो हतियारको रूपमा चित्रण गर्न खोजिएको बताए। उनले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरे।
कार्यक्रमका मुख्य अंश:
पुस्तकको विशेषता: दस आधुनिक कविका कविताहरूको गहन समालोचना।
समीक्षक: प्रा. डा. प्रेमशान्ति तुलाधर।
प्रमुख अतिथि: उपन्यासकार मल्ल के. सुन्दर।
सभाध्यक्ष: डा. ज्योति तुलाधर (अध्यक्ष, कविताया लायकू)।

 

सम्बन्धित पोस्ट
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ
  • दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑