Maharjan Ratna
आशावादी हुने खबर – रुसले दर्ता गर्यो कोरानाको खोप “स्पुटनिक -५”
Maharjan Ratna
काठमाडौं / कोरोना भाइरसको खोप तयार भएको र आगामी सेप्टेम्बरदेखि उक्त खोप सर्वसाधारणले प्रयोग गर्न पाउने समाचार आएपछि एकताकाका विश्व शक्तिका रूपमा चर्चित सोभियत संघको नेतृत्व गर्ने रसिया फेरि चर्चामा आएको छ । लामो समयदेखि रुसको राष्ट्रपति रहेका र त्यहाँको आर्थिक सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेलेका राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त रुसले विकास गरेको खोपको बारेमा तथ्य सार्वजनिक गरेपछि अहिले विश्वमा एक किसिमको आशा पलाएको छ । विश्व अहिले कोरोना महामारीका कारण ठूलो सन्त्रासमा रहेको छ । विश्वव्यापी रूपमा कोरोना भाइरसको औषधि बनाउन प्रयोगहरु भइरहेको बेला रुसले कोरोनाभाइरस विरुद्धको खोपको आधिकारिक रुपमा





