काठमाडौं / कोरोना भाइरस (काेभिड-१९) संक्रमणका कारण देश पूर्ण रूपमा लकडाउनमा । तर एक शहरबाट अर्को शहर ओहोरदोहर गर्नेहरूको संख्यामा भने कमी आएको छैन ।केहि समय यता उपत्यका बाहिर कोरोनाको संक्रमण बढेपछि काठमाडौं प्रवेश गर्नेहरूको संख्या बढेको छ । यसरी उपत्यकामा प्रवेश गर्नेेेे को संख्या एकाएक बढेपछि उपत्यकाबासी रुष्ट बनेका बेला यहाँको स्थानीय निकायले आवागमन रोक्न पहल सुरु गरेको छ। यस सम्बन्धमा उपत्यकाका स्थानीय निकायका प्रमुखहरुले उपत्यकामा प्रवेशमा कडाइ गर्न माग गरेको छ। आज मंगलबार उपत्यका नगरपालिका फोरमले उपप्रधानमन्त्री एवं कोभिड-१९ उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेललाई भेटेर यस प्रकारको प्रवेश रोक्न अनुरोध गरेको हो ।
उपत्यकाबाट विद्यार्थी तथा मजदुरतहरु बाहिर लिएर जाने र बाहिरबाट काठमाडौं आउने होडबाजीका कारण कोरोनाको संक्रमण अझ व्यापक हुँदै जाने भन्ने कुरालाई अगाडि सारेर फोरमले तत्काल उपत्यका प्रवेशमा कडाई गर्न अनुरोध गरेको हो । साथै उपत्यकाभित्र अत्यावश्यक गाडीहरुबाहेक अरु सवारी साधन प्रवेशमा कडाई गर्न पनि सुझाव दिएको छ ।
फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यका प्रवेशमा कडाइ नगरिए यहाँ थप समस्या आउन सक्ने तथ्यमा ध्यान दिनुपर्ने भन्दै उपत्यकाका प्रवेश नाकाको सुरक्षा व्यवस्था कडा गरि उपत्यकाभित्र लकडाउन खुकुलो गर्नुपर्ने सुझाव पनि दिए ।
भेटवार्तापछि समन्वय समितिया संयोजक पोखरेलले नगरपालिका फोरमले दिएको सुझावलााई मन्त्रीपरिषदको बैठकमा लगिने र त्यहीँ बाट आवश्यक निर्णय गरिने जानकारी दिए । भेटवार्तामा कामपाका मेयर शाक्य ,ललितपुर महानगरपालिकाया मेयर चिरिबाबु महर्जन, थिमि नगरपालिकाया मेयर मदनसुन्दर श्रेष्ठका साथै काठमाडौंका संघीय सांसदहरु कृष्णगोपाल श्रेष्ठ र जीवनराम श्रेष्ठको उपस्थिति रहेको थियो ।
(नेपालभाषा टाइम्सको सहयोगमा )
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५