• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 04, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  राष्ट्रिय

नेकपाको स्थायी कमिटी बैठकमा पाँच एजेण्डा प्रस्तुत


सुभाय् संवाददाता December 15, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं, मंसिर २९ । आज (आइतबार) देखि सुरु भएको नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा पाँचवटा एजेण्डा प्रस्तुत भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा पाँच वटा एजेण्डा प्रस्तुत गरिएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे ।

१६ पृष्ठ र सात वटा शीर्षक रहेको राजनीतिक प्रतिवेदनमा उपनिर्वाचनको समिक्षा, पार्टीको भावी कार्य योजनालगायतका विषय समेटिएका छन् ।

दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा नियमित स्थायी कमिटी र केन्द्रिय कमिटी बैठक बोलाउन नसकेको प्रति आत्मालोचना गरिएको छ ।

यस्तै, महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् । प्रस्तुत विधान संशोधन प्रस्तावमा यसअघि सचिवालयले गरेका सम्पुर्ण निर्णय अनुमोदन प्रस्तावलगायतका विषय समेटिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको पूर्ण स्वास्थ्यलाभको कामना प्रस्ताव पारित गरिएको छ । यस्तै, स्थायी कमिटी बैठकमा नेपाल–भारत सिमा सम्बन्ध,आगामी केन्द्रीय समिति बैठक र विविध गरी पाँच एजेण्डा प्रस्तुत गरिएको छ ।

प्रस्तुत एजेण्डामाथी भोलीदेखि छलफल हुनेछ । स्थायी कमिटी सदस्यहरुले प्रस्तुत एजेण्डामाथी आफ्नो धारणा राख्नेछन् । बैठक भोलि (सोमबार) बिहान ११ बजे पुनःबस्नेछ ।

अध्यक्ष दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रत्येक तीन–तीन महिनामा स्थायी कमिटी बैठक बस्ने र प्रत्येक छ–छ महिनामा केन्द्रीय समिति बैठक बस्ने प्रस्ताव गरिएको स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले जानकारी दिए ।

यसअघि एक वर्ष अघि अर्थात अघिल्लो वर्ष मंसिर २९ गते स्थायी कमिटी बैठक बसेको थियो ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा बनेपछि सपथ ग्रहण बाहेक एक पटकपनि केन्द्रीय समिति बैठक बस्न सकेको छैन् ।

सम्बन्धित पोस्ट
  • नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!
  • त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ
  • मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :
  • राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    सुभाय् पोस्ट बिशेष

    नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑