• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 25, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / अन्तर्राष्ट्रिय

लकडाउन खुलेसँगै खुल्यो वुहान , ११ सातापछि फेरियो वुहानको मुस्कान


सुभाय् संवाददाताApril 8, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

एजेन्सी – कोरोना भाइरसको महामारी फैलिएपछि चिनियाँ शहर वुहानमा दुई महिना भन्दा बढी घरभित्रै बस्न बाध्य टोङ झेङकुन बुधबार ७६ दिनको लकडाउन खुलेसँगै सडकमा निस्किएका लाखौं चिनियाँमध्ये एक थिए। ‘म ७० दिनभन्दा बढी समयदेखि घरबाहिर निस्किएको थिइन’, शहरको मध्यभागबाट बग्ने विशाल याङ्जी नदीको पुलबाट शहरको झिलिमिली नियाल्न आइपुगेका झेङकुनले भावुक हुँदै भने, ‘यति धेरै दिन घरभित्र बस्दा म पागलझैं भएको थिएँ।’
झण्डै १ करोड १० लाख मानिसको बसोबास रहेको वुहानका सडकहरू एकाएक सवारी साधनले भरिएका थिए भने विमानस्थल, रेल र बस स्टेशनहरूमा लामालामा लाइन देख्न सकिन्थ्यो। वुहानबाट आफ्ना घर फर्कन चाहने तथा अन्यत्रै काम गर्ने हजारौं मानिस सबेरै यहाँ भेला भएका थिए। सडकका ठाउँठाउँमा राखिएका पहेँला अवरोधहरू हटाइएका थिए। यद्यपि आवासीय घरहरुका ढोकामा सुरक्षा पहरा अझै राखिएको छ।
शहरमा भाइरसको प्रकोप बढेसँगै अस्पतालमा मानिसको भिड देखिन थालेपछि जनवरी २३ देखि वुहानमा लकडाउन सुरू भएको थियो। विद्यालयहरू अझै बन्द छन्, भवनमा प्रवेश गर्नेक्रममा सबै मानिसको शरीरको तापक्रम जाचिन्छ र मास्क लगाएर मात्र खुला ठाउँमा जान कडा नियमहरु जारी गरिएका छन्। शहरको नेतृत्वले सामाजिक र व्यावसायिक जीवन फिर्ता ल्याउने सन्दर्भमा कोरोना भाइरसको दोस्रो संक्रमणको खतरालाई विचार गरेको बताएका छन्। तैपनि, यात्रा गर्न पाउनु पनि ठूलो राहत हो।
विमान र रेलद्वारा बुधबार मात्र ६५ हजार भन्दा बढी मानिस आआफ्ना गन्तव्यतर्फ लाग्ने अपेक्षा गरिएको छ। वुहानका बासिन्दाहरूलाई अब कुनै आधिकारिक अनुमति बिना यात्रा गर्न पाउने छुट दिइएको छ तर सबैले मोबाइलमा स्वास्थ्य विवरण अनिवार्य रुपमा अद्यावधिक गर्नु पर्नेछ। यसबाट व्यक्तिको पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा जानकारी प्राप्त गर्न र अनुगमन गर्न सरकारी निकायहरुलाई सहज हुनेछ।
लकडाउन खुलेसँगै पुल, सुरुङ र राजमार्गका टोल बुथहरूमा सवारी साधन र मानिसको भिड देखिन केही समय लागेन। मानिसहरु घुम्न, बाहिर निस्कन र शहर छाड्न कति आतुर थिए भन्ने यसैबाट देखिन्थ्यो। जिल्ला प्रहरी प्रमुख यान सियाङशेङका अनुसार करिब एक हजार सवारी साधन त मध्यरातमा वुहानको सिमानाको व्यस्त राजमार्ग टोल बुथबाट बाहिरिएका थिए।
विमानस्थलका अधिकारी लोउ ग्वेइका अनुसार एमयु२५२७ ले उहान तियान्हे अन्तर्राष्ट्रिय एयरपोर्टबाट बिहान ७:२५ बजे नै हैनान प्रान्तको तटीय शहर सान्याका लागि पहिलो उडान भरेको थियो। यो शहर समुद्री बीचहरुका लागि प्रख्यात छ। चालक दलले उडान अवधिभर चश्मा (गगल्स), मास्क, र पञ्जा लगाउने भएका छन्।
चीनमा भेटिएका कूल संक्रमितमध्ये यही शहरमा मात्र ८२ हजारभन्दा बढी हुनुका साथै ३ हजार ३०० भन्दा बढीको मृत्यु भएको थियो। यहाँ नयाँ संक्रमितको संख्या निरन्तर घट्दै गएको छ। सरकारले बुधबार शहरमा कुनै नयाँ घटना नदेखिएको जनाएको छ। कोरोनाभाइरस सम्बन्धी चीनको गणनाको सत्यताका बारेमा प्रश्नहरू गरिए पनि वुहान र हुबेको अभूतपूर्व लकडाउन सफल भएको छ र यही विधि विश्वका अन्य देशले पनि अपनाउन थालेका छन्। ‘वुहानका मानिसहरूले धेरै नै संकट झेले र उनीहरुमा मानसिक र मनोवैज्ञानिक असर पनि परेको थियो’, स्थानीयबासी झाङ सियाङले भने, ‘वुहानका मानिसहरु आफ्नो दृढ इच्छाका लागि अब विश्वभर नै चिनिने भए।’
लकडाउनको अवधिमा वुहानका बासिन्दाहरूले खाना किन्न वा बिल्कुलै आवश्यक मानिने अन्य कार्यहरूमा भाग लिन मात्र आफ्नो घर छोड्न पाउँथे। केहीलाई शहर छोड्न अनुमति दिइएको थियो। तर, उनीहरूसँग कोरोना संक्रमण नभएको बलियो प्रमाण हुनु आवश्यक थियो। उनीहरुले कहाँ र किन जान लागेको भन्ने सरकारी प्रमाण पनि साथमै राख्नु पर्दथ्यो।
हुबे प्रान्तकै अन्य भागका बासिन्दाहरूलाई तीन साता पहिले वुहानबाट बाहिर जान खुला गरिएको थियो। तर, उनीहरुले पनि आफू स्वस्थ रहेको प्रमाण पेश गर्नु पर्ने व्यवस्था गरिएको थियो। शहर छोड्ने मानिसहरूले अन्तिम गन्तव्यमा पुग्नेक्रममा धेरै किसिमका चुनौती पार गर्नुपर्ने हुन्थ्यो। जस्तै १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने तथा न्यूक्लिक एसिड परीक्षण गर्नु पर्दथ्यो।
वुहान शहर ठूलाठूला उद्योगका लागि प्रमुख केन्द्र हो। विशेषगरी सवारी साधन यहाँ उत्पादन हुने गर्दछन्। धेरैजसो प्रमुख प्लान्टहरुले उत्पादन पुनः सुरु गरेका भए पनि धेरै मानिसलाई रोजगारीको अवसर सिर्जना गर्ने साना र मझौला व्यवसायहरू संघर्षरत छन्। किनभने यस्ता उद्यमका उत्पादनको माग अहिले ह्वात्तै घटेको छ। वुहान नगर सरकारका अनुसार यस्ता उद्यम व्यवसायका लागि सरकारले २० अर्ब युआन (२ अर्ब ८० करोड डलर) को प्राथमिकता प्राप्त ऋणको व्यवस्था गरेको छ।
साभार
https://www.itv.com/news/2020-04-07/how-life-in-wuhan-is-returning-to-normal-after-coronavirus-lockdown-lifted/

सम्बन्धित पोस्ट
  • काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका
  • कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन
  • रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    सुभाय् पोस्ट बिशेष

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑