• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / अन्तर्राष्ट्रिय

पहिलो दिनमा १५ स्वर्ण जित्यो नेपालले


सुभाय् संवाददाताDecember 2, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १३ मिनेट

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटनको दोस्रो दिन खेलको पहिलो दिन आज सोमबार २४ स्वर्णको प्रतिस्पर्धामा  १५ स्वर्ण  नेपालले जितेको छ  ।
नेपाललाई कराँते र तेक्वान्दोले ७–७ स्वर्ण दिलायो । ट्रायथोलनमा पनि नेपालले एक स्वर्ण जितेको छ । यस्तै कराँतेमा २ र तेक्वान्दोमा १ रजत जितेको नेपालले तेक्वान्दोमा ३ र ट्रायथलनमा १ कास्य पदक पनि जितेको छ ।
सोमबार कराँतेका मण्डेकाजी श्रेष्ठ विप्लव श्रेष्ठ ,
तेक्वन्दोकी आयशा शाक्यले २-२ स्वर्ण जितेका छन् ।

आयशा शाक्य – स्वर्ण बिजेता

मण्डेकाजी श्रेष्ठ एकल काता र समूह काताका स्वर्ण बिजेता

ट्रायथलनका स्वर्ण बिजेता सोनी गुरुङल

संवरण बिजेता बिप्लब श्रेष्ठ र अन्तर्राष्ट्रिय रेफ्री राजु महर्जन

बिस्तृतमा समाचार
सागको औपचारिक उद्घाटन भएको भोलीपल्ट १२ विधाको खेल भएकोमा नेपालले कराँते र तेक्वान्दोबाट मात्र १४ स्वर्ण जितेको छ ।
सातदोबाटोस्थित खेलकुद परिसरमा सम्पन्न कराँते र तेक्वान्दो गरी दुई विधामा नेपालले सामान सात सात स्वर्ण पद जित्यो । त्यसैगरी, पोखरामा सम्पन्न ट्रायथलनबाट एक गरी नेपालले पहिलो दिन १५ स्वर्ण हात पारेको हो । करातेको एकल कातातर्फ मण्डेकाजी श्रेष्ठले पाकिस्तानका नियमतुल्लाहलाई पराजित गरी स्वर्ण पदक जित्नुभयो । श्रेष्ठले २६.७२ अङ्क प्राप्त गर्दा पाकिस्तानी खेलाडी नियमतुल्लाहले २४.९२ अङ्क पाउनुभयो । उहाँले पुरुष एकल काता तर्फ जित्नुभएको स्वर्ण नै नेपालको लागि तेह्रौं सागमा पहिलो स्वर्ण पदक बन्न पुग्यो ।
तर तेह्रौं सागको पहिलो स्वर्ण भने पाकिस्तानका खेलाडी साहिदाले हात पार्नुभयो । उहाँले कराँतेको व्यक्तिगत् कातामा नेपालकी चञ्चला दनुवारलाई पराजित गर्नुभयो । चञ्चलाले भने पहिलो रजत दिलाएर तेह्रौं सागमा नेपाललाई पहिलो पदक दिलाउनुभयो ।
कराँते टिम काता पुरुष समूहबाट मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रवीण मानन्धर र महिला समूह काता तर्फ निर्मला तामाङ, संगिता मगर र सरु कार्कीले स्वर्ण पदक दिलाउनुभयो । कराँते तौल समूह तर्फ नेपालले चार स्वर्ण जित्यो । कराँते ५५ किलो तौल समूह लक्ष्मण तामाङले स्वर्ण जित्नुभयो । ८४ किलो माथिको विधामा विप्लवलाल श्रेष्ठ, ४५ किलो मुनिमा कुसुम खड्का र ५० किलो मुनि विधामा अनु अधिकारीले स्वर्ण जित्नुभयो ।
तेक्वान्दो पुम्से अन्तगर्त २३–२९ वर्ष उमेर समूहमा कमल श्रेष्ठ, १७–२३ वर्ष उमेर समूहमा सिना मादेन लिम्बु, २३–२९ वर्ष समूहमा पार्वती गुरुङ र २९ वर्षमाथिको उमेर समूहबाट आयशा शाक्यले एक एक गरी चार स्वर्ण जित्नुभयो ।
तेक्वान्दो पुम्से अन्तगर्त २९ वर्षमाथिको संयुक्त समूहमा आयशा शाक्य र सञ्जिवकुमार पाण्डे, महिला समूहमा १७–२३ वर्ष उमेर समूहमा निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमिल्सिनाले र २३–२९ वर्ष उमेर समूहतर्फ निता गुरुङ, प्रशंसा क्षेत्री र सुसिला राईले स्वर्ण पदक जित्नुभयो ।
पोखराको लेकसाइडमा सम्पन्न ट्रायथलनमा सोनी गुरुङले स्वर्ण पदक दिलाउनुभयो ।

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑