• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 21, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ


सुभाय् संवाददाता August 27, 2026 मा प्रकाशित (३ हफ्ता अघि) अनुमानित पढ्ने समय : २० मिनेट
नुवाकोट /रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रका बस्ती तथा पूर्वाधारमा क्षति पुर्‍याएपछि प्रधानमन्त्री वालेन्द्र शाह आज बिहान बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुरतर्फ प्रस्थान गर्नुभएको छ।
प्रधानमन्त्री शाह बिहान ९:३० बजे सडकमार्ग हुँदै विदुरतर्फ प्रस्थान गर्नुभएको हो। उहाँसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि निरीक्षण टोलीमा सहभागी हुनुहुन्छ।
हिजो रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीले नदी आसपासका बस्ती, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा क्षति पुर्‍याएपछि बाढीको प्रभाव नुवाकोटसम्म देखिएको छ। बाढीका कारण नदी तटीय क्षेत्रमा जनजीवन प्रभावित हुनुका साथै कतिपय स्थानमा यातायात तथा पूर्वाधारसमेत अवरुद्ध भएका छन्।
बाढीको अवस्था गम्भीर बनेलगत्तै प्रधानमन्त्री शाहले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय बैठक आह्वान गरी सम्बन्धित मन्त्रालय, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा मातहतका निकायलाई आवश्यक निर्देशन दिनुभएको थियो। उद्धार, बेपत्ता तथा प्रभावित नागरिकको खोजी, राहत वितरण र अवरुद्ध पूर्वाधार सञ्चालनका विषयमा प्रधानमन्त्रीले निरन्तर समन्वय तथा सहजीकरण गर्दै आउनुभएको बताइएको छ।
बाढीका कारण नुवाकोट, रसुवा लगायतका नदी तटीय क्षेत्रमा क्षति पुगेको अवस्थामा प्रधानमन्त्रीको टोलीले आज विदुर तथा आसपासका प्रभावित बस्तीको स्थलगत निरीक्षण गर्नेछ। निरीक्षणका क्रममा बाढीबाट भएको वास्तविक भौतिक क्षति, प्रभावित नागरिकको अवस्था तथा तत्काल आवश्यक राहत र उद्धारका विषयमा प्रत्यक्ष जानकारी लिइनेछ।
त्यसैगरी प्रधानमन्त्री शाहले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग भेट गरी तत्काल राहत, विस्थापितको व्यवस्थापन, पुनर्स्थापना तथा अवरुद्ध सडक, पुल र अन्य पूर्वाधार सञ्चालनका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।
बाढीपछि नदीको बहाव, कटान र क्षतिको अवस्थाबारे स्थलगत जानकारी लिन प्रधानमन्त्रीको टोली प्रभावित क्षेत्रमै पुग्न लागेको हो। समयको सीमाका कारण आज मुख्य रूपमा विदुर तथा आसपासका क्षेत्रलाई प्राथमिकतामा राखिएको जनाइएको छ।
बाढीबाट भएको क्षतिको पूर्ण विवरण संकलन भएपछि राहत तथा पुनर्स्थापनाका लागि थप आवश्यक योजना अघि बढाइने अपेक्षा गरिएको छ। स्थानीय तह, प्रशासन, सुरक्षा निकाय तथा केन्द्र सरकारबीचको समन्वयमार्फत प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने र अवरुद्ध पूर्वाधारलाई यथाशीघ्र सञ्चालनमा ल्याउने विषयलाई भ्रमणका क्रममा प्राथमिकता दिइने बताइएको छ।
भोटेकोशीको बाढीले पुर्‍याएको क्षतिको प्रत्यक्ष निरीक्षण गर्दै प्रधानमन्त्रीको टोलीले प्रभावित नागरिकको अवस्था, उद्धार–राहतको प्रगति र आगामी पुनर्स्थापनाका आवश्यकताबारे स्थलगत मूल्याङ्कन गर्नेछ।
सम्बन्धित पोस्ट
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    सुभाय् पोस्ट बिशेष

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑