Maharjan Ratna
डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपतीय चुनावमा ऐतिहासिक पुनरागमन गर्दै जित हासिल
Maharjan Ratna
वाशिंगटन, डीसी – अमेरिकाको राष्ट्रपतीय चुनावमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः एकपटक ऐतिहासिक विजय हासिल गरेका छन्। यो जितले उनी अमेरिकी इतिहासमा दुई पटक राष्ट्रपति पदमा निर्वाचित हुने दुर्लभ व्यक्तित्वमा पर्न सफल भएका छन्। चुनाव परिणामले अमेरिकामा ठूलो हलचल ल्याएको छ। ट्रम्पको जितपछि उनका समर्थकहरुमा उत्साह छाएको छ भने विपक्षीले विभिन्न प्रतिक्रिया दिएका छन्। ट्रम्पले आफ्नो जीतलाई “जनताको जीत” को रुपमा सम्बोधन गर्दै, अमेरिकालाई फेरि सशक्त र महान बनाउने प्रतिबद्धता दोहोर्याएका छन्। ट्रम्पको प्रमुख चुनावी एजेन्डामा अमेरिका प्रथम नीति, अर्थतन्त्रलाई पुनरुत्थान गराउने, आप्रवासन नीति कडाइ गर्ने, र राष्ट्रिय सुरक्षा बलियो





