• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 06, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका सिल


सुभाय् संवाददाता May 21, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं उपत्यकाका सबै प्रवेश नाकाहरु सिल गर्ने निर्णय गृह मन्त्रालयले गरेको छ ।
जेठ १ गते भएको गृहमन्त्री राम बहादुर थापा बादलको अध्यक्षतामा काठमाडौं महानगर पालिकाका मेयर विद्या सुन्दर शाक्य , ललितपुर महानगर पालिकाका मेयर चिरी बाबू महर्जन , गृह सचिव , काठमाडौं जिल्लाका प्रमुख अधिकारी , सुरक्षा निकायका प्रतिनिधिहरु लगायतको उपस्थितिमा भएको बैठकमा उपत्यका नगर पालिका संघ द्वारा उपत्यकाका प्रवेश नाकाहरु सिल गर्नसहितका मागहरु गृहमत्री समक्ष राखेको थियो ।
उक्त बैठकमा छलफल भएका बुँदाहरु कार्यान्वयन गर्न गृहले हिजो बुधबार एक परिपत्र जारी गर्दै उपत्यकाका सबै स्थानीय निकायलाई अनुरोध गरेको छ ।
यस अनुसार अब काठमाडौं उपत्यका प्रवेश निषेध गरिएको छ ।बाहिरबाट विभिन्न बहाना बनाई काठमाडौं प्रवेश गरेकाहरुका कारण काठमाडौंमा कोरोना संक्रमण देखिएको र उपत्यका ठूलो जनघनत्व रहेको सहर भएको हुँदा यहाँ संक्रमण फैलिए गम्भीर परिणाम भोग्नुपर्ने अबस्था रहेको हुँदा अत्यावश्यक सामानका साधन बाहेक अरु कुनै पनि सवारीलाई उपत्यका प्रवेश पूर्णरूपमा निषेध गरिएको हो। प्रवेश नाका सिल गर्नुका साथै लुकिछिपी आउने बाटोमा समेत पूर्ण रुपमा प्रवेश रोक्न गृहले स्थानीय निकायलाई कार्यन्वयनको लागि भनेको छ ।

अति जरुरी कामले काठमाडौं उपत्यका प्रवेश गर्नुपर्नेले प्रवेेस अगाडि आफ्नै खर्चमा कम से कम आरडीटी टेस्ट गरेर कोरोना नभएको पुष्टि भएपछि काठमाडौमा प्रवेशको निम्ति निवेदन गर्नुपर्ने छ ।
त्यसैगरी काठमाडौं प्रवेश गर्ने गाडीको प्रवेश बिन्दु पुग्नु पूर्व नैं प्रस्थान जिल्लामा नैं सुरक्षा निकायले विशेष निगरानीका साथ रोक्ने र आवागमनमा कडाइ गर्ने भएको छ ।
काठमाडौं उपत्यकामा लुकिछिपी प्रवेश गर्नेहरुको खोजी खोजी लगत संकलन र कारबाही अगाडि बढाउन स्थानीय निकायलाई अधिकार दिएको छ र सो कार्य अगाडि बाढाउन निर्देशन समेत जारी गरिएको छ ।
यसका साथ राहत लगायत क्वारेन्टाइनका सवालमा पनि कार्यान्वयन गर्नुपर्ने बुँदाहरु बारे कार्यान्वयनको निम्ति गृहले उपत्यकाका सबै निकायलाई परिपत्र गरिएको छ । ढिलै भएपनि आएको यी कुराहरूलाई उपत्यकाबासीले सकारात्मक रुपमा लिएको छ ।
यसभन्दा अगाडि बैशाख २१ गते अरु सहकर्मी मिडियाहरुको सहकार्यमा सुभाय् पोस्ट अन्लाईनले काठमाडौं उपत्यकामा दिनमा दुई हजारभन्दा बढी मानिस संक्रमित क्षेत्रबाट समेत लकडाउनको बेला काठमाडौं उपत्यकामा अबैध रुपले समेत प्रवेश गरिरहेको र यस कार्य कोरोना संक्रमणका दृष्टिकोणले खतरापूर्ण हुन सक्ने भनी समाचार प्रकाशन गरी सम्बन्धित निकायको ध्यानाकर्षण समेत गरेको थियो ।

सम्बन्धित पोस्ट
  • भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी
  • देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना
  • बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता
  • बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    आशा जीवित छ, अब जिम्मेवारीको परीक्षा हो

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    ११ औँ दिनमा पनि जीवितै उद्धार, सुरुङ र भग्नावशेषबाट पलायो आशा

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    सुभाय् पोस्ट बिशेष

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑