• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 02, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  साहित्य

धर्मपथमा नेपालभाषा कविता कन्सर्ट


सुभाय् संवाददाता August 23, 2026 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : ११ मिनेट

काठमाडौं / काठमाडौं महानगरपालिका वडा नं. २२ को आयोजनामा ‘कविता कोलाज’को पहिलो प्रस्तुति नेपालभाषा कविता कन्सर्ट सम्पन्न भएको छ। वडा नं. २२ का अध्यक्ष चिनी काजी महर्जनको सभापतित्वमा सम्पन्न  थियोे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभाध्यक्ष चिनी काजी महर्जनले आफू कवि नभए पनि सर्जक तथा साहित्यकारलाई माया र सम्मान गर्ने व्यक्ति भएको बताए। उनले भने, “म कवि त होइन तर सर्जक साहित्यकारहरूलाई माया गर्ने र बुझ्ने मान्छे चाहिँ पक्का हो।”

मातृभाषाप्रतिको आफ्नो प्रेम र सम्मानसँग जोडिएको विगत स्मरण गर्दै अध्यक्ष महर्जनले विसं २०४४ सालमा न्हुँदया भिन्तुना कार्यक्रममा सहभागी हुँदा प्रहरीले लाठी प्रहार गर्दा आफ्नो टाउकोमा चोट लागी रगतसमेत आएको घटना स्मरण गर्दै उक्त घट्नापछि मातृभाषाप्रतिको आफ्नो माया र सम्मान अझ प्रगाढ बनेको बताए ।

“म रहेसम्म निरन्तर नेवा: साहित्यलाई माया र संरक्षण गर्नेछु,” अध्यक्ष महर्जनले प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपालभाषा एकेडेमीका चान्सलर तथा बुढानीलकण्ठ सांस्कृतिक प्रतिष्ठानका कुलपति  प्राज्ञ मल्ल के. सुन्दर र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य कवयित्री प्रतिसरा साय्‌मि  अतिथिका  रूपमा सहभागी भएका थिए।

दिवंगत स्रष्टाप्रति श्रद्धाञ्जली

कविता कन्सर्टको उद्घाटनमा गत भदौ १ गते दिवंगत हुनुभएका नेपालका  जनकवि स्वर्गीय दुर्गालाल श्रेष्ठ, साउन महिनामा दिवंगत नेपालभाषाका पहिलो नारीवादी कवि नारायणदेवी श्रेष्ठ तथा गत फागुनमा दिवंगत  पत्रकार लेखक कवि सुरेश किरणको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो।

यसैक्रममा दिवंगत कविहरू गिरिजाप्रसाद जोशी, पूर्ण वैद्य, बुद्ध सायमी र सुन्दर मधिकर्मीलगायत स्रष्टाको स्मरणमा  उहाँहरूका सिर्जना वाचन गरिएकाे थियो ।

 अन्य कविता वाचनभन्दा याे कविता कन्सर्ट अलि प्रिथक रह्यो ।  १७ जना कविले भ्वायलिन र बाँसुरीको धुनसँगै आफ्ना रचना वाचन गरे ।

लुमन्ती चित्रकारले ‘इतिहासया मत’, रत्न प्रदीपले ‘ब्याँचुलि’, ज्ञानकेशरी श्रेष्ठले ‘विडम्बना’, मिमला शर्माले ‘छँ पियाच्वना’, नवीन प्रकाश श्रेष्ठले ‘छँ व दे’ तथा दियश रत्न शाक्यले ‘पुलुकिसि’ शीर्षकका कविता प्रस्तुत गरे।

त्यस्तै राज अक्षोभ्यले ‘च्याना च्वंगु सर्ग जिगु’, श्रीराम श्रेष्ठले ‘छम्ह महाफताह जि’, सविना महर्जनले ‘थःगु तुति मालाच्वंगु छपा लाकां’ तथा प्राज्ञ प्रतिसरा साय्मीले ‘लुसि’ शीर्षकको कविता वाचन गरेका थिए ।

कार्यक्रममा प्राज्ञ डा. पुष्पराज राजकर्णिकार, दिलकुमारी डंगोल, विशेष आमन्त्रित कवि उज्ज्वला महर्जन, स्नेह साय्मी, सञ्जयराज शर्मा, रजनीमिला, समाश्री, सुधीर ख्वबि र नारद बज्राचार्यलगायत स्रष्टाले समेत आफ्ना सिर्जना प्रस्तुत गरेका थिए।

धर्मपथमै ७५ वर्षअघि साहित्यिक गोष्ठीको सुरुआत : मल्ल के. सुन्दर

कार्यक्रमका प्रमुख अतिथि नेपालभाषा अभियन्ता तथा साहित्यकार मल्ल के. सुन्दरले धर्मपथ क्षेत्रमा आजभन्दा करिब ७५ वर्षअघि नै साहित्यिक गोष्ठीको सुरुआत भएको स्मरण सुनाए।

उनले समयसँगै साहित्यको विकाससँगै लेखनशैलीमा पनि परिवर्तन र नयाँ प्रभाव भित्रिँदै गएको र इतिहासमा साहित्य कसरी, कहाँ र कुन परिवेशबाट प्रभावित हुँदै लेखिँदै आयो भन्ने विषयमा उहाँले प्रकाश पारे ।

नेपालभाषा साहित्यको विकासक्रममा समय, समाज र परिवेशले पारेको प्रभाव बुझ्न यस्ता साहित्यिक गतिविधि महत्वपूर्ण हुने उनको भनाइ थियो।

कविता कन्सर्टमा नेपालभाषाका विविध भाव, विषय तथा सामाजिक–सांस्कृतिक पक्षलाई कविताका माध्यमबाट प्रस्तुत गरिएको थियो। कार्यक्रममा स्थानीय बासिन्दा, साहित्यकार, संस्कृतिकर्मी तथा नेपालभाषाप्रेमीको उल्लेख्य सहभागिता रहेको थियो।

नेपालभाषा साहित्य र संस्कृतिको संरक्षण तथा पुस्तान्तरणसँगै नयाँ पुस्तालाई मातृभाषामा सिर्जनाका लागि प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको कविता कन्सर्टले नेपालभाषाको साहित्यिक यात्रामा नयाँ पुस्ताको सहभागिता र सिर्जनशीलतालाई थप प्रोत्साहन गर्न  प्रयास गरेकाे लाजका संयाेजक कवि रजनीमिलाले बताए ।

सम्बन्धित पोस्ट
  • जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरको आठ दशक’ कार्यक्रम, छ कृति विमोचनसहित ‘अक्षर महर्षि’ सम्मान प्रदान
  • “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण
  • नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!
  • कोलाज
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरको आठ दशक’ कार्यक्रम, छ कृति विमोचनसहित ‘अक्षर महर्षि’ सम्मान प्रदान

    सम्यक् महादान मूल समारोह समितिको सचिवालय स्थापना, आउँदो माघ १ गते महादान हुने

    वंशजका नेपाली नागरिकको नागरिकता निरन्तरता र राजनीतिक अधिकार सुनिश्चित गर्न संविधान संशोधनको माग

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सिड्नीमा भव्य रूपमा मनाइयो येँया: पुन्हि (इन्द्रजात्रा), एक हजारभन्दा बढी दर्शक सहभागी

    सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    सुभाय् पोस्ट बिशेष

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरको आठ दशक’ कार्यक्रम, छ कृति विमोचनसहित ‘अक्षर महर्षि’ सम्मान प्रदान

    सम्यक् महादान मूल समारोह समितिको सचिवालय स्थापना, आउँदो माघ १ गते महादान हुने

    वंशजका नेपाली नागरिकको नागरिकता निरन्तरता र राजनीतिक अधिकार सुनिश्चित गर्न संविधान संशोधनको माग

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑