• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 10, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

गोंग:बुंमा भेटिएको शिर काटिएको लास काण्ड -अन्तरंग तस्वीर फेसबुकमा पोस्ट गरेर ब्लायकमेल गर्न थालेपछि हत्या


सुभाय् संवाददाता August 11, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँ / गाेङ्गबुमा सुटकेसभित्र टाउको फेला परेका रोल्पाको रुन्तीगढी गाउँपालिका स्थायी घर भई काठमाडौँ बस्दैआएका कृष्णबहादुर बोहोरालाई दहीमा स्लिपिङ ट्याबलेट हालेर बेहोस भएपछि अण्डकोषमा हानेर हत्या गरिएको साबिती बयान दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले बोहोराको हत्याकाण्डमा संलग्न चितवन कालिका नगरपालिका वडा नं ७ स्थायी घर भएर काठमाडौँ जिल्ला टोखा नगरपालिका १० बस्ने ३७ वर्षीया कल्पना मुडभरी पौडेलले दहीमा स्लिपिङ ट्याबलेट हालेर बेहोस भएपछि हत्या गरेको साविती बयान दिएकी छिन् ।
हत्यामा संलग्न कल्पनाले मृतक बोहोराले आफ्नो नक्कली फेसबुक आईडी बनाएर आफूलाई दुःख दिन थालेपछि हत्या गरेको साविती बयान दिएको अपराध अनुसन्धान महाशाखा प्रमुख दीपक थापाले भन्नुभयो ।
आफ्नो अन्तरङ्ग तस्बिरहरू एकाएक फेसबुकमा फेक आइडी बनाएर सार्वजनिक हुन थालेपछि योजना बनाएर हत्या गरेको प्रारम्भिक बयान दिएको एससपी थापाले भन्नुभयो ।
प्रहरीले अभियुक्तलाइ चितवनको शक्तिखोरमा रहेको अभियुक्तको माइतीबाट पक्राउ गरेर मङ्गलबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरेको हो ।
कसरी भयो हत्या ?
रोल्पा रुन्तीगढी गाउँपालिका स्थायी घर भइ गोङ्गबुमा बस्ने मृतक बोहोरा र काठमाडौँको टोखा नगरपालिका १० बस्ने अभियुक्त कल्पनाबीच लामो सम्बन्ध रहेको अनुसन्धानबाट खुलेको एसएसपी थापाले बताउनुुभयो ।
मृतक आठ महिनादेखि गोङ्गबुको होटलमा बस्दैआएको र तीन चार महिनादेखि फेसबुकमार्फत चिनजान भएको थियो । मृतक अभियुक्तको कोठामा समय समयमा आउने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
मृतकले अभियुक्तको फोटो फेसबुुकमा राखेर आफू अनुकूल चलाउन खोजेपछि हत्या भएको बताइएको छ । हत्या भएको दिनमा समेत मृतक बोहोरा आफू बसेको होटलबाट बा ७२ प ५६४४ नम्बरको स्कुटर प्रयोग गरेर अभियुक्तको कोठामा पुगेका थिए । कोठामा पुगेपछि अभियुक्तले मासु चिउरा, दही र भोड्का खान दिएको खुलेको छ ।
अभियुक्तले दिएको दहीमा दहीमा पाँच पिस स्लिपिङ ट्याबलेट हालेपछि मृतक लठ्ठ भएको मौकामा मारतोल (ह्यामर) ले प्रहार गरेका थिए । त्यसपछि मृतकलाई सलको प्रयोग गरी घाँटीमा थिचेर मृत्यु भएको यकिन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । निजलाई धारिलो हतियारको प्रयोग गरेर टाउको र खुट्टा छिनाइ झोलामा आफैँले राखेर फालेको अनुसन्धानबाट खुलेको हो ।
प्रहरीका अनुसार शवको बाँकी रहेको भाग कालो रङ्गको सुटकेसमा राखेर पश्चिम बाटोको छेउमा फालेर कोठामा फर्किआएकी थिइन् । साउन २५ गते चितवनबाट बिरामी लिएर आएको चिनेजानेको एम्बुलेन्ससँग समन्वय गरेर उनी चितवन भागेकी थिइन् ।
प्रहरीले अभियुक्तको कोठाबाट घटनामा प्रयोग भएको धारिलो हतियार, हिर्काउन प्रयोग भएको ह्यामर, रगत लतपतिएको पञ्जा, म्याट्रेसको टुक्रा, घाँटी कस्न प्रयोग भएको कालो रङको सल, सुटकेसको ह्याण्डल, नाम्लोमा प्रयोग हुने डोरीको टुक्रा, स्लिपिङ ट्याबलेटको खोल र मोबाइल सेटहरू बरामत गरेको छ ।
प्रहरीले शव व्यवस्थापनमा सहयोगीको भूमिका निभाउने १५ वर्षको विद्यार्थीलाई समेत नियन्त्रणमा लिएको छ । अभियुक्त केही टेलिश्रृङ्खलाहरूमा अभिनय गर्ने कलाकारसमेत हुन् ।
केशवराज पौडेल
साभार : तस्बिरः सुजन गुरुङ
गोरखापत्र अनलाइन

सम्बन्धित पोस्ट
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑