Maharjan Ratna
नेपालभित्रै पहिलोपटक संक्रमित धनगढीकी महिला कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज
Maharjan Ratna
धनगढी/ धनगढीकी कोरोना संक्रमित ३४ बर्षिया दीपा शाही निको भएकी छन्। धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत उनी नेपालभित्रै पहिलो पटक संक्रमित भेटिएकी महिला हुन्। लगातार दुई पटकसम्मको थ्रोट स्वाब नमूना रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो।यसअघि ३५ दिनदेखि अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका-५ की ३४ बर्षीया महिलाको छ पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजिटिभ आएकोमा पछिल्लो दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।उनी गत २२ चैतमा अस्पताल भर्ना भएकी थिइन। सुदूरपश्चिम प्रदेशमा यसअघि लम्कीचुहा नगरपालिकाका २१ बर्षीय युवक, धनगढी





