• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 16, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  उपत्यका

रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान


सुभाय् संवाददाता August 27, 2026 मा प्रकाशित (२ हफ्ता अघि) अनुमानित पढ्ने समय : १० मिनेट

काठमाडौं/ रसुवामा आएको बाढी तथा विपद्का कारण जनजीवन प्रभावित भइरहेका बेला शंखरापुर नगरपालिका वडा नं. ६ ले मानवीय सहयोगको हात अघि बढाएको छ। ‘रसुवा आज विपत्तिमा छ, शंखरापुर–६ उसको साथमा छ’ भन्ने नारासहित वडा नं. ६ ले ‘शंखरापुर–रसुवा विपद् सहयोग अभियान’ सञ्चालन गर्ने भएको हो।

‘हाम्रो दुःखमा तपाईं, तपाईंको दुःखमा हामी’ भन्ने मूल भावनाका साथ सञ्चालन हुने अभियानबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिने वडाध्यक्ष एवं नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिएका छन्।

अभियानप्रति आफ्नो व्यक्तिगत प्रतिबद्धता जनाउँदै वडाध्यक्ष श्रेष्ठले दुई महिनाको भत्ताबापत रु. ५५,५५५ सहयोग गर्ने घोषणा गरेका छन्। उनले राष्ट्रिय विपद्को यस कठिन घडीमा समाजसेवी, व्यवसायी, कर्मचारी तथा सम्पूर्ण शंखरापुरवासीलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न हार्दिक अपिल गरेका छन्।

अभियानलाई प्रभावकारी बनाउन शंखरापुर नगरपालिका वडा नं. ६ को वडा समिति, वडा विपद् व्यवस्थापन समिति तथा वडाको सम्पूर्ण टोली परिचालन हुने श्रेष्ठले बताएका छन्।

श्रेष्ठले आफूलाई जनप्रतिनिधिको भूमिकामा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व र मानवीय सेवाका कार्यमा समेत सक्रिय रहँदै आएका छन्। विपद्का बेला पीडित समुदायको साथमा उभिने उनको पछिल्लो पहलले उनलाई जनप्रतिनिधि मात्र नभई सामाजिक अभियन्ताका रूपमा समेत प्रस्तुत गरेको छ।

गोसाइँकुण्ड तीर्थयात्रीसँग सम्पर्कको प्रयास जारी

यसैबीच, रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा गएका शंखरापुरवासीहरूको अवस्थाबारे जानकारी लिन तथा उनीहरूसँग सम्पर्क स्थापित गर्न निरन्तर प्रयास भइरहेको वडाध्यक्ष श्रेष्ठले बताएका छन्।

गोसाइँकुण्ड क्षेत्रमा उत्पन्न विपद्का कारण कतिपय तीर्थयात्री तथा स्थानीयवासीसँग सम्पर्क स्थापित गर्न कठिनाइ भइरहेको अवस्थामा शंखरापुर–६ बाट तीर्थयात्रामा गएका नागरिकहरूको अवस्थाबारे जानकारी संकलन गर्ने, परिवारसँग सम्पर्क गराउने तथा आवश्यक परे खोजी र उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने कार्य भइरहेको उनले बताए।

श्रेष्ठका अनुसार सम्पर्कविहीन भएका वा जोखिममा परेका शंखरापुरवासीको खोजी तथा उद्धारका लागि सम्बन्धित सुरक्षा निकाय, स्थानीय प्रशासन तथा अन्य सरोकारवाला निकायसँग नियमित संवाद भइरहेको छ। उनीहरूको अवस्थाबारे यथासम्भव छिटो जानकारी प्राप्त गर्न वडा तहबाट आवश्यक सबै पहल गरिने उनले बताएका छन्।

समुल नगरकोटी सम्पर्कमा आए, रोशन गौतम अझै सम्पर्कविहीन

गोसाइँकुण्ड तीर्थयात्रामा गएका शंखरापुर नगरपालिका–६, सलम्बुटार निवासी समुल नगरकोटी सम्पर्कमा आएको खबरले आफूलाई खुसी लागेको वडाध्यक्ष श्रेष्ठले बताएका छन्। नगरकोटी पिपुल्स लाइफ अस्पतालमा लेखापालका रूपमा कार्यरत रहेको र उनको परिवार तथा अस्पतालसँग सम्पर्क भएको जानकारी प्राप्त भएको उनले बताए।

तर, चाँगुनारायण नगरपालिका–५, छाँयाबस्ती स्थायी घर भई हाल शंखरापुर–६, चट्टीटार निवासी तथा रसुवाको केरुङ–टिमुरे भन्सार कार्यालयमा पाठक समूहमा कार्यरत रोशन गौतम भने हालसम्म सम्पर्कमा नआएको श्रेष्ठले जानकारी दिएका छन्।

गौतमको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग नियमित संवाद र समन्वय भइरहेको उनले बताए। ‘उहाँ सकुशल भेटिनुहोस् भनेर सबैले प्रार्थना गरौँ,’ श्रेष्ठले आग्रह गरेका छन्।

वडाध्यक्ष श्रेष्ठले शंखरापुर नगरपालिकाका कुनै पनि नागरिक बाढी प्रभावित क्षेत्रमा गएर हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा नआएको अवस्था भए तत्काल वडा नं. ६ लाई जानकारी गराउनसमेत आग्रह गरेका छन्। प्राप्त सूचनाका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी खोजी तथा उद्धारका लागि पहल गरिने उनले बताएका छन्।

विपद्को यस कठिन घडीमा मानवीय संवेदना, सहयोग र एकताको आवश्यकता रहेको भन्दै श्रेष्ठले ‘सक्नेले सहयोग गरौँ, दुःखमा परेकालाई साथ दिऔँ’ भन्ने आह्वान गरेका छन्।

शंखरापुर–६ को यो अभियानले विपद्मा परेका रसुवावासीप्रति स्थानीय तहको मानवीय ऐक्यबद्धता मात्र नभई ‘दुःखमा साथ दिने संस्कार’लाई व्यवहारमै उतार्ने प्रयासका रूपमा समेत अर्थ राख्ने देखिन्छ।

सम्बन्धित पोस्ट
  • “त्रिशूली बजार फेरि उठ्नेछ, देविघाट फेरि मुस्कुराउनेछ”
  • त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण
  • त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन
  • बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “त्रिशूली बजार फेरि उठ्नेछ, देविघाट फेरि मुस्कुराउनेछ”

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    सुभाय् पोस्ट बिशेष

    “त्रिशूली बजार फेरि उठ्नेछ, देविघाट फेरि मुस्कुराउनेछ”

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑