• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 07, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अन्तर्राष्ट्रिय

२१ दिन भारत लकडाउनमा, आफ्नो सुरक्षाको निम्ति घरबाट बाहिर ननिस्कन प्रधानमन्त्री मोदीको अनुरोध


सुभाय् संवाददाता March 25, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

नयाँ दिल्ली /भारतमा कोरोनाको संक्रमितको संख्या बढ्दै गएपछि उसले कोरोना महामारीप्रति सावधानी अपनाउन २१ दिनको लागि पूरा देशमा लकडाउन घोषणा गरेको छ । यसले गर्दा भारतको सम्पूर्ण जनसङ्ख्या तीन साता लामो कडा बन्देज अर्थात् ‘लकडाउन’ मा बस्न बाध्य भएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले देशका एक अर्ब तीस करोड जनतालाई आफ्नो सुरक्षाका निम्ति कसैले घरबाहिर ननिस्कन आह्वान गरेका छन्।
अन्यथा भारत दशकौँ पछाडि धकेलिने उनले बताए।
टेलिभिजनमा उनले गरेको सम्बोधन लग त्तै पसलहरूमा आवश्यक किनमेल गर्न मानिसहरूको भिड लागेको थियो।
भारतमा हालसम्म पाँचसय भन्दा धेरै कोरोनाभाइरस सङ्क्रमण भेटिएका छन् भने १० जनाको ज्यान गएको छ।
विश्वभरि सङ्क्रमणका सङ्ख्या चार लाख नाघेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ।
अठार हजारभन्दा धेरैको ज्यान गइसकेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभर आवतजावत तथा घुमफिरमा बन्देज लगाएर कोरोनाभाइरस सङ्क्रमण फैलनबाट रोक्न चाहेको बताए।
उक्त बन्देज गएको मध्यरातबाट लागु भएको छ र आगामी २१ दिनसम्म जारी रहनेछ।
“तपाइँहरूलाई घरबाहिर निस्कन पूर्ण बन्देज हुनेछ,” मोदीले भने।
उनले मानिसहरूलाई नआत्तिन भनेका थिए तर लगत्तै राजधानी दिल्लीका पसलहरूमा भिड लाग्यो।
सम्वाददाताहरू भन्छन् बन्देजका बेला मानिसहरूलाई खानेकुरा तथा अन्य अत्यावश्यक वस्तु किनमेल गर्न कसरी दिइनेछ भन्ने प्रस्ट पारिएको छैन।
स्रोत :बिबिसी

सम्बन्धित पोस्ट
  • भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी
  • देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना
  • बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक
  • बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    आशा जीवित छ, अब जिम्मेवारीको परीक्षा हो

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    ११ औँ दिनमा पनि जीवितै उद्धार, सुरुङ र भग्नावशेषबाट पलायो आशा

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    सुभाय् पोस्ट बिशेष

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑