• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / उपत्यका

कोरोना संक्रमण न्यूनीकरण ,राहत वितरण लगायत विषयमा केन्द्रित हुँदै काठमाडौ महानगरको कार्यपालिका बैठक सम्पन्न


सुभाय् संवाददाताApril 9, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौँ । काठमाडौ महानगर पालिकाको ४४ औं बैठक चैत २७ गते काठमाडौंको राष्ट्रिय सभा गृहमा सम्पन्न भयो ।
बैठकले विश्वव्यापी रुपमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि महानगरबाट भएका काम र राहत वितरणको अवस्थाको समीक्षा गरेको थियो । यसभन्दा अगाडि आकस्मिक रुपमा बसेको कार्यपालिकाको ४३ औं बैठकले राहत वितरण गर्ने लगायत विभिन्न निर्णयहरु गरेको थियो ।मेयर बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकमा उनले विभिन्न वडाहरुबाट प्राप्त विवरणका बारेमा जानकारी गराउँदै क्वारेन्टाइन व्यवस्थापन, अस्थायी तरकारी बजार व्यवस्थापन, बिदेशबाट आएर काठमाडौंमा बसोबास गरिरहेका व्यक्तिको स्वाब परीक्षणको योजना भइरहेको बताउँदै कोरोनाको सम्भावित जोखिमबाट बच्न र बचाउन यस अघि गरिएका नीतिगत व्यवस्था प्रभावकारी कार्यान्वयनका लागि सबैसँग आग्रह गरे ।
“संघ सरकार, प्रदेश सरकार, बिभिन्न मन्त्रालय र महानगरले कोरोना भाइरसको संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि गरिएको व्यवस्थालाई वडाको एकद्वार नीति अन्तर्गत गर्नुपर्छ । अहिले जटिल परिस्थिति छ । यसलाई मिलेर सामना गर्नुपर्छ मेयर शाक्यले भनेब। घर हुने वा नहुने, कोठा भाडामा बस्ने वा घर भएका जो कोहि होस् राहत लिनेको अवस्था साँच्चै खान नसक्ने नै छ त? वडाले निर्णय गर्नुपर्छ । तर कोहि भोकै रहन दिनु हुन्न । ” मेयर शाक्यले भने । सर्वदलीय निर्णय, स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरीसँगको सहकार्यमा स्थानीय क्लव तथा संघ संस्थालाई तालिकाबद्ध परिचालन गरेर राहत बाँड्न पनि उनले अनुरोध गरे ।
उपमेयर  हरिप्रभा खड्गीले बहाल उठाएर जीवन चलाउनेहरु पनि समस्यामा पर्न थालेका बताउँदै बहाल दिनेले दिन नसकेपछि उनीहरुको खाने बाटो नै छुटेकोले यसमा पनि ध्यान पुर्‍याउनु बताए । अहिले प्राप्त भएका तथ्याङ्क अद्यावधिक गरेर आउँदा दिनमा योजना तर्जुमाका लागि उपयोग गर्नुपर्ने उनको धारणा रहेको  थियो ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले अहिले महानगरको प्राथमिक काम भनेकै कोरोनाको संक्रमण रोकथाम र नियन्त्रण गर्नु हो भने ।
बैठकमा वडा ३ का अध्यक्ष दीपक के. सी., ४ का अध्यक्ष मोहन विष्ट, १० का अध्यक्ष रामकुमार के. सी, ११ का अध्यक्ष हीरालाल तण्डुकार, १२ का अध्यक्ष बिकास डंगोल, १३ का अध्यक्ष ध्रुवनारायण मानन्धर, १४ का अध्यक्ष शोभा सापकोटा, १५ का अध्यक्ष तथा महानगरका प्रवक्ता ईश्वरमान डंगोल, १७ का अध्यक्ष नविन मानन्धर, १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन, २२ का अध्यक्ष चिनीकाजी महर्जन, वडा २५ का अध्यक्ष नीलकाजी शाक्य र कार्यपालिका सदस्य हीरादेवी पोखरेलले राहत वितरण लगायत विविध विषयमा कुरा राखेका थिए ।
महानगरका जन प्रतिनिधि र कर्मचारी समेत जोखिममा रहेको विवरण लिन राहत सामान वितरण गर्न आफै खटिनुपर्छ । यस प्रक्रियामा आफैं पनि सुरक्षित हुन सकिएका कि नसकिएला जोखिम रहेको कुरा पनि बैठकमा उठेको थियो । मौकाको फाइदा उठौँदै राहत माग गर्दै विभिन्न वडा पुगिरहने एक समूह नै बनेको छ , यसकार्य नियन्त्रण गर्न स्पष्ट अभिलेख राख्ने कुरामा ध्यान दिनुपर्ने कुरा पनि उठेको थियो ।
आजको बैठकले सडक निर्माण सामाग्रीको दर रेटलाई सडक बिभागको दर रेटसँग समान बनाएको छ । यस अघि महानगर र सडक बिभागको दररेट फरक—फरक थियो ।
राहततर्फ बुधरबारसम्ममा महानगरको आन्तरिक स्रोतबाट वडामार्फत २४ हजार ३१९ जनालाई र वाह्य श्रोतबाट ६ हजार ८६५ गरी ३१ हजार १८४ जनालार्य राहत वितरण गरिसकेको र यस अवधिमा ३७ हजार ७९० जनाले राहत लिनका लागि वडा कार्यालयहरुमा विवरण बुझाइसकेका प्रशासन बिभागका प्रमुख नमराज ढकालले जानकारी दिए ।

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती
  • लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑