भारतको बिहारमा एकै परिवारका ११ जनामा कोरोना पोजिटिभ

 Maharjan Ratna

पट्ना/भारत बिहार राज्यको सीवान रघुनाथपुरस्थित पंजवार गाउँमा बसोबास गर्ने एकै परिवारका ११ जना सदस्यमा कोरोना पोजिटिव देखिएपछि निकै तनाव देखिएको छ । ओमानबाट फर्केका एक सदस्यका कारण परिवारमा कोरोनाको संक्रमण भएको बताइएको छ । सीवानमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नीतीश कुमारको प्रदेश सरकार पनि सक्रिय भएको र लकडाउनलाई कडा बनाउन आदेश दिएको बताइएको छ । त्यहाँको प्रशासनले सम्पर्कमा आएका ब्यक्तिको खोजी सुरु गरेको बताइएको छ । यसैबीच पंजवारको स्थितिलाई हेरेर सीवानका डीएम अमित कुमार पांडेयले कडाइका लागि सबै अधिकारीसँग कुरा गरेको र गाउँमा ड्रोन क्यामराले निगरानी राखिरहेको बताइएको छ

अन्तर्राष्ट्रिय, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

यसरी उल्टियो डेढ घण्टामै उच्चस्तरीय समितिको काठमाडौं बाहिर जान दिने निर्णय 

 Maharjan Ratna

बिनु सुवेदी काठमाडौं र आसपासका जिल्लामा अड्किएका व्यक्तिहरूलाई गृह जिल्ला पठाउने निर्णय एक घण्टा पनि टिकेन काठमाडौँ — ‘काठमाडौंसहित आसपासका ठाउँमा ज्याला मजदुरी गर्ने नागरिक यता टिक्नै नसक्ने अवस्था आएको भन्दै सिरहा–सप्तरीसम्म हिँडेरै गएको फोटो र भिडियो हेरेपछि प्रधानमन्त्रीज्यू चिन्तित हुनुभएको छ,’ कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसहित केही मन्त्रीको बिहीबार दिउँसो बसेको बैठकमा कुरा उठ्यो । निकैबेर छलफल गरेपछि बैठकमा सहभागी मन्त्रीहरूले काठमाडौंमै अड््किएर अप्ठ्यारोमा परेका नागरिकलाई गृह जिल्ला फर्काउने चाँजोपाँजो मिलाउने र त्यसको व्यवस्थापन गृह र भौतिक पूर्वाधार एवं यातायात मन्त्रालयले गर्ने निर्णय गरे

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको प्रभावकारी औषधि पत्ता लागेको दाबी

 Maharjan Ratna

काठमाडौं। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको उपचारका लागि प्रभावकारी हुने औषधि पत्ता लागेको दावी गरेका छन्। व्हाइटहाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले औषधि उत्पादक कम्पनी फाइजरले कोरोनाभाइरसको संक्रमण फेरि फैलिन नदिन प्रभावकारी हुने औषधि उत्पादन गरेको बताएका हुन्। औषधिको मानिसमा परीक्षण हुन बाँकी रहेको र चाँडै मानवीय परीक्षण गरिने जानकारी ट्रम्पले दिएका छन्। ट्रम्पले अहिले त्यसको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले परीक्षण गरिरहेको पनि भनेका छन्। कोरोनाभाइरसको संक्रमण निको भएकामा फेरि संक्रमण फैलिएका भने चिन्तामा परेकाहरुलाई यो खुशीको खबर हो। ट्रम्पले कोरोनाभाइरसको उपचारमा मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीन प्रभावकारी हुने

अन्तर्राष्ट्रिय, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कोरोना संक्रमण न्यूनीकरण ,राहत वितरण लगायत विषयमा केन्द्रित हुँदै काठमाडौ महानगरको कार्यपालिका बैठक सम्पन्न

 Maharjan Ratna

काठमाडौँ । काठमाडौ महानगर पालिकाको ४४ औं बैठक चैत २७ गते काठमाडौंको राष्ट्रिय सभा गृहमा सम्पन्न भयो । बैठकले विश्वव्यापी रुपमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि महानगरबाट भएका काम र राहत वितरणको अवस्थाको समीक्षा गरेको थियो । यसभन्दा अगाडि आकस्मिक रुपमा बसेको कार्यपालिकाको ४३ औं बैठकले राहत वितरण गर्ने लगायत विभिन्न निर्णयहरु गरेको थियो ।मेयर बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकमा उनले विभिन्न वडाहरुबाट प्राप्त विवरणका बारेमा जानकारी गराउँदै क्वारेन्टाइन व्यवस्थापन, अस्थायी तरकारी बजार व्यवस्थापन, बिदेशबाट आएर काठमाडौंमा बसोबास गरिरहेका व्यक्तिको स्वाब परीक्षणको योजना भइरहेको बताउँदै कोरोनाको सम्भावित जोखिमबाट

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

संघीय सरकारद्वारा प्रदेश सरकारको दबाबपछि निर्णय फिर्ता ,भोलि र पर्सि उपत्यका बाहिर जान नदिइने

 Maharjan Ratna

काठमाडौं / काठमाडौं लकडाउनको बेला काठमाडौं उपत्यकाका आप्रवासीहरु जो उपत्यका बाहिर जान चाहन्छन् ऊनीहरुलाई गाउँ जान दिने निर्णय गरेको डेढ घन्टामा सरकार पछि हटेको छ । प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकारले उक्त निर्णय फिर्ता लिएको छ । कोरोना भाइरस -कोभिड-१९को सक्रमण फैलिन नदिन सरकारले ११ चैतदेखि लकडाउन गरेको छ । लकडाउन वैशाख ३ सम्म लम्बिएपछि मानिसहरु हिँडेर समेत घर जान थालेका छन् । त्यसलाई हेरेर सरकारले उपत्यकाबाट गाउँ जान दिने तयारी गरेको थियो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरोकारबाला मन्त्रीहरुलाई बोलाएर उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं बाहिर जान दिन भोलि र पर्सि दुई दिन खुला गर्ने निर्णय

 Maharjan Ratna

काठमाडौं बाहिर जान दिन दुई दिन खुला गर्ने विषयमा छलफल, निर्णय हुन बाँकी काठमाडौं / सरकारले लक डाउनमा काठमाडौंमा रोकिएका व्यक्तिलाई काठमाडौं बाहिर जान चाहनेलाई भोलि र पर्सि दुई दिन खुला गर्ने निर्णय  गरेकोे छ । उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड १९ संक्रमण तथा रोकथाम उच्चस्तरीय समितिमा भोलि र पर्सि दुई दिन खुला गरी के कसरी जान दिने भन्ने मोडालिटीमा छलफल भई निर्णय भएको समिति सम्बद्ध स्रोतले बताएकाे छ ।  राजधानीबाट धेरै मजदुर तथा निम्न आय भएका व्यक्ति हिँडेरै बाहिर जान थालेपछि समितिले यो निर्णय गर्ने तयारी गरेको हो

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

लकडाउन खुलेसँगै खुल्यो वुहान , ११ सातापछि फेरियो वुहानको मुस्कान

 Maharjan Ratna

एजेन्सी – कोरोना भाइरसको महामारी फैलिएपछि चिनियाँ शहर वुहानमा दुई महिना भन्दा बढी घरभित्रै बस्न बाध्य टोङ झेङकुन बुधबार ७६ दिनको लकडाउन खुलेसँगै सडकमा निस्किएका लाखौं चिनियाँमध्ये एक थिए। ‘म ७० दिनभन्दा बढी समयदेखि घरबाहिर निस्किएको थिइन’, शहरको मध्यभागबाट बग्ने विशाल याङ्जी नदीको पुलबाट शहरको झिलिमिली नियाल्न आइपुगेका झेङकुनले भावुक हुँदै भने, ‘यति धेरै दिन घरभित्र बस्दा म पागलझैं भएको थिएँ।’ झण्डै १ करोड १० लाख मानिसको बसोबास रहेको वुहानका सडकहरू एकाएक सवारी साधनले भरिएका थिए भने विमानस्थल, रेल र बस स्टेशनहरूमा लामालामा लाइन देख्न सकिन्थ्यो। वुहानबाट आफ्ना घर फर्कन

अन्तर्राष्ट्रिय, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?