Maharjan Ratna
भुतसिगा: / भुतिसत: / भुस्वगा:
Maharjan Ratna
काठमाडौको हनुमानढोका दरबार क्षेत्रमा रहेको मरु सत: काष्ठमण्डपको सामुन्ने रहेको यस सानो खाल्टो प्राय:ले याद गरेको हुँदैन। कुनै समय फुटपाथमा तरकारी बेच्ने घुँइचोले घेरिने र छोपिने भएको यस भुतसिगा:लाई हाल चारैतिरबाट बार लगाई संरक्षित गरिएको छ। यस भुतसिगा: यसको पारिपट्टि रहेको भुतेश्वर महादेवसँग सम्बन्धित रहेको छ। बसन्तपुरबाट काष्ठमण्डप तर्फ आउँदा बाँयापट्टि ठूलो गरुडको मुर्ति देख्नुभएको होला ! हो, त्यहीसँगै रहेको ढुंगाबाट निर्मित गुम्बज शैलीको मन्दिर नै भुतेश्वर महादेवको मन्दिर हो। यस भुतसिगा: सँगै अर्को खाल्टो पनि रहेको छ, जहाँ आकृती नभएको शिला रहेको छ, जुन काष्ठमण्डपलाई घेरेका अष्टभैरवहरु मध्ये एक





