Maharjan Ratna
लामो दूरीका क्षेप्यास्त्रहरू रुसमा प्रहार गर्नदिने अमेरिकाको अनुमति युक्रेनलाई
Maharjan Ratna
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले अमेरिकाले उपलब्ध गराएका लामो दूरीका क्षेप्यास्त्रहरू रुसमा प्रहार गर्न दिने अनुमति युक्रेनलाई प्रदान गरेका छन्। आगामी ज्यानुअरी महिनामा अमेरिकाको सत्ताबाट बाहिरिन लागेका बाइडनको प्रशासनले अमेरिकाले यसअघि युक्रेनलाई उपलब्ध गराएको आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (एटीएसीएमएस) प्रयोग गर्न किएभलाई अनुमति दिएको बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजले जनाएको छ। लामो दूरीमा मार हान्न सक्ने क्षमता भएका अस्त्रहरू युक्रेनलाई दिन अमेरिकी सेना अनिच्छुक थियो। यद्यपि बाइडनले ती क्षेप्यास्त्र युक्रेनलाई उपलब्ध गराउन गोप्य निर्देशन दिएका विवरणहरू यसअघि सार्वजनिक भएका थिए। तर यस्ता अस्त्रको प्रयोगले युद्ध चर्किने सम्भावनालाई दृष्टिगत गर्दै





