• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 09, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  कला/मनोरंजन

चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा अत्याधुनिक डिजिटल प्लेटफर्मको प्रयोग


सुभाय् संवाददाता May 21, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

 

काठमाडौं /चलचित्र पत्रकार संघ नेपालको २१ औं वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा अत्याधुनिक डिजिटल प्लेटफर्म जुम एप मार्फत ईन्टरनेटको माध्यमबाट सम्पन्न गरिएको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापि रुपमा फैलिएर कोभिड१९ को महामारी रोगको प्रकोपबाट सुरक्षित रहनकालागि जारी गरिएको लकडाउनको आदेशको पालना गर्दै ईन्टरनेटको माध्यमबाट डिजिटल प्लेटफर्म मार्फत आफ्नो वार्षिकोत्सव एवं पत्रकारिता दिवस यसरी मनाउनु परेको कुरा संघका महासचिव समीर बलामीले बताएका छन् ।
करिब एकसयजना चलचित्र पत्रकारहरुले सहभागिता रहेको सो २१आैं वार्षिकोत्सव एवं १८अौं राष्ट्रिय चलचित्र पत्रकारिता दिवस कार्यक्रममा चलचित्र बिकास बोर्डका सदस्य सचिव महेन्द्र प्रसाद साँखी,नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी,चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षासिंह राणा लगायत संघका संस्थापक अध्यक्ष अमेरिकामा रहनु भएका भरत शाक्य,निवर्तमान अध्यक्ष सन्दिप सापकोटा,पूर्व अध्यक्षहरु विदुर गिरी र शान्तिप्रिय , संघका सल्लाहकारहरु विजयरत्न तुलाधर र डब्बु क्षेत्रीले शुभकामना मन्तव्य राखेका थिए भने संघका तीन जना उपाध्यक्षहरु कुबेर डंगोल,जीवन पराजुली र दिपज्योति थापा, सचिव द्वय् रघुनाथ सापकोटार विशाल राई हसिन, कोषाध्यक्ष प्रदिप कार्कीले संघको गतिविधीमाथि प्रकाश पारेका थिए ।
डिजिटल प्रविधिमय वार्षिकोत्सवमा वक्ताहरुले चलचित्र जगतको उत्थानमा चलचित्र पत्रकारिताको भुमिका बारे चर्चा थिए भने समस्त चलचित्र पत्रकारहरुको छाता संगठनको रुपमा चलचित्र पत्रकार संघको स्थापना भएको दिन २०५६ साल जेठ ७ गतेलाई स्मरण गर्दै वार्षिकोत्सव र चलचित्र पत्रकारिता दिवस मनाउँदै आईरहेको कुरा अगाडि राख्दै संघले वर्षेनी प्रदान गर्दै आइरहेका चलचित्र पत्रकारिता सम्मान र चलचित्र पत्रकारिता पुरस्कार बारे पनि चर्चा गरेका थिए ।
अहिले लकडाउनको विषम परिस्थिति सिर्जना भएकोले यो वर्ष प्रदान गरिनु पर्ने सम्मान हाल घोषणा नगरिएको र परिस्थिति अनुकुल भएपछी सो सम्मान र पुरस्कार प्रदान गरिने कुरा संघका अध्यक्ष दिनेश सिटौलाले बताएका थिए । महासचिव समीर बलामिले लकडाउनको विषम परिस्थितिको कारण जीवन यापन गर्न कठिनाइ भोगिरहेका संघका सदस्यहरुकालागि प्रथम चरणको राहत उपलब्ध गराएको कुरा उल्लेख गर्दै अब दोश्रो चरणको राहतमा दैनिक उपभोग्य सामग्रीहरुका साथमा संक्रमणबाट जोगिनकालागि प्रयोग गरिने स्वास्थ्य सामग्री समेत उपलब्ध गराउने योजना रहेको कुरा सुनाए ।
ईन्टरनेटको माध्यमबाट सम्पन्न संघको वार्षिकोत्सव एवं चलचित्र पत्रकारिता दिवसको कार्यक्रममा संघका विभिन्न जिल्लामा रहेका शाखाका अध्यक्षहरुमा हेटौंडा शाखाका अध्यक्ष मणिराज गौतम, चितवनका अध्यक्ष रवि अधिकारी,दाङ्गका अध्यक्ष शिव पुन,कास्कीका अध्यक्ष अरुण गिरी,रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठ र पोखराका महाधिवेशन प्रतिनिधी सुसन घिमिरेले समेत मन्तव्य राखेका थिए ।

सम्बन्धित पोस्ट
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ
  • दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑