Maharjan Ratna
भुटानले आफ्नो कलाकार लिन नेपालमा चार्टर्ड प्लेन पठायो
Maharjan Ratna
काठमाडौं /भुटानले आफ्ना देशका नेपालमा रहेका कलाकार लिन त्यहाँको सरकारी बिमान सेवा ड्रुक एअरको चार्टर्ड हवाईजहाज पठाई भुटानी अभिनेत्री उगेन छोदेन र एक अर्का भुटानीलाई आफ्नो देश फिर्ता लिएर गएको छ । अभिनेत्री छोदेन दिपेन्द्र लामाको नेपाली फिल्म ‘२ नम्बरी’मा अभिनय गर्न ८० दिनअघि काठमाडौं आएकी थिइन् ।लकडाउनका कारण अप्ठ्यारोमा परेको बेला भुटानले यस्तो उदाहरणीय काम गरेको छ । उगेनलाई लिन शनिवार बिहान भुटानबाट त्यहाँको सरकारी विमानसेवा ड्रुक एयरको एटिआर विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको थियो । काठमाडौंबाट बिहान ९:०० बजे उगेन र अर्का एकजना भुटानी नागरिक लिएर विमान





