• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 21, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

नेपालको आठौं संघनायकमा भिक्षु बोधिसेन महास्थविर पदासीन


सुभाय् संवाददाता August 3, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट


काठमाडौं / नेपालको आठौं संघनायकमा भिक्षु बोधिसेन महास्थविर पदासीन हुनुभएको छ त्यसैगरी संघउपनायकमा भिक्षु गुणघोष महास्थविर पदासिन हुनुभएको छ ।
सातौं संघनायक ज्ञानपूर्णिक महास्थविरको देहावसानपछि रिक्त रहेको संघनायक पदमा कार्यबाहक संघनायक बोधिसेन महास्थविरलाई आज सोमबार एक कार्यक्रमकाबीच पदासिन गराइएको जानकारी अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौडन्यले दिनुभएको छ ।
उहाँका अनुसार अखिल नेपाल भिक्षु महासंघका उपाध्यक्षहरु भिक्षु सुमेध महास्थविर तथा भिक्षु धर्ममूर्ति महास्थविरको उपस्थितिसहितको अ.ने.भि.महासंघका धर्मानुशासक, पदाधिकारी एवं सम्बद्ध संघसदस्यहरु बीच आज श्रावण १९ गते सोमवार (बु.सं. २५६४, ३ अगष्ट २०२०, ने.सं. ११४० गुंपुन्हि) का दिन काठमाडौं, स्वयम्भूस्थित ऐतिहासिक आनन्दकुटी विहारको सीमागृहमा महासंघका धर्मानुशासक, पूर्व अध्यक्ष, बोधिचर्या विहार (बनेपा) का संस्थापक प्रमुख महासद्धम्मजोतिकधज भिक्षु बोधिसेन महास्थविरलाई संघनायक पतिट्ठापनविधिसहित संघसम्मति विधिपूर्वक नेपालको आठौं संघनायक पदमा धर्मगौरवसहित पदस्थापन गरिएको हो । त्यसैगरी महासंघका धर्मानुशासक, पूर्वाराम विहार , धुलिखेलका संस्थापक प्रमुख महासद्धम्मजोतिकधज भिक्षु गुणघोष महास्थविरलाई विधिपूर्वक संघउपनायक पदमा धर्मगौरवसहित पदस्थापन गरिएको बताउनु भयो ।
संघसदस्य भिक्षुहरुको संघकार्यबीच कम्मवाचाकारक भिक्षु धर्मशोभन महास्थविर तथा भिक्षु शीलभद्र महास्थविरले कम्मवाचा वाचन गर्नुभएको थियो ।
संघउपोसथ कर्मसहित वर्षावासको प्रारम्भलगत्तै संघनायक प्रतिस्थापन सम्पन्न हुँदा काठमाडौं उपत्यकाका उपसम्पदा प्राप्त भिक्षुहरुको उपस्थिति रहेको थियो । महासचिव भिक्षु कौडन्यले अनुकूल समयमा सार्वजनिक समारोहको आयोजना गरी संघनायक अभिनन्दन समारोह गरिने जानकारी पनि दिनुभयो ।

सम्बन्धित पोस्ट
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    सुभाय् पोस्ट बिशेष

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑