धरान , इटहरीमा पनि पुन: लकडाउन

 Maharjan Ratna

धरान/ धरानमा भोलीदेखि एक सातालाई लकडाउन गर्ने निर्णय भएको छ ।धरानमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि समुदायमा फैलन नदिन लकडाउन गरिन लागिएको हो । आज बसेको कार्यपालिका बैठकले आज मध्यराती १२ बजेदेखि लकडाउन शुरु गर्ने निर्णय गरेको हो । लकडाउन साउन २८ गतेसम्म लागु हुने निर्णय भएको जानकारी दिइएको छ । लकडाउन समयमा औषधी पसलबाहेक सबै पसल, व्यवसाय तथा सवारीसाधनहरु बन्द गर्ने निर्णय भएको पनि बताइएको छ । एम्बुलेन्स, शववहान बाहेक अन्य सवारीसाधनहरुमा पनि पूर्ण रोक लगाइनेछ । यसैगरी इटहरी उपमहानगरपालिकाले ५ दिन लकडाउन गर्ने निर्णय गरेको थियो । त्यहाँ

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सरकारी नेतृत्वमा ‘सेलिब्रिटीज्म’

 Maharjan Ratna

डा. सुरेन्द्र सिंह रावल हालै सर्वोच्च अदालतद्वारा रञ्जन कोइरालाको मुद्दामा भएको फैसलाबाट नेपाली समाज तरंगित भएको छ । फैसलामा संलग्न प्रधान न्यायाधीशलगायतका न्यायाधीशका बारेमा टिकाटिप्पणी र विरोध भएको देखिन्छ । कतिपयले न्यायाधीशबाट कानुनले दिएको स्वविवेकीय अधिकारको दुरुपयोग भएको, पार्टीको भागबण्डाबाट नियुक्त भएका न्यायाधीशले पार्टीको निर्देशनअनुरुप काम गरेको, फैसला गर्दा न्यायिक मन हुनुपर्नेमा कमलो चित्त देखाएको, आर्थिक लेनदेन अथवा व्यक्तिगत सम्बन्धका कारण यस्तो अप्रत्याशित निर्णय भएको हुनसक्ने अडकलबाजी र आरोप लगाएका छन् । हाल यो मुद्दा पुनः सर्वोच्च अदालतमा विचाराधीन रहेकाले यी आरोपहरु के कति सही या गलत छन् भन्ने सम्बन्धमा

विचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कडा लकडाउन गर्ने, कर्फ्यु लगाउनेदेखि सिल गर्नेसम्मकाे विज्ञहरुको सुझाव सरकारलाई

 Maharjan Ratna

काठमाडौं / कोरोना संक्रमण भयावह रुपमा फैलँदै गएपछि सरकारले प्रधानमन्त्री निवास बालुवाटारमा विज्ञहरुसँग परामर्श गरेको छ । करिब साढे चार घण्टा लामाे आजकाे छलफलमा विज्ञहरूबाट लकडाउन कडाइ गर्ने वा २१ दिन ताेकेर कर्फ्यु लगाउने वा संक्रमण बढेका स्थानमा सिल गर्ने र नागरिक उत्तरदायित्व बढाउने जस्ता मिश्रित सुझावहरू प्राप्त भएकाे प्रधानमन्त्रीकाे प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । उनका अनुसार विज्ञहरुले अस्पतालमा पूर्वाधार बढाउन आइसीयू र भेन्टिलेटर उपलब्धता बढाउन पनि जाेड दिइएकाे बताए । बिज्ञहरुबाट आएका सुझावहरू अनुसार सरकारले आवश्यकता अनुसार जायज सुझावहरू कार्यान्वयन गरी अगाडि बढ्ने र कोरोनासँगको लडाइँ लड्ने

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं उपत्यका भित्रिने तीन नाकामा ४० जनामा कोरोना संक्रमण पुष्टी , आज उपत्यकामा कूल ६२ जनामा संक्रमण पुष्टी

 Maharjan Ratna

काठमाडौं / स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यका भित्रिने विभिन्न नाकाहरुमा गरिएको परीक्षणमा ४० जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएको छ। मन्त्रालयको नियमित व्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यका भित्रिने साँगा, नागढुंगा र फर्पिङ नाकाबाट १० हजार ८ सय ५३ नमुना संकलन गरिएकोमा नागढुंगामा १६, साँगामा १३ र फर्पिङमा ११ जना गरी ४० जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए। मन्त्रालयका अनुसार मंगलबार ७ हजार ६ सय ८७ वटा पीसीआर परीक्षण भएको छ।योसँगै पीसीआर विधिबाट हालसम्म ४ लाख ६ हजार ५ सय वटा परीक्षण भएका छन।कोरोना भाइरसका २५९ जना नयाँ सङ्क्रमित

सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

अत्यधिक भीडका कारण लाइसेन्स वितरण स्थगित

 Maharjan Ratna

काठमाडौँ / उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन्। सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन्। कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने पनि सेवाग्राहीको अत्यधिक भीडका कारण त्यो कायम हुन सकेको थिएन। कार्यालयले असारदेखि सेवा दिँदै आएकामा कार्यालयमा सेवाग्राहीको घुइँचो हुने गरेको थियो। कार्यालयमा अत्यधिक भीडका कारण खटिएका चार सुरक्षाकर्मीलाई पनि भीड नियन्त्रण गर्न गारो भएको एकान्तकुनास्थित कार्यालयका प्रमुख डम्मरबहादुर कार्कीले बताए। उनका अनुसार उपत्यकामा सङ्क्रमण बढिरहेकाले यहाँसँगै जगाती, सुकेधारा र ठूलोभयाङ गरी चारै कार्यालयले

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

उपत्यकामा ५१ थप संक्रमण पुष्टि

 Maharjan Ratna

काठमाडौं / काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ५१ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ४३, ललितपुरमा तीन तथा भक्तपुरमा पाँच जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो । जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा काठमाडौंका आठ जना, भक्तपुरमा एक र शुक्रराज अस्पताल, टेकुमा काठमाडौंका १७ जना, पाटन अस्पतालमा काठमाडौंका पाँच, ललितपुरका दुई तथा भक्तपुरका चार जनामा सङ्क्रमणको पुष्टि भएको हो । त्यसैगरी, वीर अस्पताल, काठमाडौंमा गरिएको परीक्षणमा दुईजना काठमाडौंका, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौंका एक, नेपाल प्रहरी अस्पतालमा दुई तथा

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नेपालको आठौं संघनायकमा भिक्षु बोधिसेन महास्थविर पदासीन

 Maharjan Ratna

काठमाडौं / नेपालको आठौं संघनायकमा भिक्षु बोधिसेन महास्थविर पदासीन हुनुभएको छ त्यसैगरी संघउपनायकमा भिक्षु गुणघोष महास्थविर पदासिन हुनुभएको छ । सातौं संघनायक ज्ञानपूर्णिक महास्थविरको देहावसानपछि रिक्त रहेको संघनायक पदमा कार्यबाहक संघनायक बोधिसेन महास्थविरलाई आज सोमबार एक कार्यक्रमकाबीच पदासिन गराइएको जानकारी अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौडन्यले दिनुभएको छ । उहाँका अनुसार अखिल नेपाल भिक्षु महासंघका उपाध्यक्षहरु भिक्षु सुमेध महास्थविर तथा भिक्षु धर्ममूर्ति महास्थविरको उपस्थितिसहितको अ.ने.भि.महासंघका धर्मानुशासक, पदाधिकारी एवं सम्बद्ध संघसदस्यहरु बीच आज श्रावण १९ गते सोमवार (बु.सं. २५६४, ३ अगष्ट २०२०, ने.सं. ११४० गुंपुन्हि) का दिन काठमाडौं, स्वयम्भूस्थित ऐतिहासिक

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?