Maharjan Ratna
केपी ओलीको सुरक्षा दस्ताका कमाण्डर पक्राउ
Maharjan Ratna
नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा समातिएका छन् । बहुविवाहको मुद्दामा अदालतबाट कैद सजायको फैसला सुनाइएका उनलाई प्रहरीले भर्खरै धुम्बाराहीबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले पासाङ पक्राउ परेको पुष्टि गरे । एमालेको जनसंगठन जनजाति महासंघका अध्यक्षसमेत रहेका उनीविरुद्धको बहुविवाह मुद्दामा उच्च अदालत पाटनले गत वर्ष दोषी ठहर गरेको थियो । पासाङकी श्रीमती करिश्मा खरेलले जिल्ला अदालत काठमाडौँमा मुद्दा हालेकी थिइन् । जिल्ला अदालतले दोषी ठहर गर्दै एक वर्ष कैद र पाँच हजार जरिवानाको सजाय सुनाएकोमा त्यसविरुद्ध उनी उच्च अदालत पाटन पुगेका थिए । उच्चले





