• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / विचार

नेपाल संवतको नयाँ वर्ष जो आफैमा एक आन्दोलन पनि थियो


सुभाय् संवाददाताOctober 31, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : २१३ मिनेट
-यसको नयाँ वर्षलाई उत्सव होइन आन्दोलनको रूपमा मनाउने चलन त्यतिबेला थियो
-नयाँ वर्षको भिन्तुना कार्यक्रम पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन पनि बन्दै

–पहिले पहिले नेपाल संवतको नयाँ वर्ष कार्यक्रम कुनै स्कुलको बन्द कोठामा मात्रै मनाइने गरिन्थ्यो । नेपाल संवत् ११०० अर्थात आजभन्दा ४३ वर्षअघि मंकाः खलःले पहिलोपटक सार्वजनिक र्‍याली सहित भिन्तुना कार्यक्रम आयोजना गर्न थालेको थियो । 

–मंकाः खलःका तत्कालीन अध्यक्ष पद्मरत्न तुलाधर भिन्तुना कार्यक्रम आयोजना गरेकै कारण थुप्रै पटक प्रहरी हिरासतमा पर्नुभयो । जनकवि दुर्गालाल श्रेष्ठ, अगुवा मल्ल के. सुन्दरले धेरै पटक प्रशासनको धम्की खेप्नुपर्यो ।
पञ्चायतकालमा राजनीतिक पार्टीहरू प्रतिबन्धित थिए । नेताहरू भूमिगत हुनुहुन्थ्यो । सत्ताको कडा दमनका कारण पार्टीहरूले भेला गर्ने, र्‍याली निकाल्ने जस्ता काम गर्नु असम्भव जस्तै थियो । त्यसैले राजनीतिक दलका भूमिगत नेता एवं कार्यकर्ताहरू पनि भिन्तुना कार्यक्रममै सहभागी भई राज्यद्वारा सञ्चालित विभेद र असमानता विरुद्ध आवाज उठाउने गर्दथे ।

सुरेश किरण

आज नेपाल संवत् ११४३ कछलाथ्व पारु । अर्थात नेपाल संवत्को नयाँ वर्ष ।
विश्वमा प्रचलित विभिन्न संवत्हरू मध्ये नेपाल संवत् मात्रै एउटा यस्तो संवत् हो जसको नामाकरण आफ्नै देशको नामबाट भएको छ । देशको नामबाट संवत् चलाइएको उदाहरण विश्वमा नेपाल बाहेक अरु कहीं पनि पाइँदैन । तसर्थ यसको नामबाटै थाहा हुन्छ, यो नेपालको आफ्नै माटोमा सिर्जित यहींको धरातलीय संवत् हो ।
अहिले नेपाल संवत् नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रप्रमुख, सरकार प्रमुख लगायत सबैजसो राजनीतिक दल र अन्य निकायका प्रमुखहरूले शुभकामना व्यक्त गर्ने, वक्तव्य जारी गर्ने जस्ता कार्यहरू हुने गर्दछन् । नेपाल संवत् नयाँ वर्षको उपलक्ष्यमा आयोजना हुने कुनै पनि कार्यक्रममा सरकार र राजनीतिक पार्टीया पदाधिकारीहरू सहर्ष उपस्थिति जनाउँदछन् । यो अहिले एक ठूलो उल्लास र उत्सवको रूपमा मनाइन थालिएको छ ।
तर आजभन्दा ३३ वर्ष अघिसम्म नेपाल संवत्को नयाँ वर्ष मनाउने शैली भने यस्तो थिएन । यसको नयाँ वर्षलाई उत्सव होइन आन्दोलनको रूपमा मनाउने चलन त्यतिबेला थियो । देशमा निरंकुश पञ्चायती शासन थियो । पञ्चायती शासनले देशमा ‘एक भाषा, एक भेष’ नीति लागू गरी अरु सबै जाति, भाषा, धर्मलाई अँथ्याएको समय थियो ।
राज्यको त्यो निरंकुश नीतिका विरुद्ध बोल्ने कसैको आँट थिएन । त्यस्तो बेला नेपालभाषा मंकाः खलः नामक एक संस्थाको आयोजनामा सञ्चालन गरिने नयाँ वर्षको भिन्तुना कार्यक्रम पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन पनि बन्दै जान थालेको थियो ।
पहिले पहिले नेपाल संवतको नयाँ वर्ष कार्यक्रम कुनै स्कुलको बन्द कोठामा मात्रै मनाइने गरिन्थ्यो । नेपाल संवत् ११०० अर्थात आजभन्दा ४३ वर्षअघि मंकाः खलःले पहिलोपटक सार्वजनिक र्‍याली सहित भिन्तुना कार्यक्रम आयोजना गर्न थालेको थियो । तत्कालीन सरकारले यसको लागि कुनै अनुमति दिएको थिएन । त्यसैले नयाँ वर्षको भिन्तुना कार्यक्रम आयोजना गर्दा हरेक वर्ष प्रशासनको हस्तक्षेप हुने गर्दथ्यो । आयोजकहरू पक्राउ पर्दथे ।
मंकाः खलःका तत्कालीन अध्यक्ष पद्मरत्न तुलाधर भिन्तुना कार्यक्रम आयोजना गरेकै कारण थुप्रै पटक प्रहरी हिरासतमा पर्नुभयो । जनकवि दुर्गालाल श्रेष्ठ, अगुवा मल्ल के. सुन्दरले धेरै पटक प्रशासनको धम्की खेप्नुपर्यो ।
पञ्चायतकालमा राजनीतिक पार्टीहरू प्रतिबन्धित थिए । नेताहरू भूमिगत हुनुहुन्थ्यो । सत्ताको कडा दमनका कारण पार्टीहरूले भेला गर्ने, र्याली निकाल्ने जस्ता काम गर्नु असम्भव जस्तै थियो । त्यसैले राजनीतिक दलका भूमिगत नेता एवं कार्यकर्ताहरू पनि भिन्तुना कार्यक्रममै सहभागी भई राज्यद्वारा सञ्चालित विभेद र असमानता विरुद्ध आवाज उठाउने गर्दथे ।
नयाँ वर्षको उपलक्ष्यमा गरिने ¥याली तथा सभाहरूमा नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिनुपर्ने माग गरिन्थ्यो । पञ्चायती व्यवस्थाले आफूलाई राष्ट्रवादी दावी गरे पनि नेपाल देशकै नाममा स्थापित नेपाल संवत्लाई भने वेवास्ता गरेकाले यो राष्ट्रवादी व्यवस्था होइन भनेर आरोप लगाइन्थ्यो । राज्यले नेपाल संवत् मात्र होइन नेपालमा विद्यमान विभिन्न जातीय समुदायको भाषा, धर्म, संस्कृतिलाई मास्न खोजेका कारण यो फासीवादी व्यवस्था हो भनी प्रचार गरिन्थ्यो ।
यसरी पञ्चायती व्यवस्थाका विरुद्ध जनतामा जागरण सञ्चार गर्न नेपाल संवत्को भिन्तुना कार्यक्रम एउटा सांस्कृतिक आन्दोलनका रूपमा उपयोग हुँदै जान थालेको थियो ।
पञ्चायती व्यवस्थाको दमन चर्कंदै जान थालेपछि भिन्तुना ¥यालीमा ‘पञ्चायती व्यवस्था सीमा, झ्वकनीमा ! (पञ्चायती व्यवस्था मरिजाओस् !)’ भनेर समेत नारा लगाइएको थियो । यही भिन्तुनाको सांस्कृतिक र्‍याली हो जहाँ पञ्चायती व्यवस्थाको अन्त नहुन्जेल देशका सबै जाति, भाषा र धर्मले समान अधिकार उपभोग गर्न सक्ने छैन भन्दै जनतालाई जागरुक बनाउने कार्य हुने गर्दथ्यो ।
तत्कालीन पञ्चायती व्यवस्था विरुद्ध राजनीतिक रूपले प्रहार गर्ने काम भूमिगत दलहरूले गरिरहेको थियो भने गैर राजनीतिक मोर्चाबाट पञ्चायतलाई प्रहार गर्ने अघोषित फोरम यही भिन्तुना कार्यक्रम थियो ।
२०४६ सालमा बहुदलीय प्रजातन्त्र स्थापना भएपछि भने नेपाल संवत् नयाँ वर्षको कार्यक्रममा राज्यका तर्फबाट पनि प्रतिनिधित्व हुन थालियो । २०४७ सालमा बसन्तपुरमा भएको भिन्तुना सभामा तत्कालीन अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले प्रमुख अतिथिका रूपमा भाग लिनुभएको थियो । त्यसपछिका हरेक कार्यक्रमहरूमा बहालवाला प्रधानमन्त्री नै प्रमुख अतिथिका रूपमा उपस्थित हुने परम्परा शुरु हुन थाल्यो जो अहिलेसम्म पनि जारी नै छ ।
२०६२/६३ को आन्दोलनपछि जब देशमा गणतन्त्र स्थापना भयो, त्यसपछि भने बहालवाला राष्ट्रपतिले पनि भिन्तुना कार्यक्रमलाई शुभकामना व्यक्त गर्ने चलन शुरु भयो ।
यसरी नेपाल संवत् नयाँ वर्षको भिन्तुना कार्यक्रम एक सांस्कृतिक गतिविधि मात्र भए पनि यसको राजनीतिक योगदान भने अविस्मरणीय छ । देशमा प्रजातन्त्र वहाली गर्ने आन्दोलनमा समेत यसले जुन भूमिका निर्वाह गरेको थियो, त्यसलाई हरेक सरकारहरूले उच्च मूल्यांकन गर्नै पर्दछ ।
(लेखक वरिष्ठ पत्रकार ,नेपाल भाषा टाइम्स दैनिकका सम्पादक हुन् ।)
सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव
  • अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑