• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 08, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

र्‍यापिड डाइगोनोसिस टेस्ट (आरडीटी)मा पोजिटिभ देखिएकाहरुको पीसीआर रिपोर्ट नेगेटिभ ,आरडीटी पोजिटिभ आउँदैमा भयभीत हुनुभएनः डा पाण्डे


सुभाय् संवाददाता April 15, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं / कोरोना संक्रमणको टेस्टलाई लिएर अझै ढुक्क हुन सक्ने स्थिति छैन । आरडीटीमा पोजिटिभ देखिएका स्वाब टेस्टमा नेगेटिभ देखिएका छन् । त्यसैले रिजल्ट निर्क्यौल गर्न दुबै टेस्ट नै गर्नुपर्ने पो हो कि आशंका गर्न थालिएको छ । उता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले भने कुनै व्यक्तिमा कोरोनाको र्‍यापिड डायग्‍नोस्टिक टेस्ट (आरडीटी) पोजिटिभ आउँदैमा भयभीत हुनुनपर्ने बताएका छन् । यसबारे थप हामी तल पढ्नेछौं ।
सप्तरीमा २ हप्ता अघि भारतको दिल्लीस्थित निजामुद्दिनबाट आएर आफ्नै घरमा बसिरहेका ७ जनालाई मंगलबार खोजी गरी आरडीटी परिक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइयो
अस्पतालमा आरडीटी परिक्षण गरियो । २ जनाको रिपोर्ट पोजिटिभ आएपछि सातैजनाको स्वाब संकलन गरी थप परिक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइयो। धरानमा भएको पीसीआर परिक्षणमा सबैको रिर्पोट नेगेटिभ आयो गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए।
आरडिटी परिक्षणमा सप्तरीको तिलाठी कोईलाडीका एकजना र खडग नगरपालिकाका १ जनामा पोजिटिभ रिपोर्ट आएपछि उनीहरुको घर रहेको बस्ती बुधबार बिहानबाट सिल गरिएको थियो। यसैबीच मंगलबार आरडीटी परिक्षण गरिएका ७ जनासँगै दिल्लीको तवलिकी जमातबाट आएका अर्का एकजना र अन्य दुईजनाको बुधबार गजेन्द्रनारायण सिंह अस्पतालमा र्‍यापीड डायग्नोस्टिक टेस्ट गरियो , रिर्पोट नेगेटिभ आयो ।
र्‍यापिड डायग्नोष्टिक टेस्ट किटबाट गरिएको परीक्षण (आरडीटी) मा पोजिटिभ देखिएका गोरखा आरुघाटका एक युवाको स्वाब परीक्षण गर्दा नेगेटिभ आयो ।
आरुघाट ५ का ३१ वर्षीय युवकको बुधबार पोखरा स्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कोरोना नभटिएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.बिनोदबिन्दु शर्माले उनमा कोरोना संक्रमण नभेटिएको बताए । फागुन २३ मा बहराइनबाट आएकायुवाकाे मंगलबार आरुघाटमा गरिएको आरडिटीमा पोजिटिभ देखिएको थियो ।

र्‍यापिड डाइग्नाेस्टिक टेष्टमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएका काभ्रेका दुई जना युवाको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको छ। भारतबाट गत चैत ९ गते नेपाल आएका काभ्रेको बेथानथोक गाउँपालिका–५ का २८ वर्षीय युवा र दुबईबाट आएका मण्डनदेउपुर नगरपालिका–३ का युवामा मंगलबार गरिएको  र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएपछि धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो। तर धुलिखेल अस्पतालमा गरिएको पीसीआर परीक्षणमा दुबैजनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। दुबै जना हाल धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका छन्। दुबै जनाको स्वास्थ्य अवस्था सामान्य छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले कुनै व्यक्तिमा कोरोनाको र्‍यापिड डायग्‍नोस्टिक टेस्ट (आरडीटी) पोजिटिभ आउँदैमा भयभीत हुनुनपर्ने बताएका छन् । बुधबार नियमित मिडिया ब्रिफिङका क्रममा उनले दिएको जानकारी अनुसार २१ दिन वा सो भन्दा पछिको परीक्षणमा आरडीटी पोजिटिभ आएमा त्यसले रोग सार्न सक्ने शक्ति नहुने ताकि रोगबाट बच्‍ने क्षमता बढेको हुन्छ ।
यसैबीच अस्ति सोमबार ३ जनामा कोरोना पोजिटिभ देखिएपछि सील गरिएको सन सिटिमा आज ३०० जनाको र्‍यापिड टेस्ट गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ ।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशका विभिन्न ठाउँमा आरडीटी विधिबाट परीक्षण गर्दा पोजिटिभ देखिएकाहरुको पुनः पीसीआर परीक्षण गरिरहेको बताए।
उनका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ रहेको छ। हाल टेकु अस्पतालमा २ जना, पाटन अस्पतालमा २ जना, धौलागिरि अस्पतालमा २ जना, धनगढीको सेती अस्पतालमा ५ जना तथा वीरगञ्जको नारायणी अस्पतालमा ४ जना उपचाररत छन्। संक्रमित सबैको अवस्था सामान्य रहेको मन्त्रालयलले जनाएको छ।

सम्बन्धित पोस्ट
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ
  • दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑