• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 21, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

लकडाउनको बेला उपत्यकामा बाहिरबाट प्रवेशमा कडाइ गर्न स्थानीय निकायहरूको माग


सुभाय् संवाददाता May 5, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं / कोरोना भाइरस (काेभिड-१९) संक्रमणका कारण देश पूर्ण रूपमा लकडाउनमा । तर एक शहरबाट अर्को शहर ओहोरदोहर गर्नेहरूको संख्यामा भने कमी आएको छैन ।केहि समय यता उपत्यका बाहिर कोरोनाको संक्रमण बढेपछि काठमाडौं प्रवेश गर्नेहरूको संख्या बढेको छ । यसरी उपत्यकामा प्रवेश गर्नेेेे को संख्या एकाएक बढेपछि उपत्यकाबासी रुष्ट बनेका बेला यहाँको स्थानीय निकायले आवागमन रोक्न पहल सुरु  गरेको छ। यस सम्बन्धमा  उपत्यकाका स्थानीय निकायका प्रमुखहरुले उपत्यकामा प्रवेशमा कडाइ गर्न माग गरेको छ। आज मंगलबार उपत्यका नगरपालिका फोरमले उपप्रधानमन्त्री एवं कोभिड-१९ उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेललाई भेटेर यस प्रकारको प्रवेश रोक्न अनुरोध गरेको हो ।
उपत्यकाबाट विद्यार्थी तथा मजदुरतहरु बाहिर लिएर जाने र बाहिरबाट काठमाडौं आउने होडबाजीका कारण कोरोनाको संक्रमण अझ व्यापक हुँदै जाने भन्ने कुरालाई अगाडि सारेर फोरमले तत्काल उपत्यका प्रवेशमा कडाई गर्न अनुरोध गरेको हो । साथै उपत्यकाभित्र अत्यावश्यक गाडीहरुबाहेक अरु सवारी साधन प्रवेशमा कडाई गर्न पनि सुझाव दिएको छ ।
फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यका प्रवेशमा कडाइ नगरिए यहाँ थप समस्या आउन सक्ने तथ्यमा ध्यान दिनुपर्ने भन्दै उपत्यकाका प्रवेश नाकाको सुरक्षा व्यवस्था कडा गरि उपत्यकाभित्र लकडाउन खुकुलो गर्नुपर्ने सुझाव पनि दिए ।
भेटवार्तापछि समन्वय समितिया संयोजक पोखरेलले नगरपालिका फोरमले दिएको सुझावलााई मन्त्रीपरिषदको बैठकमा लगिने र त्यहीँ बाट आवश्यक निर्णय गरिने जानकारी दिए । भेटवार्तामा कामपाका मेयर शाक्य ,ललितपुर महानगरपालिकाया मेयर चिरिबाबु महर्जन, थिमि नगरपालिकाया मेयर मदनसुन्दर श्रेष्ठका साथै काठमाडौंका संघीय सांसदहरु कृष्णगोपाल श्रेष्ठ र जीवनराम श्रेष्ठको उपस्थिति रहेको थियो ।
(नेपालभाषा टाइम्सको सहयोगमा )

सम्बन्धित पोस्ट
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    सुभाय् पोस्ट बिशेष

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑