Maharjan Ratna
मुस्कुराउँदै घर हिँडे कोरोना विजेताहरु
Maharjan Ratna
नेपालगञ्ज / बैशाख १९ गते एकाएक नेपालगञ्ज तरंगित भयो । भुइँचालोमा घर हल्लिएको जसरी यहाँका बासिन्दाको मन हल्लियो ।विश्वमै आतंक मच्याएको कोरोनाका संक्रमित भेटिएपछि नेपालगञ्जमा तरंग आउनु स्वभाविक नै थियो । ६० वर्षीय पुरुषमा कोरोना देखिँदा नेपालगञ्ज मात्रै हो र ? छिमेकीहरु पनि हल्लिए ।संक्रमितलाई आइसोलेसनमा लगियो । रातारात उनको भेटघाट, आवतजावत ‘ट्रेसिङ’ गरियो । उनको भेटघाट, आवतजावत नेपालगञ्जको वडा नं. ८ जोलाहनपुरुवामा हुने रहेछ । त्यहाँका ९० जनाको ‘ट्रेसिङ’ भयो । फटाफट स्याम्पल लिएर जाँच्दा २२ जना कोरोना संक्रमित पुष्टि भयो ।त्यसपछि अरुको ‘ट्रेसिङ’ गर्दा एकजना थपिए । टाँगा





