Maharjan Ratna
कोरोना भाइरस र मानसिक स्वास्थ्य
Maharjan Ratna
कोरोनाभाइरस सङ्क्रमणको महामारीले अहिले पूरै विश्वलाई आक्रान्त बनाएको छ। यससम्बन्धी समाचारको बाढीले हामीलाई चिन्तित बनाउन सक्छ। यसले मानिसको मानसिक स्वास्थ्यमा प्रभाव पारिरहेको छ। अझ चिन्ता र अब्सेसिभ कम्पल्सिभ् डिस्अर्डर (ओसीडी) जस्ता मानसिक स्वास्थ्यका समस्या खेपिरहेका धेरैलाई त्यस्ता समाचारले थप विचलित बनाइदिन सक्छ। यस्तो बेला हामीले आफ्नो मानसिक स्वास्थ्यको समस्या कसरी समाधान गर्न सक्छौँ? कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको बेला विश्व स्वास्थ्य सङ्गठनले मानसिक स्वास्थ्यको हेरविचार गर्न सल्लाह दिएपछि त्यो कदमलाई धेरैले स्वागत गरेका छन्। ब्रिटिश परोपकारी संस्था एङ्जाईटी यूकेका निकी लिड्बेटरका विचारमा अनियन्त्रित हुने र अनिश्चितता खेप्न नसकिने हो कि भन्ने अवस्थाको





