Maharjan Ratna
कोरोनाले केन्द्रीय कारागारका पाँच कैदीबन्दीको मृत्यु, देशभर २३१ जना कैदीबन्दी संक्रमित
Maharjan Ratna
काठमाडौं/ कोरोना संक्रमणले देशका कारगारहरु पनि अछुत रहन सकेन । कोरोना भाइरसका कारण केन्द्रीय कारागारमा हालसम्म पाँच जना कैदीबन्दीको मृत्यु भएको छ । कारागारका जेलर लक्ष्मीप्रसाद बास्कोटाका अनुसार ४०, ५८,६०, ६४ र ६९ वर्षका कैदीबन्दीको कोरोनाका कारण ज्यान गएको छ । भदौ १९ गते कारागारमै मृत्यु भएका ६९ वर्षीय पुरुषको चार दिनपछि कोरोना पोजेटिभ रिपोर्ट आएको थियो। जेलर बास्कोटाले मृतकहरु सबै मुटु , किड्नी लगायतका दिर्घरोगी रहेको बताए । केन्द्रीय कारागारमा हालसम्म ६५ जना कैदीबन्दीमा कोरोना संक्रमण भएकोमा ३१ जना निको भएको बताइएको छ । कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म





