• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 07, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

सेनाबाट मुक्त हुँदै भक्तपुरको “न्हू पुखू” रानी पोखरी !


सुभाय् संवाददाता November 15, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

कृष्ण आचार्य

नगरपालिकाको पहलमा झन्डै ३६ वर्षपछि भक्तपुरको रानीपोखरी सेनाको अधिग्रहणबाट मुक्त भएको छ। प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल भएको दुई महिनामै रानीपोखरी नगरपालिकाको जिम्मामा आएको हो।
बीचमा अत्यन्त सुन्दर मल्लकालीन रानीपोखरी। त्यसको वरिपरि कलात्मक मूर्ति र पाटी। त्यससँगै खुला र हराभरा स्थान अनि गौचर।
तर, वि.सं. २०४० सालपछि यसको अस्तित्व नै संकटमा पर्‍यो, जब सैन्य तालिम केन्द्रका लागि भन्दै तत्कालीन शाही सरकारले सल्लाघारीमा रहेको ३२ रोपनी क्षेत्रफल अधिग्रहण गर्‍यो।
नेपाल संवत ७५० अर्थात् आजभन्दा ३९० वर्ष पुरानो भक्तपुरको रानीपोखरीसँग भक्तपुरबासीको पनि विशेष सम्बन्ध छ। भक्तपुरका प्रजापति, अवाल, महर्जन, भुसिटु, मानन्धर, धौभडेल, जोन्छेलगायतका समुदायले यहाँ कुल देवताको पूजा गरी देवाली मनाउँथे। अन्य सांस्कृतिक पर्व–समारोह पनि हुन्थे।
तर, सेनाले कब्जा गरेर तारबार लगाएपछि कुल पूजाको दिन रानीपोखरी क्षेत्रमा प्रवेश गर्नसमेत अनुमति लिनुपर्ने भयो। अरु बेला प्रवेशको त कुरै छाडौँ।
सेनाको अधिग्रहणमा परेपछि पोखरीको चारैतिर रहेका कलात्मक मूर्ति र पाटी लोप भए। सेनाले आवासीय महाविद्यालय स्थापना गर्‍यो। आफ्ना भौतिक संरचनाहरु ठड्याउँदै गयो।
रानीपोखरी झन्झन् कुरुप बन्दै गयो। कुल देवताहरु माटोमा पुरिए। कतिलाई झाडीले ढाक्यो। सेनाले पोखरीको छेउमै आफ्नो चमेना गृह पनि बनायो।
‘हाम्रो धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पोखरी अतिक्रमण भएपछि स्थानीयमा देवालीको महत्व घट्दै गएको छ र सांस्कृतिक पर्वहरु त लोप नै भएका छन्,’ स्थानीय कर्ण अवाल बताउँछन्।
झन्डै ३६ वर्षपछि (१ जेठ ०७६) मा सो पोखरी सेनाको अधिग्रहणबाट मुक्त भएको छ। र, यसको पहल गरेको थियो, भक्तपुर नगरपालिकाले।
रक्षा मन्त्रालय र सैनिक मुख्यालयलाई पत्र लेखेर नगरपालिकाको टोलीले प्रधानसेनापति पूर्णचन्द्र थापासँग ०७५ चैतमा यसबारे छलफल गर्‍यो।
छलफल भएको दुई महिनामै सेनाले पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेको रानीपोखरीलाई नगरपालिकाको जिम्मा लगायो। आफ्नो स्वामित्वमा आएलगत्तै नगरपालिकाले पोखरीको उत्खनन् तथा पुनर्निर्माणको काम अघि बढाएको छ।
पुरानै शैलीमा पुनर्निर्माण
भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापति रानीपोखरी पुरानै शैलीमा पुनर्निर्माण गर्न लागिएको बताउँछन्।
‘हामीले अहिले सो क्षेत्रमा उत्खनन्सँगै पुनर्निर्माण गरिरहेका छौँ,’ मेयर प्रजापति भन्छन्, ‘रानीपोखरीलाई सयौँ वर्ष पुरानो शैलीमा फर्काउने हाम्रो प्रयास छ।’
उत्खनन्का क्रममा शिलापत्रलगायतका महत्वपूर्ण परातात्विक वस्तु फेला परेका छन्। वि.सं. १९७५ देखि २००६ सालसम्मका इँट्टा पनि भेटिएका छन्। जसको अनुसन्धान निम्ति विशेष समिति गठन भएको छ। त्यसैले नगरपालिका छिटो काम सक्नेभन्दा सबै कुरा मिलाएर रानीपोखरीलाई मौलिक शैलीमा ढाल्ने प्रयासमा छ।
नगरपालिका अबको एक वर्षभित्र पुनर्निर्माण टुङ्ग्याउने हिसाबले काम गरिरहेको मेयर प्रजापति बताउँछन्। १२ रोपनी ९ आना क्षेत्रफलमा रहेको पोखरीको डिजाइनअनुसार धमाधम काम भइरहेको छ ।
वासुकिनार, दक्षिणपट्टीका शिवलिंग, भवानीशंकरलगायतका मूर्ति, पद्माकृति, सत्तलका अवशेष, विशेष सालिकको पनि उत्खनन् गरी पहिलेकै स्थानमा ठड्याइनेछ।
यसका लागि इन्जिनियर, प्राविधिक, पुरातत्वविद्, इतिहासविद्, जानकारहरुको विशेष टोली खटिएको छ।
रानीपोखरी पुनर्निर्माणका लागि नगरपालिकाले पहिलो चरणमा एक करोड रुपैयाँ छुट्याएको छ। जसमध्ये ५० लाख खर्च भइसकेको छ।
रानीपोखरीलाई तीन भागमा विभाजन गरी पुनर्निर्माण गरिने प्रजापति बताउँछन्। पहिलो भागमा पानी भरिने छ, दोस्रो भागमा कलात्मक मूर्ति राखिने छ र तेस्रो भागमा पोखरी घुम्न मिल्ने बाटो तथा चार दिशामा पाटीहरु निर्माण गरिने छ। छेउछाउमा रुखहरु रोपिने छ र पहिलेको पुतली बगैंचालाई जगाइने छ।
फर्किइन् हराएकी बहिनी
पोखरीमा भेटिएको शिलालेखलाई आधार मान्ने हो भने भक्तपुरका मल्ल राजा जगज्योतिले बीचभागमा नागको मूर्ति र शिवलिंग स्थापना गरेर न्हू पुखुः (नयाँ पोखरी) बनाएका थिए।
तत्कालीन कान्तिपुरका राजा प्रताप मल्ल भक्तपुरमाथि आक्रमण गर्दा रानीपोखरी भत्काएका थिए। पछि उनले त्यसको नक्कल गर्दै काठमाडौंमा त्यस्तै स्वरुपको पोखरी बनाए।
इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार राजा जगज्योतिले आफ्नी रानीलाई पोखरी समर्पण गरेपछि यसलाई रानीपोखरी भन्न थालिएको हो।
‘पौष कृष्ण एकादशीदेखि आरम्भ भएको पोखरी निर्माण वैशाख कृष्ण द्वादशी (चार महिना) मा सम्पन्न भएको शिलालेखमा उल्लेख छ,’ श्रेष्ठ बताउँछन्।
वि.सं. १७३५ मा जितामित्र मल्लले पोखरीको जीर्णोद्वार गरेर वास्तुशैली, नागनागिनी, देवीदेवताको मूर्ति स्थापना गरेका थिए।
पोखरीमा रहेको ह्वाङ्ह्वाङ पाटीमा रहेको शिलापत्रमा रानीपोखरीमा वासुकी नागको टाउको, सिद्धपोखरीमा जीउ र नःपुखुमा पुच्छर रहेको उल्लेख छ।
त्यसैले पनि स्थानीयहरु यी तीन पोखरीलाई तीन दिदीबहिनीको रुपमा लिन्छन्।
ती तीनमध्ये लामो समयदेखि हराएकी एक बहिनीलाई भक्तपुर नगरपालिकाले फर्काउँदै छ। त्यसपछि स्थानीयले आफ्नो कुल देवता भेट्न कसैको अनुमति लिइहरनुपर्ने छैन।
(नेपाली खबरबाट साभार)

सम्बन्धित पोस्ट
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑