• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 04, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सम्पदा/संस्कृति

समसामयिक आलेख: भिंतुना आन्दोलनको राजनीतिक आयाम


सुभाय् संवाददाता November 6, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ७ मिनेट

भिंतुना आन्दोलनको राजनीतिक आयाम
— सुरेश किरण
नेपालको इतिहासमा विभिन्न नामका संवत्हरू प्रयोग भएको पाइन्छ । शक संवत्, लिच्छवि संवत्, मानदेव संवत्, लक्ष्मण संवत्, विक्रम संवत्, इस्वी संवत्, बुद्ध संवत्, यले संवत्, मञ्जुश्री संवत्, नेपाल संवत् आदि । यी सबै संवत्हरू मध्ये सबैभन्दा लामो समय चलेको संवत् नेपाल संवत् मात्रै हो । जुन बखत् नेपाल संवत् आरम्भ भयो, त्यतिबेलादेखि आजसम्म यो संवत् यथावत् प्रचलनमा रहँदै आएको छ । जहाँनिया राणा शासकहरूले यो संवत्लाई सरकारी कामकाजबाट हटाए पनि जनताको दैनिक धार्मिक–सांस्कृतिक कामकाजमा भने यो कायम नै रह्यो । त्यसैले आजभन्दा ११४५ वर्ष अघिदेखि यो जनताको संवत्का रूपमा प्रचलित रहेको छ ।
नेपाल संवत्लाई राज्यले गर्दै आएको अपहेलनालाई अस्वीकार गर्दै यसलाई राष्ट्रिय संवत्को दर्जा दिलाउनुपर्ने माग आजभन्दा करिब ५० वर्ष अघि उठेको थियो । भाषा आन्दोलनका अगुवा प्रेमबहादुर कंसाकारले त्यतिबेला कुनै स्कुलको चौघेरा भित्र सानो कोठामा नेपाल संवत् नयाँ वर्षको भिंतुना कार्यक्रम आयोजना गर्नुहुन्थ्यो । त्यो अत्यन्त सानो स्वरुपको हुन्थ्यो । उहाँले सानो चिर्कटोमा कार्यक्रम र स्थान लेखी कार्ड जस्तो बाँड्नुहुन्थ्यो । कार्यक्रममा नेपाल संवत्को राष्ट्रिय महत्व र यसलाई पनि राष्ट्रिय मान्यता दिलाउनुपर्ने विषयमा छलफल हुने गथ्र्यो । यो क्रम केही वर्ष चल्यो । त्यसको केही वर्ष पछि नेपाल संवत्को नयाँ वर्षलाई सानो कोठाबाट बाहिर निकाली बसन्तपुरको खुल्ला स्थानमा सार्वजनिक समारोह नै आयोजना गरी मनाउन थालिएको थियो । नेपाल संवत् ११०० मा नेपाल संवत्को पहिलो सार्वजनिक भिंतुना कार्यक्रम आयोजना गरिएको थियो । त्यसको आयोजन ‘नेपालभाषा मंकाः खलः’ ले गरेको थियो । त्यतिबेला मंकाः खलःको नेतृत्वमा पद्मरत्न तुलाधर, दुर्गालाल श्रेष्ठ, मल्ल के. सुन्दर आदि जस्ता भाषा आन्दोलनका अगुवाहरू हुनुहुन्थ्यो ।
आजभन्दा ४५ वर्ष अघि पहिलोपटक आयोजना गरिएको उक्त भिंतुना ¥याली काठमाडौंको नःघल टोलबाट निस्किएको थियो । उक्त ¥यालीको नेतृत्व गर्नुभएका अगुवा मल्ल के. सुन्दरका अनुसार त्यतिबेला ¥यालीमा जति मानिस निस्केको थियो त्यो वास्तवमा देशमा पञ्चायती व्यवस्था लागू भएपछि खुल्ला रुपमा भएको सम्भवतः सबैभन्दा ठूलो भेला थियो (मल्ल, नेपाल संवत् व भिंतुना आन्दोलन, नेसं ११४४) । दलहरूमाथि प्रतिबन्ध लगाई सार्वजनिक भेला समेत निषेध गरिएको त्यो समयमा एकै पटक त्यति मानिस सडकमा देखा पर्नु पञ्चायती व्यवस्था मात्र होइन, स्वयम् पञ्चायत विरोधी शक्तिहरूका लागि समेत अनौठो विषय थियो । किनभने पञ्चायत विरोधी प्रतिबन्धित राजनीतिक दलहरूले समेत त्योबेलासम्म त्यति ठूलो जन परिचालन गर्न सकेको थिएन ।
नेपाल संवत्को नयाँ वर्ष मनाउन आयोजना गरिने भिंतुना ¥याली वास्तवमा नयाँ वर्षको ‘सेलिब्रेशन’ मात्र थिएन । त्यो उपत्यकाका स्थानीय नेवाः जनताको भाषा, संस्कृति र लिपिमाथि गरिएको दमनको प्रतिकात्मक प्रतिरोध पनि थियो । वि.सं. १८२५ मा पृथ्वीनारायण शाहले उपत्यका कब्जा गरिसकेपछि यहाँका स्थानीय जनता राज्यसत्ता रुष्ट थिए । पृथ्वीनारायण शाहले आफ्नो ‘दिव्योपदेश’ मा उपत्यकाका नेवाः जनताका बारे जतिसुकै ‘राम्रा’ कुरा भनेको भनिएता पनि व्यवहारमा भने त्यो कतै पनि लागू भएको थिएन । त्यसमाथि राणा शासनको आरम्भपछि नेवाः जनतामाथिको दमन झन चर्किंदै जान थाल्यो । नेवाः जनताले बोल्ने नेपालभाषा र नेपाल लिपिमाथि प्रतिबन्ध लगाइयो । चन्द्र शम्शेरको पालामा आएर नेपाल संवत्माथि पनि प्रतिबन्ध लगाइदियो । यो प्रतिबन्धलाई पनि तत्कालीन सरकारको राजनीतिक कदम नै मान्नुपर्छ । किनभने तत्कालीन राणासत्ताको पहुँच र भक्ति भारतप्रति समर्पित थियो । उनीहरू आफूलाई पनि भारतकै राजपूत खानदानको सन्तान भन्न रुचाउँथे । त्यसैले सरकारी कामकाजमा नेपाल संवत्लाई हटाएर भारतको विक्रम संवत् लागू गरे । राज्यसत्ता दमनकारी र निरंकूश भएका कारण स्थानीय जनताले त्यसको प्रतिरोध गर्न सकेको थिएन, तथापि त्यस विरुद्धको आक्रोश भने भित्रभित्र चलि नै रह्यो । एक दिन समय आएपछि त्यो ‘भिंतुना ¥याली’ को रुपमा प्रकट भयो । २०१७ सालमा पञ्चायती व्यवस्था लागू भएपछि नेवाः समुदायलाई दिइँदै आएको सुविधा धमाधम खोस्दै लगेको थियो । रेडियो नेपालमा नेपालभाषाको समाचार र लोकप्रिय कार्यक्रम ‘जीवन दबू’ खारेज गरिदियो । विद्यालय शिक्षामा नेपालभाषाको पठनपाठन हटाइदियो । उच्चशिक्षामा हासिल गरेको प्रमाणपत्रलाई लोकसेवा आयोगले मान्यता दिन बन्द ग¥यो । नेपालभाषामा साहित्य सिर्जना गर्ने सर्जकहरूलाई समातेर जेल भरे । यी तमाम अन्यायका कारण काठमाडौंका स्थानीय जनता उकुसमुकुस भइरहेको थियो । यस्तो असन्तोष पोख्ने ‘सांस्कृतिक अवसर’ बनेको थियो, न्हूदँया भिंतुना ¥याली ।
जुन बेला काठमाडौंमा बृहत् भिंतुना ¥याली निक्लन शुरु भयो, त्यतिबेलाको राजनीतिक अवस्था पनि त्यस्तै संवेदनशील थियो । भारतमा निधन भएका वामपन्थी नेता पुष्पलालको लाश समेत काठमाडौंमा ल्याउन नदिएपछि नेपालको वामपन्थी खेमा घोर असन्तुष्टिमा थियो । त्यही बेला पाकिस्तानमा प्रजातन्त्रवादी प्रधानमन्त्री जुल्फिकर अली भुट्टोलाई फाँसी दिएपछि त्यसैको निहुँमा काठमाडौंमा विरोध ¥यालीहरू निक्लन थालेको थियो । र, ०३६ सालको विद्यार्थी आन्दोलन चर्कने तरखरमा थियो । यस्तो संवेदनशील अवस्थामा नेपाल संवत्को नयाँ वर्ष मनाउन भिंतुना आन्दोलन शुरु भएको थियो । त्यसैले यसप्रति तत्कालीन भूमिगत राजनीतिक पार्टीहरूको ध्यान आकृष्ट हुनु स्वाभाविक थियो ।
नेपालभाषा मंकाः खलः मूलतः भाषिक अधिकार सम्बन्धी आन्दोलनकारी संस्था हो । यो संस्थाले आयोजना गरेको कार्यक्रममा भाषिक अधिकारका कुरा उठ्नु निश्चित थियो । त्यसैले मंकाः खलःले ‘नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिनुपर्छ’ भन्ने नारा लगाएपछि त्यसको अभ्यन्तरमा ‘नेपालभाषालाई राष्ट्रिय मान्यता दिनुपर्छ’ भन्ने मनसाय पनि लुकेको थियो । त्यो मान्यता नेपालभाषा मात्र होइन देशका सम्पूर्ण उत्पीडित भाषाका हकमा लागू हुन्थ्यो । फलतः नेपालभाषा मंकाः खलःले नयाँ वर्षको उपलक्ष्यमा उठाएको यो मागप्रति विभिन्न आदिवासी जनजाति समुदायको पनि समर्थन र एक्यवद्धता थियो ।
भाषिक र सांस्कृतिक अधिकार प्राप्तीको लागि भिंतुनाकै नाममा भए पनि आन्दोलन त गरियो, तर यो अधिकार पञ्चायती व्यवस्थाबाट प्राप्त हुन सक्दैन, यसको लागि पञ्चायती व्यवस्थालाई नै फाल्नुपर्छ भन्ने राजनीतिक चेत पनि प्रवाह हुँदै जान थाल्यो । पञ्चायती व्यवस्था भाषिक–सांस्कृतिक रुपले अति नै अनुदार थियो । देशमा खस नेपाली बाहेक अरु कुनै पनि भाषालाई मान्यता दिने पक्षमा यो थिएन । ‘एक राजा एक देश, एक भाषा एक भेष’ भन्ने अत्यन्त अनुदारवादी विचारले यो निर्देशित थियो । भाषा आन्दोलनका लागेका प्रतिष्ठित हस्तीहरूलाई विभिन्न प्रलोभनमा पारी पञ्चायती व्यवस्थाको दास बनाउने अभियान पनि दरवारले चलाउँदै थियो । फलतः
भाषिक–सांस्कृतिक अधिकार प्राप्त गर्ने हो भने यो व्यवस्थाकै परिवर्तन आवश्यक छ भन्ने चेतबाट भिंतुना आन्दोलन पनि प्रभावित हुँदै थान थाल्यो । आन्दोलनले भाषिक–सांस्कृतिक अधिकार प्राप्तीका लागि व्यवस्था परिवर्तन आवश्यक छ भन्ने विचार बोक्न थालेपछि यो नयाँ वर्ष मनाउने ‘सेलिब्रेसन’ मात्र होइन, तत्कालीन व्यवस्था विरोधी भूमिगत राजनीतिक दलहरूका लागि पनि आफ्ना विचार प्रवाह गर्ने साझा अवसर बन्दै जान थाल्यो । आन्दोलनका अगुवा मध्येका एक मल्ल के. सुन्दरले आफ्नो पुस्तकमा लेख्नुभएको छ, ‘त्यसो त नयाँ वर्षको उपलक्ष्यमा निकालिने जुलुस भए पनि सत्ताबाट भइरहेको भाषिक विभेद, सांस्कृतिक र धार्मिक पक्षपात अनि निषेध गरिएको नागरिकहरूको अभिव्यक्ति स्वतन्त्रताको अधिकार यथास्थितिप्रति मानिसको मनमा लामो समयदेखि गुम्सिरहेको भावना सडकमा आई पोख्ने एउटा अवसर जस्तै भयो भिंतुना जुलुस । जानी नजानी शासकहरूपति खबरदारीको औंलो ठड्याउने मौका माने मानिसहरूले ।’
भिंतुना आन्दोलनले तत्कालीन शासकहरूका विरुद्ध औंलो ठड्याएर पञ्चायती व्यवस्थाका विरुद्धमा आफूलाई उभ्याएका कारण पञ्चायत व्यवस्था ढाल्न भूमिगत रूपमा गतिविधि गरिरहेका तत्कालीन राजनीतिक दलहरूलाई ठूलो टेवा मिल्न गएको थियो । त्यतिबेला आयोजना गरिने भिंतुना ¥यालीहरूमा राजनीतिक दलका नेता एवं कार्यकर्ताहरू पनि सहभागी हुन आउँथे । यो ¥यालीलाई बन्द गराउन एक पटक प्रशासनले ¥यालीमाथि हस्तक्षेपको प्रयास पनि गरेका थिए । केही सहभागी पक्राउ पनि परे । नेपालभाषा मंकाः खलःका अध्यक्ष एवं भिंतुना आन्दोलनका अगुवा पद्मरत्न तुलाधर आफै पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा तत्कालीन नेपाली कांग्रेस र वामपन्थी शक्तिलाई एक ठाउँ ल्याउने सूत्रधार बन्नुभएको थियो । त्यसैले पञ्चायती व्यवस्थाको पतन भएपछि भिंतुना आन्दोलनले भाषिक–सांस्कृतिक अधिकार मात्र होइन, राजनीतिक अधिकार समेत प्राप्त भएको महसुस गरेको थियो । भिंतुना सभामा देशको प्रधानमन्त्री लगायत विभिन्न दलका नेताहरूले सम्बोधन गर्ने क्रम त्यसै बेलादेखि शुरु भएको थियो । केही पार्टीका कार्यकर्ताहरू आफ्नो पार्टी झण्डा नै बोकेर ¥यालीमा सहभागी हुने क्रम पनि चलेको थियो । तर आन्दोलनका अगुवाहरूले भिंतुना ¥यालीलाई सांस्कृतिक धारबाट अलग्ग नलाने सुझबुझ देखाएका कारण त्यो दलीय हस्तक्षेपबाट भने मुक्त हुन सकियो ।
अतः नेपाल संवत्को भिंतुना ¥याली नयाँ वर्षको उपलक्ष्यमा निकालिएको उत्सव नै भए पनि यो तत्कालीन राजनीतिक आन्दोलनको एउटा उर्जा पनि बनेको थियो । राजनीतिक नेताहरूले नेपाल संवत्को गरिमा, महिमा र यसको राष्ट्रिय महत्वबारे धुवाँधार बोल्ने गर्दथे । तर व्यवस्था परिवर्तनपछि भने नेपाल संवत्लाई राष्ट्रिय मान्यता प्रदान गर्ने विषयमा नेताहरू उदासिन देखिएपछि भिंतुना आन्दोलन फेरि निराश हुनु प¥यो । राज्यले किस्ताबन्दीका रुपमा नेपाल संवत् आन्दोलनका केही मागहरू पूरा गर्दै आएका छन्, तर आन्दोलनले उठाएका सम्पूर्ण माग पूरा भएका छैनन् । आन्दोलनकारीहरूले अझै पनि आफ्नो माग उठाइरहेकै छन् । यो आन्दोलन अहिले पनि सांस्कृतिक स्वरुपकै भए पनि यसभित्र राजनीतिक विद्रोहको ज्वालामुखी पनि लुकेको थियो र छ भन्ने यथार्थलाई सबैले बुझ्नु जरुरी छ ।
(नेपाल समाचारपत्र)

सम्बन्धित पोस्ट
  • ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण
  • खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा
  • बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म
  • बौद्ध भिक्षुहरू वर्षावासको वर्षावास – असार १३ गते प्रातिमोक्ष पाठ र १४ गते अधिष्ठान गरिने
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    शान्ति पहिलो प्राथमिकता : हिंसाले होइन, संवाद र सहिष्णुताले राष्ट्र बन्छ

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    बौद्ध भिक्षुहरू वर्षावासको वर्षावास – असार १३ गते प्रातिमोक्ष पाठ र १४ गते अधिष्ठान गरिने

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    नेपालको सम्पदा, पर्यटन र आर्थिक उन्नति : समृद्धिको आधारशिला

    सारनाथ पनि विश्व सम्पदा सूचीमा

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    सुभाय् पोस्ट बिशेष

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑