Maharjan Ratna
नेकपाको स्थायी कमिटी बैठकमा पाँच एजेण्डा प्रस्तुत
Maharjan Ratna
काठमाडौं, मंसिर २९ । आज (आइतबार) देखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा पाँचवटा एजेण्डा प्रस्तुत भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा पाँच वटा एजेण्डा प्रस्तुत गरिएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे । १६ पृष्ठ र सात वटा शीर्षक रहेको राजनीतिक प्रतिवेदनमा उपनिर्वाचनको समिक्षा, पार्टीको भावी कार्य योजनालगायतका विषय समेटिएका छन् । दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा नियमित स्थायी कमिटी र केन्द्रिय कमिटी बैठक बोलाउन नसकेको प्रति आत्मालोचना गरिएको छ । यस्तै, महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका छन्





