• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 20, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन


सुभाय् संवाददाता August 27, 2026 मा प्रकाशित (३ हफ्ता अघि) अनुमानित पढ्ने समय : १० मिनेट

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा हिजो बिहान आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यलाई सरकारले तीव्र बनाएको छ। बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रभावित क्षेत्रमा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज सार्वजनिक गरेको विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा हालसम्म ९५ जनाको शव फेला परेको छ भने केही व्यक्ति अझै बेपत्ता छन्। प्रभावित क्षेत्रमा मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको जनाइएको छ।

बाढीका कारण प्रभावित क्षेत्रमा कार्यरत ४४ जना नेपाली सेना, विभिन्न प्रहरी चौकीमा कार्यरत २५ जना नेपाल प्रहरी तथा १३ जना सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी सम्पर्कविहीन रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।

त्यस्तै, प्रभावित क्षेत्रमा रहेका ३९१ जना विदेशी पर्यटक तथा ९३ जना स्वदेशी पर्यटकसमेत सम्पर्कविहीन रहेको सरकारी विवरणमा उल्लेख गरिएको छ। विभिन्न विद्युत् आयोजनामा कार्यरत ६० जना कर्मचारी पनि सम्पर्कविहीन रहेको जनाइएको छ। रसुवागढी भन्सार तथा अध्यागमन कार्यालयलगायतका केही कर्मचारीको अवस्थासमेत सम्पर्कमा आउन नसकेको बताइएको छ।

बाढीबाट सडक तथा पुल संरचनामा समेत ठूलो क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार १९ वटा मोटरेबल पुल तथा करिब ४० किलोमिटर सडक क्षतिग्रस्त भएका छन्। अन्य मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने काम जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

रातभर उद्धार, बिहानैदेखि खोजी तीव्र

हिजो बिहान करिब ८:४० बजे भोटेकोशीमा बाढी आएको सूचना प्राप्त भएपछि स्थानीय प्रशासनबाट सरकारलाई जानकारी गराइएको थियो। त्यसलगत्तै प्रधानमन्त्रीबाट बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यका लागि सुरक्षा निकायसहित सम्बन्धित निकाय र संघसंस्थालाई परिचालन गर्न निर्देशन दिइएको थियो।

करिब ८:४५ बजे प्रधानमन्त्रीबाट उद्धार तथा राहतका लागि सुरक्षा निकायसहित सरोकारवाला निकाय र संघसंस्थालाई आवश्यक निर्देशन दिइएको सरकारी विवरणमा उल्लेख छ। त्यसपछि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका टोलीहरू प्रभावित क्षेत्रमा परिचालन भएका थिए।

बाढी आउनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोलीसँगै सेना तथा निजी क्षेत्रका हेलिकोप्टरसमेत परिचालन गरी उद्धार कार्य सुरु गरिएको थियो। सेनाको टोलीले रातभर स्थलमार्गबाट समेत उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिएको थियो।

आज बिहानैदेखि टिमुरे, स्याफ्रुबेँसी तथा भोटेकोशी नदीका तटीय क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजी क्षेत्रका हेलिकोप्टर तथा पैदल टोलीलाई थप सक्रिय बनाएर फसेका नागरिकको उद्धार र बेपत्ताहरूको खोजी कार्य तीव्र पारिएको छ।

प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याइयो

बाढीका कारण जोखिममा परेका नागरिकको सहायताका लागि नेपाली सेनाले हिजो राति नै प्रभावित क्षेत्रमा आवश्यक खाद्यसामग्री, टेन्ट तथा औषधिलगायत राहत सामग्री पुर्‍याएको जनाएको छ।

उद्धार तथा खोजी कार्यमा सुरक्षा निकायका साथै निजी क्षेत्रले समेत महत्त्वपूर्ण सहयोग र सहकार्य गरिरहेको छ। कठिन भौगोलिक अवस्था र बाढीबाट सडक तथा पुलमा पुगेको क्षतिका कारण कतिपय स्थानमा स्थलमार्गबाट तत्काल पुग्न कठिन भइरहेकाले हेलिकोप्टर तथा पैदल टोलीमार्फत खोजी तथा उद्धारलाई प्राथमिकता दिइएको छ।

सरकारले बाढी प्रभावित तथा नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र नदी किनारमा नजान आग्रह गरेको छ।

 

सम्बन्धित पोस्ट
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो
  • राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    “अष्ट्रेलियामा आप्रवासनलाई नियन्त्रण गर्ने नीति केवल चुनाव जित्नकै लागि ल्याइएको हो ?”

    सुभाय् पोस्ट बिशेष

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑