भक्तपुर प्रदेश सभा सदस्यमा कांग्रेस उम्मेदवार भँडेल बिजयी

 Maharjan Ratna

१५ मंसिर, काठमाडौं ।देशभर नेकपाको लहर आइरहेको बेला  भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ७४८ मत सहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत पाएका छन् । नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् । भक्तपुर क्षेत्रनम्बर २ कमा भँडेल निर्वाचित भएकाे औपचारिक घाेषणा हुन भने बाँकी छ ।


दक्षिण एसियालाई एकजुट बनाउँदै साग

 Maharjan Ratna

प्रजित शाक्य काठमाडौँ, मङ्सिर १५ गते । खेलकुद विश्वलाई एकजुट पार्ने सबभन्दा सजिलो माध्यम हो भनिन्छ । त्यसैले त ब्यारोन पियरे डी कुबर्टिनले विश्वलाई एकै थलोमा अनुभव गर्ने सपना आधुनिक ओलम्पिकमार्फत साकार गर्नुभयो; जुन खेलकुद निकै प्रभावकारी बन्यो र त्यसपछि क्षेत्रीय खेलकुदहरू हुन थाले । दक्षिणपूर्वी एसिया र पश्चिम एसियाका आआफ्नै क्षेत्रीय खेलकुद प्रतियोगिता छन् । यही स्वरूपमा दक्षिण एसियाका सात राष्ट्रबीच दक्षिण एसियाली खेलकुद प्रतियोगिता हुने गर्छ । दक्षिण एसियाका सात राष्ट्रको खेलकुद जमघट रहने सोही दक्षिण एसियाली खेलकुद (साग)को १३औँ संस्करण नेपालको काठमाडौँ, पोखरा र जनकपुरमा आइतबार सुरु हुँदै छ

खेलकुद, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नेपालको भलिबलले दिने पदक पक्का , महिला भलिबल टीम फाइनलमा !

 Maharjan Ratna

१४ मंसिर, काठमाडौं । नेपाल पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग)मा महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । अब स्वर्णका लागि भने भारतसँग खेल्ने छ । यद्यपि १३ औं सागमा नेपालको पहिलो पदक पक्का भएको छ ।शनिबार भएको दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ३-० ले हराएको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट नेपालले २५-१४ ले जित्यो । दोस्रो सेटमा २५-१७ ले जितेको नेपालले तेस्रो सेटको सुरुवातमा पछाडि परेको थियो । तर उत्कृष्ट पुनरागमन गरेको नेपालले २५-२१ मा तेस्रो सेट जित्यो । नेपालको जितमा प्रतिभा माली र सरस्वती चौधरीले

खेलकुद, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

“न्हयगांया जात्रा”किर्तिपुरमा विमोचन

 Maharjan Ratna

काठमाडौं/ काठमाडौंको दक्षिण पश्चिम भेगमा न्हयगांया जात्राको नामले प्रसिद्ध रहेको सात गाउँको जात्रा हुँदैछ । यसै अवसरमा मंसिर १४ गते शनिबार किर्तिपुरमा लोककवि राजभाइ जक:मिको लेखनमा रहेको न्हयगांया जात्रा नामक गीति अल्बमको विमोचन गरिएको छ । जनकवि दुर्गालाल श्रेष्ठको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा बिबिध सांस्कृतिक प्रदर्शन पनि गरिएको थियो । जनकवि दुर्गालाल श्रेष्ठ ,किर्तिपुर नगर पालिकाका नगर प्रमुख रमेश महर्जन्, पूर्वमन्त्री दिलिप महर्जनले न्हयगांया जात्रा विमोचन गर्नुभएको हो । रिता महर्जनको संगीत रहेको उक्त अल्बममा १० वटा फरक स्वादका गीतहरु समावेश गरिएका छन् ।किर्तिपुरमा आयोजना गरिएको यस कार्यक्रममा सबैलाई

कला/मनोरंजन, मुख्य समाचार, राष्ट्रिय, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

घरेलु मैदानमा आशा धेरै

 Maharjan Ratna

पछिल्ला केही महिना नेपाली खेलाडी कडा प्रशिक्षणमा छन् । २१ खेलका टोली त प्रशिक्षणका लागि विदेश नै लागे । केही खेलका लागि नेपालमै विदेशी प्रशिक्षक बोलाएर अभ्यास अगाडि बढाइयो । यो तामझामको उद्देश्य हो, आइतबारदेखि नेपालमै सुरु हुन लागेको १३औँ दक्षिण एसियाली खेलकुदमा धेरैभन्दा धेरै पदक जित्ने । यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले प्रशिक्षणमा मात्रै ४५ करोड रुपियाँ खर्चिएको छ । घरेलु मैदानमा साग प्रतियोगिता हुने भएकाले यसपालि नेपालबाट धेरै पदकको अपेक्षा गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले त नेपालले ५० स्वर्णपदक जित्ने दाबी नै गरिसक्यो । आयोजकको नाताले नेपाली

खेलकुद, विचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

टिष्टुङ बज्रबाराही १२ वर्षे देवीगण नाच हनुमान ढोकामा

 Maharjan Ratna

काठमाडौं, मङ्सिर १४ गते । प्राचीन टिष्टुङ बज्रबाराही माईको १२ वर्षे देवीगण नाच हनुमान ढोका दरबार अगाडी  प्रदर्शन गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी थाहा नगरपालिकाको सहयोगमा यस नाचलाई वसन्तपुरमा प्रदर्शन गरिएको हो । देवीगण नाचमा श्रीकुमारी, इन्द्रायणी, बाराही, गणेश, महादेवलगायतका नाचहरु प्रदर्शन हुने जानकारी टिष्टुङ बज्रबाराही माईको १२ वर्षे देवीगण नाच व्यवस्थापन समितिका सदस्य रामेश्वर महर्जनले जानकारी दिनुभयो । खिं बाजाको विभिन्न शुर तालमा गीतसहित नाच प्रदर्शन गरिएको थियो । महर्जनका अनुसार लिच्छवीकालीन यस नाचलाई टिष्टुङसहित पालुङलगायत मकवानपुर जिल्लाका नेवार बस्तीहरुमा प्रर्दशन गर्न बाँकी रहेको

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

लोककवि जक:मिया “न्हयगां जात्रा” मेचा: पिहां वइगु

 Maharjan Ratna

यें/लोककवि राजभाई जक:मिया “न्हयगां जात्रा” म्येचा: पिहां वइगु जूगु दु । येंया दक्षिण भेगय् ला:गु किपू देय् लिसें दक्षिण पश्चिम भेगया न्हयगां जात्राया लसताय् मंसीर १४ गते शनिवाः लोककवि राजभाई जकःमिया च्वसां पिज्वःगु व संगीतकःमि रीता महर्जनं लसय् हनादीगु थीथी सवा:या म्ये दुथ्याःगु म्येचाः ‘न्हयगां जात्रा’ विमोचन जुइगु जूगु दु । मन्दः फल्चा अमल्सि खल:या ग्वसालय् जुइगु उगु ज्याझ्वलय् मूपाहाँ कथं जनकवि दुर्गालाल श्रेष्ठ झायादीगु अले वय्कलं हे उगु म्येचाः उलेज्या यानादीगु जानकारी ग्वसाः खलकं ब्यूगु दु । किपूया नगरमण्डप श्रीकीर्ति विहारय् ज्याझ्व: जुइ । उगु ज्याझ्वलय् ग्वसा:खल: मन्दः फल्चा

कला/मनोरंजन, नेवाःख्यः, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ