तेक्वान्दोका अर्का स्वर्ण बिजेता काजल श्रेष्ठ, २३ स्वर्णसहित पदक तालिकामा नेपाल पहिलो स्थानमा

 Maharjan Ratna

काठमाडौं / तेक्वान्दोकी काजल श्रेष्ठले स्वर्ण पदक जित्न सफल भएका छन् । जीतसँगै खुशीको आँसुमा उनले भनिन् ” मेरो खुसीको सीमा नैं भएन!” मंगलबार ४६ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी काजलले फाइनलमा पाकिस्तानी खेलाडीलाई ५०–१४ को स्कोरमा हराएकी हुन् । २३ स्वर्णसहित पदक तालिकामा नेपाल पहिलो स्थानमा  रहेको छ ।


खो खो नेपाली महिला टोलि फाइनलमा , पुरुष टोलि सेमिफाइनलमा पराजित

 Maharjan Ratna

किर्तिपुरमा भइरहेको खो खो को सेमिफाइनल खेलहरुमध्ये महिला तर्फ बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ भने पुरुष टोलि प्रतिस्पर्धात्मक खेलमा बंगलादेशसँग पराजित भएको छ। त्यसैगरी अर्को सेेेमिफाइनल खेलमा महिलातर्फ श्रीलंकालाई सजिलोसँग हराउँदै भारत  फाइनलमा पुगेको छ । भारत र नेपाली महिला टोलि फाइनलमा भेट हुनेछ । त्यसैगरी बंगलादेश र  भारतका पुरुष टोलि स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछ ।


दिउँसो २ बजेसम्म २० स्वर्ण जित्यो नेपालले , एथलेटिक्सको पहिलो स्वर्ण सन्तोषी श्रेष्ठ लाई उसु र करातेमा पनि स्वर्ण

 Maharjan Ratna

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को एथलेटिक्समा नेपालले पहिलो स्वर्ण पदक जितेको छ । नेपालकी सन्तोषी श्रेष्ठले १० किलोमिटर दौडमा स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी ३५ मिनेट ७.९४ सेकेण्डमा निर्धारित दुरी पुरा गरिन् । यस्तै भारतकी कविता यादवले रजत र श्रीलंकाकी निलान्थी लंकाले काश्य पदक जितेकी छन् । यस्तै भारतकी कविता यादवले रजत र श्रीलंकाकी निलान्थी लंकाले काश्य पदक जितेकी छन् । मंगलबार नै उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङ, दुवाथोलनमा हिमाल टमाटा र कराँतेको कुमुतेमा नवीन रसाइलीले पनि एक-एक स्वर्ण पदक जितेका छन् ।

सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

पहिलो दिनमा १५ स्वर्ण जित्यो नेपालले

 Maharjan Ratna

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटनको दोस्रो दिन खेलको पहिलो दिन आज सोमबार २४ स्वर्णको प्रतिस्पर्धामा  १५ स्वर्ण  नेपालले जितेको छ  । नेपाललाई कराँते र तेक्वान्दोले ७–७ स्वर्ण दिलायो । ट्रायथोलनमा पनि नेपालले एक स्वर्ण जितेको छ । यस्तै कराँतेमा २ र तेक्वान्दोमा १ रजत जितेको नेपालले तेक्वान्दोमा ३ र ट्रायथलनमा १ कास्य पदक पनि जितेको छ । सोमबार कराँतेका मण्डेकाजी श्रेष्ठ विप्लव श्रेष्ठ , तेक्वन्दोकी आयशा शाक्यले २-२ स्वर्ण जितेका छन् । बिस्तृतमा समाचार सागको औपचारिक उद्घाटन भएको भोलीपल्ट १२ विधाको खेल भएकोमा नेपालले कराँते र

अन्तर्राष्ट्रिय, खेलकुद, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

पनौती विश्व सम्पदामा सूचीकृत हुने

 Maharjan Ratna

काभ्रे । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ । युनेस्कोद्वारा प्रस्तावित पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने काम तीव्र गतिमा अघि बढिरहेकोसमेत नगरपालिकाले जनाएको छ । पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य अघि बढाइएपछि युनेस्कोका नेपाल प्रतिनिधि क्रिष्टियन मनहर्टले हालै पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको अवलोकन गर्दै पनौती नगर विश्वसम्पदामा सूचीकृत हुन सक्ने बताएका थिए । यहाँका मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न तयार भएको मनहर्टले बताएकाे नगरप्रमुख भीम न्यौपानेले जानकारी दिए । उनले भने, “हामी सूचीकृत

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

पुरुष एकल काता, टिम कातामा नेपाललाई स्वर्ण

 Maharjan Ratna

१६ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराते पुरुष टिम कातामा पनि नेपालले स्वर्ण जितेको छ । सोमबार भएको खेलमा मन्डेकाजी श्रेष्ठ, प्रवीण मानन्धर र महसुस तामाङको टिमले स्वर्ण जितेको हो । मण्डेकाजीले पुरुष एकल कातामा पनि नेपाललाई स्वर्ण दिलाएका थिए । मध्यपुर थिमिका मण्डेकाजी श्रेष्ठ  १३  दक्षिण एशियाली खेलकुद प्रतियाेगितामा पहिलाे स्वर्ण पदक जित्न सफल भएका हुन् । ।


धरान गुमायाे नेकपाले

 Maharjan Ratna

  काठमाडौं । गत शनिबार सम्पन्न उपनिर्वाचनको मत परिणाम आउने क्रम जारी छ । उपनिर्वाचनको मतपरिणाम अप्रयासित रुपमा आइरहेको छ । विगतमा २८ वर्षदेखी कम्युनिष्ट किल्लाको रुपमा रहेको धरानमा पहिलो पटक नेपाली कांग्रेसले झण्डा फहराउन सफल भएको छ । धरान उपमहानगरपालिकाको मेयर तारा सुब्बाको निधन भएसँगै भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका तिलक राईले ऐतिहासिक जित हात पारेका हुन । नेकपा उम्मेदवार प्रकाश राईलाई पराजित गर्र्दै मेयरमा नवनिर्वाचित राईले २६ हजार ७ सय मत प्राप्त गर्दा नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मतमा चित्त बुझाउन बाध्य भएका छन । २

राष्ट्रिय, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

महिला क्रिकेटमा अन्जलीको विश्व कीर्तिमान

 Maharjan Ratna

काठमाण्डौ । आइतबार देखि शुरु भएको दक्षिण एसियाली खेलकुदको कुम्भ मेला १३ औं संस्करण अन्तर्गत महिला क्रिकेटमा नेपालले माल्दिभ्समाथि १० विकेटको जित निकालेको छ । १७ रनको लक्ष्य नेपालले ५ बलमा पूरा गरेको हो । यसअघि पहिले ब्याटिङ गरेको माल्दिभ्सले निकै फितलो प्रदर्शन गर्‍याे । माल्दिभ्सका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । माल्दिभ्सविरुद्ध अञ्जली चन्दले महिला क्रिकेटमा कीर्तिमानी बलिङ गरिन् । उनले माल्दिभ्सविरुद्ध एक रन पनि नदिँदा ६ विकेट लिएर नयाँ कीर्तिमान बनाइन् । उनले पहिलो ओभर मेडन राख्दै तीन विकेट लिइन् । त्यस्तै दोस्रो ओभरमा पनि एक

अन्तर्राष्ट्रिय, खेलकुद, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ