• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 08, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अर्थ

टुँडिखेलमा रहेको दुईमाजु मन्दिर अतिक्रमण गरी राखिएका पसल हटाउन गुठीको पत्र


सुभाय् संवाददाता November 5, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

काठमाडौं: गुठी संस्थानले टुँडिखेलमा रहेको दुईमाजु मन्दिर अतिक्रमण गरी बनाइएका पसलहरु हटाउन पत्र काटेको छ।

मल्ल राजाहरुको देवाली मन्दिरका साथै पृथ्वी नारायण शाहले काठमाडौं विजय गरेपछि शक्ति आराधना गरेको दुईमाजु मन्दिरमा गुठी संस्थान, काठमाडौं महानगरपालिकाको संलग्नतामा भाडामा दिइएको थियो।

गुठीको जग्गामा पसल सञ्चालन गर्न गुठी संस्थानले २०७५ सालमा नै अमृता भट्टराईलाई महिनाको १५ हजार तिर्ने करार गराएर पाँच वर्षमा मन्दिरमा व्यापार गर्न भाडामा दिएको देखिन्छ। तर, भट्टराईले सम्झौता विपरीत अरुलाई मन्दिर परिसरमा व्यापार गर्न दिएर आफूले मासिक रुपमा धेरै भाडा असुल्ने गरेको खुलेको थियो।

भट्टराई गुठी संस्थानले मन्दिर सरसफाइ गर्ने दायित्व दिएकी कर्मचारी थिइन्। उनलाई दुईमाजु मन्दिरमा व्यापार गर्न दिन काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको समेत संलग्नता रहेको स्थानीयले दाबी गर्दै आएका छन्।

चौतर्फी विरोधपछि गुठीसँग मन्दिर परिसरमा व्यवसाय सञ्चालन गर्न सम्झौता गरेकी अमृता भट्टराईले सम्झौता खारेज गर्न निवेदन दिएकी थिइन्। निवेदन बमोजिम सम्झौता खारेज भइसकेको जनाउँदै गुठी संस्थानले मन्दिर परिसरबाट पसल हटाउने निर्णय गरेको हो।

मन्दिर परिसरकै कुरुप देखिने गरि पसल राखिएपछि स्थानीयले विरोध गर्दै आएका थिए। तिहारपछि पसलहरु हटाउने सहमति भएपनि हालसम्म पसलहरु यथावत् रुपमा नै संचालन हुँदै आएको छ।

त्यसैले गुठी संस्थानले जिल्ला प्रशासन कार्यालय, काठमाडौं र काठमाडौं महानगरपालिकालाई पत्र काटेर मन्दिर खाली गराउन र धार्मिक स्थान संरक्षण गर्ने कार्यमा आवश्यक शान्ति सुरक्षा कायम गर्न अनुरोध गरेको छ।

पढ्नुस् : खुल्लामञ्चपछि मल्ल राजाको देवाली मन्दिर ‘दुईमाजु’ अतिक्रमणमा, साँघुरिँदै टुँडिखेल

वैशाख १४ गते शनिवार खुल्लामञ्च परिसरमा अवैध रुपमा बनाइएका ४० वटा सटरहरु भत्काइको थियो। त्यसबेला समेत खड्गीले दुईमाजु मन्दिरमा पसल राख्ने कार्यको विरोध भएको थियो। केही समयपछि सञ्चालक आफैंले पसल हटाएका थिए। तर, ६ महिनापछि फेरि दुईमाजु परिसरमा पसलहरु राखिएको थियो।

दुईमाजुका साथै खुल्लामञ्च अतिक्रमण भएको विरोधमा आगामी शनिवार ‘अकुपाइ टुँडिखेल’ आयोजना हुँदैछ। त्यस अन्तर्गत बिहान ८ बजेदेखि १० बजेसम्म मानव साङ्लो बनाएर रत्नपार्क देखि खुल्लमञ्च र सैनिक मञ्चबीचको बाटोसम्म ‘टुँडिखेल अकुपाइ’ गर्ने कार्यक्रम रहेको छ।

source:pahilopost

 

सम्बन्धित पोस्ट
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत
  • कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑