Maharjan Ratna
मूर्त अमूर्त सम्पदाको “किलाघ: महोत्सव” !
Maharjan Ratna
काठमाडौं/ उपत्यकाको सम्पदाको केन्द्रमा रहेको काठमाडौंको किलागल नरदेवी क्षेत्रमा किलाघ: महोत्सव आयोजना गरियो । कार्तिक ३० गते शनिबार ,नेपाल संवत् ११४० नयाँ बर्षको उपलक्ष्यमा काठमाडौं महानगर पालिका वडा नं १८ को आयोजनामा भएको उक्त सडक महोत्सव तथा भिंतुना सनिल कार्यक्रममा स्थानीय परंरागत टोलका सांस्कृतिक टोलीहरुले सांस्कृतिक प्रदर्शनी गरेको थियो । त्यसैगरी लोकप्रिय गायक गायिकाहरु पबित्र कसा:,जुजुकाजी रंजित, अनिल शाही ,प्रमोद पाण्डे, सुलिन्द्र शाक्य , रिता महर्जन , रत्नशोभा महर्जन लगायत कलाकारहरुले सांगीतिक प्रस्तुति गरेका थिए । महोत्सवमा विभिन्न नेवार खानाका परिकार तथा स्थानीय महिला समूहले उत्पादन गरेको घरेलु उत्पादनका स्टलहरु





