Maharjan Ratna
काठमाडौं महानगरले कोरोना सम्बन्धी सचेतना अभियान चलाउने
Maharjan Ratna
काठमाडौं /काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी सचेतना अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ३२ वटै वडामा जनचेतना मुलुक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कोरोना र डेंग रोगको महामारी सम्बन्धी छलफललाई सम्वोधन गर्दै मेयर शाक्यले अभियानकै रुपमा सचेतना कार्यक्रम अघि बढाइने बताएका हुन् । ‘कोरोना रोगको महामारीबाट डराउने भन्दा पनि त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेतिर बढी ध्यान दिन आवश्यक छ,’ उनले भने, ‘सामाजिक सञ्जाल र केही मिडियामा आएका अनावश्यक हल्लाले बढी संन्त्रास फैलिएको छ । सहि सूचना प्रवाह





