• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 08, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

नेपालमा संक्रमितको संख्या ३० पुग्यो एकै दिन १४ जनामा कोरोना पुष्टि : थप ८ भारतीय संक्रमित


सुभाय् संवाददाता April 17, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं/ लक डाउनको केही दिनसम्म दोहोरो अंक ननाघेको संक्रमितको संख्या शुक्रबार एकै दिन १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ३० पुगेको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार उदयपुरमा १२ र चितवनमा दुईजना गरेर एकै दिन १४ जनामा कोरोना पुष्टि भएको छ। यसअघि १६ जनामा कोरोना देखिएको थियो।
उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा बसेका १०पुरुषमध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो। उदयपुरकै अन्य चारजनामा समेत कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। संक्रमितहरु २० वर्षदेखि ४० वर्षसम्म उमेरका अधिकांश भारतीय नागरिक रहेको बताइएको छ । कोरोना संक्रमित सबैलाई विराटनगरस्थित कोरोना अस्पताल लगिएको छ।
त्यसैगरी शुक्रबार चितवमा २७ वर्षीय पुरुष र ६३ वर्षीया महिला गरी दुई जनामा कोरोना देखिएको छ।
शुक्रबार दिउँसो ४ बजे नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म नेपालमा १६ जनामा मात्र कोरोना पुष्टि भएको बताएका थिए। तर साँझ मन्त्रालयले फेसबुक पेजमार्फत थप १४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो। अहिलेसम्म सुरुमा कोरोना भएका एकजना निको भएर सामान्य जीवनमा फर्किएका छन्। अन्य १५ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ।
सरकारले कोरोना भए नभएको थाहा पाउन र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) र पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट परीक्षण गरिरहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आरडीटी विधिबाट ७५ जिल्लामा कोरोना परीक्षण विस्तार गरिएको छ। मन्त्रालयका प्रवक्ता डा. देवकोटाले डोल्पा र सोलुखुम्बुमा भने चाँडै आरडीटी टेष्ट सुरु हुने बताए।
आरडीटी टेष्ट ७५ जिल्लामा पुग्दा सातै प्रदेशका विभिन्न ठाउँमा गरेर १४ स्थानमा पीसीआर विधिबाट स्वाब परीक्षण सुरु भएको छ। शुक्रबाट पाटन अस्पताल, लगनखेलमा पीसीआर विधिबाट स्वाब परीक्षण सुरु भएपछि यसको विस्तार १४ ठाउँमा पुगेको हो।
अहिलेसम्म आरडीटी विधिबाट १६ हजार ५ सय ६५ नमुना परीक्षण भएको छ भने पीसीआर विधिबाट सात हजार ६ सय ८८ जनाको कोरोना परीक्षण भएको छ। जसअनुसार कुल२४ हजार दुई सय ५३ नमुनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित पोस्ट
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ
  • दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑