• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

ऐतिहासिक  बिद्यालय शान्ति शिक्षा मन्दिरले मनायो ७०औं वार्षिक उत्सव !


सुभाय् संवाददाताMarch 7, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं / काठमाडौ भित्री सहरको मुटु थंहितिमा अवस्थित  शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालयले आफ्नो ७०औं  वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ । प्रजातन्त्रको उदय संँगसंँगै २००७ साल फागुन २० गते स्थापना भएको उक्त विद्यालय ऐतिहासिक विद्यालय हो । ७०औं बार्षिक उत्सवका अवसरमा ईतिहासविद् तथा शताब्दि पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा उक्त विद्यालयबाट शिक्षा हासिल गरी राष्ट्रको महत्वपूर्ण पद तथा क्षेत्रमा पुग्न सफल पुर्व विद्यार्थी तथा २०३२ सालमा त्यसै विद्यालयबाट एसएलसि उतिर्ण व्यक्तित्व नेपाल सरकारका पुर्व सचिव रञ्जनकृष्ण अर्याल, सोहि ब्याचकै पुर्ब विद्यार्थी तथा नेपाल सरकारको निसान छापका डिजाईनर श्री नविन्द्रमान राजभण्डारी र २०३८ ब्याचका पुर्व विद्यार्थी तथा देशकै नमुना सामुदायिक विद्यालय ज्ञानोदय मा. बि., बाफलका प्रधानाध्यापक श्री नातिकाजी महर्जनलाई प्रमाणपत्र सहित दोसल्लाले सम्मान गरिएको थियो । त्यस्तै विगत लामो समयसम्म उक्त विद्यालयमा सेवा गरी निवृत्त जीवन बिताईरहनु भएका पुर्व शिक्षक शिक्षिकाहरु, विगत ३८ वर्षदेखि विद्यालयको सेवामा हालसम्म कार्यरत शिक्षिका नानिहेरा ब्रजाचार्य र ३५ वर्ष देखि सोहि विद्यालयको सेवामा कार्यरत कर्मचारी सानु बाबु थापालाई समेत सम्मान गरिएको थियो ।
वार्षिक उत्सवकै अवसरमा सामाजिक व्यक्तित्व तथा विद्यालयका पुर्व विद्यार्थी मचाकाजी महर्जन (२०३९ समूह) को अध्यक्षतामा ‘शान्ति शिक्षा मन्दिर मा.वि. पूर्व विद्यार्थी मञ्च’ गठन गरिएको छ । सो मञ्चका सदस्यहरुमा क्रमशः राधा श्रेष्ठ (२०४१ समूह), रजनी बज्राचार्य (२०३९ समूह), सागरिका मानन्धर (२०३९ समूह), लीला चौहान (२०७५ समूह), सजन बज्राचार्य (२०३९ समूह), मीरा श्रेष्ठ कायस्थ (२०३९ समूह), सुरेश रेग्मी (२०३९ समूह), राजु बज्राचार्य (२०३९ समूह) रहनु भएको छ । सो मञ्च गठन पश्चात मञ्चका संयोजक मचाकाजी महर्जनले विद्यालयले पूर्व विद्यार्थीहरुलाई सम्झेकोमा खुसी व्यक्त गर्दै मञ्चले विद्यालयको प्रगतिको लागि आवश्यक सहयोग गर्ने बताउनु भयो । साथै विद्यालयका प्रधानाध्यापक सुदाम गौतमलाई पुर्व विद्यार्थी मञ्चले कदर पत्र सहित सम्मान गरेको थियो ।
कार्यक्रममा मन्तव्य राख्ने क्रममा काठमाडौ महानगरपालिका शिक्षा विभागका अधिकृत मोतिराज खनालले छोटो समयमा विद्यालयले उल्लेख्य प्रगति गरेकोमा खुसी व्यक्त गर्नुभएको थियो । विद्यालयबाट सम्मानित हुनुहुने पुर्व विद्यार्थी तथा नेपाल सरकारका पुर्व सचिव रन्जन कृष्ण अर्यालले सामुदायिक विद्यालयबाट आफु नेपाल सरकारको सचिव तहसम्म पुगेकोले सामुदायिक विद्यालयलाई भरोसा गर्नु पर्ने बताउनु भयो । मन्तव्यका क्रममा ज्ञानोदयका प्रधानाध्यापक नातिकाजी महर्जनले सामुदायिक विद्यालय अब्बल भएको उदाहरण शान्ति शिक्षा मन्दिर मै अध्ययन गरी उच्च ओहोदामा पुग्न सफल रन्जनकृष्ण अर्याल उदाहरण रहेको दृष्टिकोण राख्नु भएको थियो । त्यस्तै त्यसै विद्यालयका पुर्व विद्यार्थी तथा नेपाल सरकारको निशान छापका डिजाईनर नविन्द्रमान राजभण्डारीले शान्ति शिक्षा मन्दिरको ईतिहास गर्विलो रहेको बताउनु भयो । विद्यालयका प्रधानाध्यापक सुदाम प्रसाद गौतमले सबैको सहयोगले आज ७०÷८० जना विद्यार्थिबाट एकै वर्ष ३१० जना विद्यार्थी विद्यालयमा पठन पाठन गरिरहेको र निकट भविष्यमै विद्यालयले भौतिकका साथै शैक्षिक फड्को मार्दै जाने र त्यसको लागि शिक्षक, विद्यालय व्यवस्थापन समिति, स्थानिय सरकार तथा विभिन्न संघसस्थाको सहयोग रहेको बताउनु भयो ।
विद्यालयका विद्यालय व्यबस्थापन समितिका अध्यक्ष लक्ष्मिदास मानन्धरले विद्यालयमा वर्तमान प्रधानाध्यापकको उत्कृष्ट पहलमा विद्यालयको वातावरण राम्रो हुँदै गइरहेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि ईतिहासविद् सत्यमोहन जोशीले विद्यालयलाई छोटो समयमा गरेको प्रगतिप्रति गर्व गर्दै यस्ता सामुदायिक विद्यालयमा नेपाल भाषा र संस्कृतिको जगेर्ना गर्नुपर्ने कुरामा जोड दिदै समाजसेवी लक्ष्मीदास मानन्धरले शिक्षा तथा नेपालभाषाको जगेर्नामा खेलेको अग्रणी भुमिकाको प्रशंसा गर्नु भएको थियो । विद्यालयको उक्त वार्षिक उत्सव कार्यक्रमको अवसरमा सल्लाहकार सदस्य लक्ष्मीप्रसाद श्रेष्ठले स्व. आमाको नाममा ५१ हजारको र त्यसै विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मिदास मानन्धरले स्व. श्रीमतीको नाममा २ लाख रकमको अक्षयकोष स्थापना गर्नु भएको छ । अन्तमा शताब्दि पुरुष सत्यमोहन जोशीलाई विद्यालयको तर्फबाट अध्यक्ष लक्ष्मिदास मानन्धर र प्रधानाध्यापक सुदाम गौतमले प्रमाणपत्र सहित सम्मान गर्नु भएको थियो भने उपस्थित सम्मानित पुर्व शिक्षक तथा विद्यार्थिहरुले विद्यालयप्रति खुसी व्यक्त गरेका छन् ।

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव
  • अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑