Maharjan Ratna
कोरोनाभाइरस: प्रकोप नियन्त्रणको सन्देश दिन चिनियाँ राष्ट्रपति भाइरसको केन्द्रविन्दु वुहान भ्रमणमा
Maharjan Ratna
वुहान / चीनमा कोरोनाभाइरसको सङ्कट नियन्त्रणमा आउन थालेका सङ्केत देखिन थालेको बेला चिनियाँ राष्ट्रपति सी जिन्पिङले कोरोनाभाइरसको प्रकोप सुरु भएको मध्य चिनियाँ शहरको भ्रमण गरेका छन्। चीनको सरकारी सञ्चारमाध्यमले सीले हुबे प्रान्तको वुहान नगरको एक अस्पताल भ्रमण गरेको जनाएको छ। त्यहाँ उनले स्वास्थ्यकर्मी र बिरामीसँग भिडिओमार्फत कुराकानी गरेको देखाइएको छ। चीनमा कोरोनाभाइरसका थप १९ वटा मात्र नयाँ सङ्क्रमण फेला परेको जनाइएको छ। निरीक्षण अब हुबेको चियानजियाङ नगरमा मानिसहरूमाथि लगाइएका प्रतिबन्ध फुकुवा गर्न लागिएको घोषणा गरिएको छ। त्यहाँ जाँच चौकी हटाइने र सार्वजनिक यातायात फेरि सुरु गर्न लागिएको छ। राष्ट्रपति सीले





