• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 10, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  शिक्षा / स्वास्थ्य

लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण


सुभाय् संवाददाता May 18, 2026 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : २१ मिनेट

दिपक बिके, लुम्बिनी/ लुम्बिनी बौद्ध विश्वविद्यालयका नवनियुक्त उपकुलपति सह-प्राध्यापक डा. मणिकरत्न शाक्यले आज  जेठ ४ गते एक विशेष समारोहका बीच आफ्नो पदभार ग्रहण गर्नुभएको छ। बौद्ध अध्ययनका क्षेत्रमा एक स्थापित शिक्षाविद् तथा प्रखर अनुसन्धानकर्ताका रूपमा परिचित डा. शाक्यको नियुक्तिसँगै विश्वविद्यालयले एक अनुभवी प्राज्ञिक नेतृत्व पाएको छ।उहाँको कार्यभार सम्हाल्ने क्रममा विश्वविद्यालयका प्राध्यापक, कर्मचारी तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूले भव्य स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। यसै अवसरमा एस.एम. इन्फोटेनमेन्ट प्रा. लि. परिवार पनि नवनियुक्त उपकुलपति डा. शाक्यको कार्यकाल पूर्ण रूपमा सफल रहोस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। उहाँको कुशल नेतृत्वमा विश्वविद्यालयले प्राज्ञिक उत्कृष्टता र नवप्रवर्तनको क्षेत्रमा नयाँ उचाइ हासिल गर्ने विश्वास लिइएको छ।

प्राज्ञिक व्यक्तित्व र नेतृत्वदायी यात्रा

नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यको शैक्षिक तथा प्रशासनिक यात्रा निकै सबल र प्रेरणादायी रहेको छ। प्राज्ञिक नेतृत्वमा उहाँको यात्रा दुई दशक अघिदेखि नै सक्रिय रहेको छ। उहाँले २०७३/०१/१२ मा विश्वविद्यालयको सहायक डीनको रूपमा जिम्मेवारी सम्हाल्दै दुई वर्षसम्म उत्कृष्ट प्रशासनिक दक्षता र संस्थागत लक्ष्यप्रति प्रतिबद्धता प्रदर्शन गर्नुभएको थियो। उहाँको सोही क्षमता र योगदानको उच्च कदर गर्दै विश्वविद्यालयले मिति २०७५/०६/१६ मा उहाँलाई डीन पदको जिम्मेवारी सुम्पेको थियो।

डीनको भूमिकामा रहँदा उहाँले विश्वविद्यालयको प्राज्ञिक तथा अनुसन्धान क्षमता अभिवृद्धि गर्न दूरगामी महत्वका योजनाहरू सफलतापूर्वक कार्यान्वयन गर्नुभएको थियो। नयाँ शैक्षिक कार्यक्रमहरूको तर्जुमा, अनुसन्धानका अवसरहरूको विस्तार र स्थानीय तथा अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध सुदृढीकरणमा उहाँको भूमिका उल्लेखनीय रहेको छ।

बौद्ध अध्ययन र अनुसन्धानमा विशिष्ट योगदान

बौद्ध अध्ययनमा विद्यावारिधि (Ph.D.) गर्नुभएका डा. शाक्यका बौद्ध दर्शन, इतिहास र संस्कृतिसँग सम्बन्धित थुप्रै महत्त्वपूर्ण अनुसन्धानमूलक पुस्तक तथा लेखहरू प्रकाशित छन्। उहाँको प्राज्ञिक योगदानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बौद्ध समुदाय माझ विशेष पहिचान बनाएको छ। उहाँका प्रमुख प्रकाशनहरू यस प्रकार छन्:

प्रमुख पुस्तकहरू:

  • नेपाल मण्डलको बिहार वास्तुकला

  • पं रत्न बहादुर बज्राचार्य: एक अध्ययन

  • पं हेमराज शाक्य: एक अध्ययन

  • कृष्ण मन्दिरको शिलालेख

महत्त्वपूर्ण शोध-लेखहरू (Articles):

  • Motif of Ratna in Newar Buddhism (नेवार बौद्ध धर्ममा ‘रत्न’ को अभिप्राय)

  • Lumbini Prabha Vol. I & II (लुम्बिनी प्रभा, भाग १ र २)

  • Belief of Mahāyāna on the Biography of Śākyamuni Buddha (With special reference to Lalitavistara-sūtra)

सम्बन्धित पोस्ट
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑