Maharjan Ratna
निजी अस्पतालहरुको संगठन अफिन गण्डकी प्रदेशको अध्यक्षमा अशोक पालिखे
Maharjan Ratna
पोखरा । निजी अस्पतालहरुको छाता संगठन एशोसियसन अफ प्राइभेट हेल्थ इन्सिच्युट अफ नेपाल अफिनको गण्डकी प्रदेश अध्यक्षमा शिक्षासेवी तथा स्वास्थ्यसेवी अशोक पालिखे चयन भएका छन् । हिजो कार्तिक १९ गते ,मंगलबार पोखरामा सम्पन्न निजि अस्पतालका सदस्यहरुको एक भेलाले पालिखेलाई अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा डा गिरधारी शर्मा , सचिव ऋषि खतिवडा, कोषाध्यक्ष डा पुजन शर्मा चयन भएका छन्। त्यसैगरी सदस्यहरुमा गौतम पौडेल, विश्व घिमिरे, कपिल पोख्रेल र तुलबहादुर राना रहेका छन । यसैगरी सल्लाहकारहरुमा डा पदम बहादुर खड्का, डा प्रेम पुन र डा ऋषिराम ढकाल रहेका छन ।





