नेपालको स्वर्णमा नयाँ रेकर्ड , स्वर्ण ३६ पुग्यो

 Maharjan Ratna

काठमाडौं, मङ्सिर १९ गते । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)को पाँचौं दिन नेपालले आठ स्वर्ण जितेको छ । ३६ स्वर्ण जितेर पदक तालिकामा नेपाल दोस्रो स्थानमा रहयो । चौथो दिन १५ स्वर्ण जितेर पदक तालिकाको शिर्ष स्थानमा उक्लेको भारतीय खेलाडीले पाँचौं दिन पनि उक्त लयलाई निरन्तरता दिदा सबैभन्दा बढी १५ स्वर्ण जितेर शिर्ष स्थानमा आफ्नो वर्चश्वलाई यथावत राखेको छ । पदक तालिकामा भारत ५७ स्वर्णसहित शिर्ष स्थानमा छन् । नेपालले भने पाँचौं दिन नै आफ्नो बिगतका कीर्तिमानलाई भङ्ग गर्दै अहिलेसम्मकै सबैभन्दा बढी स्वर्ण जित्न सफल भयो । पदक तालिकामा

खेलकुद, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

उसुमा जुनी राइलाई स्वर्ण , नेपालको स्वर्ण ३५ पुग्यो

 Maharjan Ratna

काठमाडौं /१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालकी जुनी राईले उसुको सान्सौ विधाको ५६ केजी तौल समूहमा स्वर्ण जितेकी छिन्। जुनीले  फाइनलमा श्रीलंकाकी माडुमालीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन्। तीन राउन्डको प्रतिस्पर्धामा जुनीले सुरूआती दुई राउन्ड नै जितेकी थिइन्।, नेपालले उसुबाट पाएको पाँचौ स्वर्ण हो। यसअघि नेपालले पहिलो दिन मंगलबार २, बुधबार १ र बिहीबार २ स्वर्ण जितेको छ। योसँगै नेपालको स्वर्ण संख्या ३५ पुगेको छ। बुधबारसम्म २९ स्वर्ण जितेको नेपालले बिहीबार उसुबाट २, साइक्लिङबाट २, पौडी र तेक्वान्दोबाट १-१ जितेको छ। साग प्रतियोगितामा आज बिहीबारको दिन सोचे अनुरुप स्वर्ण

खेलकुद, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

८७ केजीमुनिको समूहमा भूपेन श्रेष्ठले स्वर्ण जिते , तेक्वान्दोमा आशा अनुरुप पदक जित्न असफल

 Maharjan Ratna

काठमाडौं /दक्षिण एसियाली खेलकुद अन्तर्गत तेक्वान्दोमा भूपेन श्रेष्ठले स्वर्ण जितेका छन्। उनले ८७ केजी मुनि तौल समूहमा भारतीय खेलाडी अक्षय हुडालाई हराएर संवरण हात पारेका हुन्। भुपेनले २९ अंक प्राप्त गरेका थिए भने भारतीय खेलाडी अक्षय हुडाको  २७ अंक मात्र रहेको थियो। आज बिहिवार छ वटा तेक्वान्दो गेम भएकोमा एक मात्र स्वर्ण हात पारेको छ नेपालले । आशा गरे अनुरुप नेपालले स्वर्ण जित्न भने नसकेको बताइन्छ । तस्बिर : निशा भण्डारी(setopati)


गौरिकाले जितिन पौडीमा ऐतिहासिक स्वर्ण !

 Maharjan Ratna

काठमाडौं /१३औं दक्षिण एसियाली खेलकुद (साग) मा गौरिका सिंहले पौडीमा ऐतिहासिक स्वर्ण हात पारेकी छन्। उनले २ सय मिटर फ्रीस्टायलमा स्वर्ण जितेकी हुन्। उनले भारतकी सुभांगी सिंहलाई २ सेकेन्डले पछि पार्दै स्वर्ण हात पारेकी हुन्। उनले निर्धारित दूरी २ मिनेट ०५.०६ सेकेन्डमा पौडिइन्। पौडीमा  व्यक्तिगत प्रतिस्पर्धामा नेपाललाई स्वर्ण दिलाउने गौरीका प्रहिलो खेलाडी बनेकी छिन्। फोटो निशा सुनार (सेतोपाटी)


भारात्तोलन ५९ केजि समुहको स्वर्ण नेपाललाई, साग स्वर्णमा नयाँ रेकर्ड !

 Maharjan Ratna

पोखरा /पोखरामा संचालन भइरहेको  १३ औं दक्षिण एशियाली खेलकुद (साग)को ५९ केजी समुहको महिला भारात्तोलनमा नेपालकि सन्जु चौधरी पहिलो भएकी छिन् । यो स्वर्णसँगै नेपालले साग स्वर्णको पुरानो कीर्तिमान तोड्न सफल भएको छ । नेपालको यस सागको स्वर्ण संख्या ३३ पुगेको छ। फोटो : भोगेन्द्र मानन्धर


सुभाय् पोस्ट बिशेष

ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ