• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 10, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  व्यक्तित्व

वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन


सुभाय् संवाददाता August 11, 2026 मा प्रकाशित (२ महिना अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

काठमाडौँ/खोज पत्रकारितामा एक विशेष पहिचान बनाउनुभएकी वरिष्ठ पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकास्थित प्रसिद्ध ‘मेयो क्लिनिक’मा उपचारका क्रममा निधन भएको छ। उहाँका छोराले सामाजिक सञ्जालमा एक भावुक शोक पोस्ट शेयर गर्दै आमाको निधनको दुःखद खबर सार्वजनिक गर्नुभएको हो।

नेपाल पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाकी पूर्व सदस्य तथा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौँकी पूर्व अध्यक्ष समेत रहनुभएकी अमात्यको खोजमूलक लेख ‘विस्थापनको सङ्घारमा ग्वल देय्‌’ निकै चर्चित मानिन्छ। पशुपति क्षेत्रको विस्तारका क्रममा त्यहाँबाट हटाइएका र हटाउन खोजिएका प्राचीन बस्तीको विषयमा उहाँले गर्नुभएको गहिरो खोजमूलक आलेखका आधारमा एसएम इन्फोटेनमेन्ट प्रा.लि. (SM Infotainment Pvt. Ltd.) ले वृत्तचित्र (Documentary) निर्माण गर्ने सहमति भई मिलेर कार्य अघि बढाएको थियो। उक्त सहमति अनुसार वृत्तचित्र निर्माणको पहिलो चरणको काम समेत सम्पन्न भइसकेको थियो।

लामो समयदेखि चौथो चरणको (Stage 4) स्तन क्यान्सरसँग जुधिरहनुभएकी अमात्य हसिलो स्वभाव, निडर व्यक्तित्व र ऊर्जावान् पहिचानका कारण गम्भीर रोगसँग लडिरहेको आभाससम्म दिन्ननुहुन्थ्यो। उहाँको तिखो कलम र निर्भीक खोज पत्रकारिता नेपाली सञ्चार क्षेत्रमा निकै लोकप्रिय थियो।

सामाजिक सञ्जालमा छोराले दिएको जानकारी अनुसार गत डिसेम्बरको सुरुतिर अमेरिकाको मिनेसोटामा घरमै कुर्सीबाट पछाडि लडेर टाउकोमा चोट लागेपछि उहाँलाई स्थानीय ‘मेयो क्लिनिक’को आकस्मिक कक्ष (Emergency Room) मा भर्ना गरिएको थियो। अस्पतालमा कुराकानी भइरहेकै क्रममा उहाँ अचानक अचेत हुनुभएको थियो।

अस्पताल भर्ना भएपछि चिकित्सकहरूले २४ घण्टाभित्रै उहाँको टाउकोको तीन पटकसम्म जटिल शल्यक्रिया (Craniotomies) गरेका थिए। शल्यक्रियापछि करिब एक महिनासम्म कोमामा रहनुभएकी उहाँको अन्ततः शरीरभरि फैलिएको क्यान्सरको जटिलता र दुर्घटनाका कारण देहान्त भएको हो।

दिवंगत पत्रकार अमात्यको अन्तिम संस्कार पुरोहित बासव राजोपाध्यायको सहयोगमा धार्मिक परम्परा अनुसार सम्पन्न भइसकेको छ। उहाँको असामयिक निधनले नेपाली पत्रकारिता जगत, विशेष गरी खोज तथा संस्कृति/जनजाति पत्रकारिताको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।

सम्बन्धित पोस्ट
  • जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरको आठ दशक’ कार्यक्रम, छ कृति विमोचनसहित ‘अक्षर महर्षि’ सम्मान प्रदान
  • त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन
  • बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र
  • अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑