• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 05, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सम्पदा/संस्कृति

पनौती विश्व सम्पदामा सूचीकृत हुने


सुभाय् संवाददाता December 2, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काभ्रे । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ ।

युनेस्कोद्वारा प्रस्तावित पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने काम तीव्र गतिमा अघि बढिरहेकोसमेत नगरपालिकाले जनाएको छ ।

पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य अघि बढाइएपछि युनेस्कोका नेपाल प्रतिनिधि क्रिष्टियन मनहर्टले हालै पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको अवलोकन गर्दै पनौती नगर विश्वसम्पदामा सूचीकृत हुन सक्ने बताएका थिए ।

यहाँका मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न तयार भएको मनहर्टले बताएकाे नगरप्रमुख भीम न्यौपानेले जानकारी दिए । उनले भने, “हामी सूचीकृत हुने तयारीमा छौँ, चालू आर्थिक वर्षमा यसका लागि बजेटसमेत विनियोजन गरेका छौँ ।”

नगरले चालू आवमा विश्व सम्पदामा सूचीकृत गराउन रु एक करोड बजेट छुट्याएको छ । “पनौतीलाई अझ सम्पदाजन्य बनाउन अहिले आएको गुरुयोजनाअनुसार तत्काल काम सुरु हुनेछ । यहाँका पाटीपौवा, सत्तल, मन्दिर र घरहरुलाई परम्परागत शैलीमा समृद्ध बनाइनेछ”, प्रमुख न्यौपानेले भने।

सूचीकृतको यस प्रक्रियामा आफूद्वारा पुनःनिर्माण गर्ने ७२ वटा मौलिक नेपाली घरको विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर०समेत स्थानीय आरपी फाउण्डेशनले नगरलाई हस्तान्तरण गरिसकेको छ । “यहाँ विकासका नाममा नचाहिँदो होड र प्रतिष्पर्धा देखिएको छैन, जिर्णोद्धार र पुनःनिर्माण पनि सम्पदाको माया गरेरै अघि बढेको अवस्थामा छ”, फाउण्डेसनका संस्थापक सम्पदाविद् रविन्द्र पुरीले भने, “पनौतीलाई जोगाउन र चिनाउन त्यति धेरै मिहिनेत गर्नुपर्दैन भन्ने लागेको छ ।”

१२ वर्षे कुम्भ मकर मेला(आउँदो २०७८ साल) अगावै विश्व सम्पदामा सूचीकृत भइसक्ने नगरप्रमुख न्यौपानेले बताए । “हामी सूचीकृतको करिब अन्तिम चरणमा पुगेका छौँ, सकेसम्म छिट्टै सूचीकृत हुने नेपालस्थित युनेस्को निकायले आश्वासन दिएको छ”, उनले भने । उनका अनुसार नपाले हाल सांस्कृतिक पर्यटन विकासका लागि कलात्मक काठ बनाउने तालीम, होमस्टे (घरवास) सञ्चालन र पुरातात्विक सम्पदाको संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

काभ्रेपलाञ्चोकको पनौती विश्व सम्पदामा सूचीकृत भएपछि ‘पनौती युनेस्को विश्व सम्पदा क्षेत्र’ भनिने छ । युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने (जस्तैः वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा शहर)धरोहरलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ । जुन विश्व सम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ र यसै समितिले यस सम्पदा क्षेत्रलाई रेखदेख युनेस्कोको तत्वावधानमा गर्दछ ।

पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । युनेस्कोको नेपालस्थित निकायले २०५२ सालमै पनौतीलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्व सम्पदामा सूचीकृत गर्न प्रस्ताव गरेको थियो । त्यसयता सरोकारवालाको बेवास्ताले सूचीकृतको काम अन्यौलमा रहेको नगरप्रमुख न्यौपानले बताए । पुरातत्व विभागद्वारा हाल पनौती नगरका ए्तिहासिक मठमन्दिर तथा पुराना कलात्मक शैलीका घरको पुनःनिर्माण भइरहेको छ ।

पनौती नपाको वडा नं ५, ६ र ७ नम्बरमा १०० भन्दा बढी ऐतिहासिक मठमन्दिर, पाटी, पौवा रहेका छन् । फ्रान्स सरकारको सहयोगमा २०४८ सालदेखि २०५५ सालसम्ममा ती मठमन्दिर, पाटी, पौवाको मर्मत एवं जीर्णोद्धार गरिएको थियो ।

पुरातत्व विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । जसमा काठमाडौँ उपत्यका (उपत्यका सात क्षेत्र काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भू, बौद्ध ,र चाँगुनारायण मन्दिर), चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् । नेपालले हालसम्म पनौतीसहित १५ वटा ऐतिहासिक एवं पर्यटकीयस्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्को समक्ष प्रस्ताव गरेको छ । रासस

सम्बन्धित पोस्ट
  • नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!
  • त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ
  • मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :
  • रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    सुभाय् पोस्ट बिशेष

    नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑